मोफसलमा चलचित्र निर्माणक्रम बढ्दो

कृष्ण खनाल
बुटवल, १९ माघ । 
प्रमुख व्यापारीक नगरको रुपमा आफ्नो पहिचान बनाएको बुटवलमा पछिल्लो समयमा चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यस क्षेत्रका लगानीकर्ताहरुले निर्माण गरेको चलचित्रले राष्ट्रस्तरमा नै पहिचान बनाउन सफल भएका छन् । केही समय पहिला यस क्षेत्रका निर्देशक बाबुराम आचाार्यको निर्देशनमा बनेको नेपाली कथानक चलत्रि ‘हाम्री चेली’ले राष्ट्रिय स्तरकै अवार्ड प्राप्त गरेको थियो ।  
यस क्षेत्रको पर्यटकिय स्थानको रुपमा पहिचान बनाएको बुटवल फुलवारी, हिलपार्क तथा सिद्धबाबा मन्दिर परिषर, लगायतका मन्दिर तथा धार्मिक र पर्यटकिय क्षेत्रहरुमा चलचित्रको छायांकन क्रममा लामो समय देखि जारी रहेको छ । 
बुटवलको तल्लो सिद्धबाबा मन्दिर पछिल्लो समयमा चलचित्रको शुभमुहुर्त गर्ने स्थालको रुपमा पहिचान बनाएको छ ।  केही समय पहिला ‘कलमको बाटो’ नामक  र  चलचित्र सुभमुहुर्त गरिएको मन्दिरमा सोमबार अर्को नयाँ चलचित्रको  शुभमुहुर्त गरिएको छ  ।  केही हप्ता अगाडी  ‘आई क्विट नामक चलचित्रको शुभमुहुर्त भएको थियो । 
केही समय पहिला ‘कस्लाई दिऊ“ यो जोवन’ बाट चलचित्र निर्माणमा हात हालेका निर्माता कृष्ण श्रेष्ठले चलचित्र ‘शान’ को  शुभ मुहुर्त गरेका थिए । 

त्यस्तै  द नाईट स्टोरीको पनि शिद्धबाबा धामा नै सुभ मुहुर्त गरिएको थियो । सोमाबार दृष्टि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘द हिडन स्टोरी शुभमुर्हुत गरिएको छ । गितकार शिबदेब अर्यालको अध्यक्षतामा भएको शुभमुर्हुत समारोहमा बोल्दै चलचित्रका निर्माता युवराज पन्तले फिल्म पछिल्लो पुस्ताले रुचाउने प्रकृतिको बन्ने बताएका थिए । 
 उहाले मोफसलका चलचित्रहरुले पनि राम्रो सफलता कमाएको भन्दै द हिडन स्टोरीले पनि सफलता चुम्न बताएका थिए ।  कथा लेखन गरेका सुरज पाण्डेले चलचित्रले समाजका हरेक गतिबिधिलाइ समेटेको बताएका  थिए । ४ वटा गित समेटीएको चलचित्रलाइ बुटवल, पाल्पा, गुल्मी, चितबन लगायतका क्षेत्रमा छायांकन गरिएको जानकारी दिनुभयो  । करिब ९ लाखको लगानीमा निर्माणहुने चलचित्रमा कर्ण केसी ,नविन मरासीनि ,राज अर्याल, