अस्पताल जन्य फोहर मैला व्यवस्थान चुनौती

कृष्ण खनाल
बुटवल, २ फागुन ।
 औद्योगीक र शैक्षिक नगरिको रुपमा आफ्नो पहिचान बनाएको बुटवले पछिल्लो समयमा स्वाथ्य क्षेत्रमा समेत आफ्नो पहिचान स्थापना गर्र्दै आ
एको छ ।बुटवल नगरपालिकाबाट स्तरउन्नती भई उपमहानगरपालिका बनेको छ । यस क्षेत्रमा दजनौं अस्पताल तथा मेडिकलहरु  सञ्चालनमा रहेका छन् । पछिल्लो सयममा अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौती पुर्ण बन्दै गएको छ । अस्पतालबाट निस्कने फोहर मैला व्यवस्थापन गर्ने तरिकाको आभावको कारण सहस्या जटिल बन्दै गएको हो ।
समस्या जटिल रहेको भएपनि यसरको सहज व्यवस्थापन गर्न सकिएमा अस्पताल लगायत  फोहरमैला व्यवस्थापनमा लागेका व्याक्तिहरले राम्रो आम्दानी गर्न  सक्ने लामो समय  देखि काठमाण्डौ  महानगर पालिकासंगको सहकार्यमा काम गरिरहेको एक गैर सरकारी संस्थाका फेन्ड सर्भिस नेपालका सदस्य तथा प्रशिक्षक लक्ष्मी प्रसाद घिमिरे बताउछन् । उनका अनुसार अस्पतालबाट निस्कने फोहर मैला लाई  दुई भागमा विभागजन गरि व्यवस्थापन गर्न सकेमा साच्चै नै राम्रो आम्दानी गर्न सकिन्छ ।  
बुटवल उप महानगरपालिकाले पनि अस्पतालजन्य फोहर मैला व्यवस्थापनको लागि प्रयास थालनी गरेको छ । शनिवार यसकैको प्रशिक्षणको लागि आएका घिमिरेका अनुसार अस्पतालबाट निस्कने फोहरलाई दुईभागमा जोखिम पुर्ण र अजोखिम गरी विभागजन गरि व्यस्थापन गर्न सकिन्छ । जोखिम पुर्ण मानिएको फोहरहरु ब्लेड, तथा अन्य धारिला उपकारणहरुलाई १ हजार सेन्टीग्रेड तापक्रमा पगालेर नस्ष्ट गर्नुपर्ने उत्तम विधी रहेको उनको भनाई रहेको छ ।  एक तथ्यांक अनुसार ७५ देखि ९० अस्पतालको फोहर हानिकारक फोहर हुन्छ भने १०  देखि २५ प्रतिशत फोरहबाट शंक्रमणयुक्त फोहर हुन्छ । 
फोहर मैला व्यवस्थापनको लागि  चार चरण बाट व्यवस्थापन गर्नुपर्ने बुटवल उप–महानगर पालिकाबा बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल बताउँछन् । उनका अनुसार फोहर मैला व्यवस्थापनको लागि बर्गिकरण, भण्डारण, ढुवानी र विर्सजन गरी ४ चरणबाट फोहर मैला व्यवस्थापन गर्न सकिन्छ । 
उता, बुटवल उपमहानगरपालिका का कार्यकारी अधिकृत धुब्र बहादुर  खड्काले अस्पतालको होस या अन्य   फोहर मैला व्यवस्थापनको लागि ईच्छाशक्ति भएमा सहज हुने धारणा राख्छन् । उनी भन्छन्–‘हामी घरबाट एक टुक्रा पनि फोहर बाहिर निकाल्ने  प्रण नगरौ, फोहर मैला व्यवस्थापनको लागि प्रण गरौ त्यस पछि फोहर मैला व्यवस्थापनमा सहज हुन्छ ।’ एक्लै बुटवल उपमहानगर पालिकाले गरेर मात्र  फोहर मैला व्यवस्थापन संभव नभएको भन्दै यसको लागि सबैको सहकार्य जरुरी रहेको बताए । उनले भने–‘हामी सबैको सहकार्य जरुरी रहेको छ, जसले गर्दा   सफा सुन्दर समुन्नत आर्थिक केन्द्र बुटवल बनाउन सहयोग हुन्छ ।’  
कार्यकारी अधिकृत खड्काले फोहर मैला व्यवस्थापनमा अटेर गर्ने र फोहर गरेकै कारण कसैलाई असर पुगेमा सार्वजनिक ऐन अनुसार मुद्धा लाग्ने जनाएका छन् । उनले पहिलो चरणमा न्युनतम ५ हजार देखि ५ लाख रुपैया सम्म जरिवान हुन सक्ने बताए । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै