किसानले भने–‘हामी झुत्रेलाई कस्ले हेर्ने’

कृष्ण खनाल
बुटवल, १०  फागुन ।


 देवदह नगरपालिका–९ भलुहीका किसान लोचन भट्टराईले अक्रोसित हुदै भने–‘भनेको बेलामा मल पाईदैन, पशु विरामी हुँदा उपचार महङ्गो छ, किसानले  गाई भैसी पाल्ने, विचौलियाले खाने, खै हामी झुत्रे किसानलाई कस्ले हेर्ने सिडियो सा’प, हाम्लाई हेरिदिनुप¥यो ।’ उनले थपे–‘अहिले मैले, घाँस खेती गरेको छु, घाँस खेतिलाई खेती नै मान्दैनन्, विजुली महङ्गो भयो, कृर्षी मिटरजडानमा सहयोग गर्नु प¥यो ।’ 
धाराप्रवाह रुपमा करिव १० मिनेट उनले बोलेपछि फेरी अर्का किसान थपिए देवदह–३ बसन्तपुरका  श्याम बहादुर बि.क. । उनले पनि आफ्नो गुनासो पोख्न पछि परेन्न् । ‘साना किसानलाई कस्ले ऋण दिने, २÷४ वटा गाई भैसी पालेर के को फर्म दर्ता गर्ने, सरकारी कार्यालयमा जान आउनको मात्र दुःख, साना साना किसानलाई पनि हेरिदिए हुन्थ्यो ।’ ६ वटा गाई र भैसी पालेका उनले   थपे–‘सरकारी कार्यालयमा जाउँ किसानलाई हप्काएर पठाउछन् ।’
देवदह नगरपालिकाको आयोजनामा देवदह नगरलाई दुग्ध जन्य नगरको रुपमा विकास गर्न आयोजना गरिएको कार्यक्रममा केही प्रतिनिधि किसानहरुले पोखेको गुनासो हो यो । 
जिल्लाका प्रमुख व्याक्ति  प्रमुख जिल्ला अधिकारी  तायम रायमाझिी प्रमुख अतिथी , स्थानिय विकास अधिकारी विश्व प्रकास अर्याल विशिष्ठ अतिथी र अन्य जिल्ला कृषि विकास कार्यालयका प्रमुख बष्ठि कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारी, जिल्ला पसु सेवा कार्यालयका प्रमुख डा. गान्धीराज उपाध्याय लगायत देवह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरे लगायत विशिष्ठ व्याक्तिहरु मञ्चमा बसेका थिए भने  किसानहरुले आफ्नो गुनासो पोखिरहेका थिए । 
शनिवार देवदह नगरपालिकाको आयोजनामा ‘दुध तथा दुग्ध जन्य पदार्थको सेवन गरौ, स्वाथ्य जीवन विताऔं ।’ भन्ने मुल नाराको  साथ एक नगर एक दुग्ध उत्पादन दुग्ध उत्पादनमा विस्तार तथा दुग्ध जन्य उद्योग स्थापनाको लागि वृहत कृषि भेला गरिएको थियो । 
महिला कृषकगौरी न्यौपानेले भनिन्–‘लाल पुर्जा छैन, सुकुम्बासीमा बसेको छु, सरकारको अनुदान र राहत अहिले सम्म सुको पाएकी छैन्, लाल पुर्जा भएपो बैंकबाट ऋण ल्याउथे, तर छैन महङ्गोमा ऋण लिँदा लिँदा हैरानी भयो ।’ अर्को किसान देवदह नगरपालिका–६ केरवानीका मनमोहन यादवले थपे–‘कृषी प्राविधिकको अभाव, डाक्टर भैरहवाबाट बोलाउदा बोलाउदै यहा पशु चौपायको मृत्यु हुन्छ, के गर्ने किसानको व्यथा ।’
देवदह–६ कै किसान कृष्ण प्रसाद भुषाल र घोडाका किसान शेरबहादुर तामाङ्गको पनि   साझा गुनासो थियो –‘कृतिम गर्भदान गराउने शुल्क बढि भयो, औषधी समेत महङ्गो भो ।’
किसानहरुका यि सबै समस्याका वावजुत देवदह नगरलाई दुध र दुधजन्य नगरको रुपमा विकास गरिने भएको छ । जसको लागि शनिवार वृहत छलफल गरिएको हो । ५ सय भन्दा बढि किसानहरु र जिल्लाका  सरकारी  निकायका  प्रमुखको सहभागीता रहेको कार्यक्रममा  अवधारणा पत्र पेश गर्दै देवदह नगरपालिकाका  कार्यकारी अधिकृत  गणेश घिमिरेले स्थानिय स्रोत  सधान र संभावनाको पहिचान गरी स्थानिय स्तरमा नै भुमी, पुँजी र जनशक्तिको उपयुक्त वातावरण मिलाएर लाभको क्षेत्रगत उपयोग गरी उत्पादनलाई बजारीकरण गर्न स्वक्त सासन ऐन र निममावली अनुसार अवधारण अगाडी बढाइएको  जानकारी दिए । 
देवदह नगरपालिका भित्र ८ हजार ९ सय ९५ घरधुरी रहेका छन् भने ४५ हजार ८ सय ७१ जनसंख्या रहेको छ । उक्त नगरभित्र ३५ प्रतिशत कृषी योग्य भुमि र ५४ प्रतिशत बन क्षेत्र रहेको छ । करिव २ हजार ५ सय कृषकले १० हजार भन्दै बढि गाई र भैसी पालेका छन् जसबाट दैनिक २१ हजार लिटर भन्दा बढि  दुध उत्पादन हुन्छ भने बार्षिक रुपमा १७ करोड ५० लाख कृषकले आम्दानी गर्ने गरेका छन् । 
देवदह नगरलाई दुग्धजन्य नगरको रुपमा विकास गर्नको लागि नगरपालिकाले १८ बुँदे रणनीति अगाडी सारेको छ । जसबाट कृषकहरुलाई विभिन्न अनुदान देखि लिएर देवदह सामुहिक ब्रान्डको रुपमा  दुग्धजन्य बस्तु  उत्पादन गर्ने र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।  यसको साथै, बैठक, सेमिनार गोष्ठीमा दुग्धजन्य बस्तु अनिवार्य प्रयोग गर्ने, दुग्ध जन्य कृषक उत्पादक, किसान, उद्योग र सकारीलाई पुरस्कृत गर्ने समेत कुरा उल्लेख गरिएको छ । 
यता,  जिल्ला पशु सेवा कार्यालय     रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्यायले पशुजन्य  बस्तु देशको कुद ग्रास्थ उत्पादनमा १३ प्रतिशत योगदान दिएको र कृषि क्षेत्रले २७ प्रतिशत योगदान रहेको जानकारी दिदै पशुपालनमा अथाहा संभावना रहेको भन्दै यसको लागि सरकारी क्षेत्रबाट समेत विशेष पहल जारी रहेको  बताए । उनले भने–‘कृषी र पशुपालन एक अर्काको परिपुरक भएको भन्दै दुबैको सहकार्य भएमा अवश्य पनि राम्रो हुन्छ ।’ 
यता, रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्यालले कृषि, पशुपालन तथा अन्य कृषी जन्य उत्पादनको लागि  सरकारले प्राथमिकताको आधारमा बजेट विनियोजन गरेको र रुपन्देही जिल्लमा पनि विभिन्न कार्यक्रमहरु जारी रहेको भन्दै यसको लागि किसानले सक्रिय रुपमा जिल्ला  पशु सेवा कार्यालय र कृषि विकास कार्यालयमा उपस्थिती जनाउन र बुझ्नको लागि आग्रह गरे ।
उता, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी  तायम रायमाझिले देवदह नगरलाई दुग्धजन्य नगर विकासको लागि आफ्नो क्षेत्रबाट सहयोग जारी रहने बताए । उनले एक नगर एक उत्पादनको अवधारणा अगाडी बढिरहेको समयमा यसरी स्वत स्फुर्तरुपमा आउने अवधारणले साच्चै नै किसानको श्रीवृद्धिमा सहयोग  पु¥याउने बताए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै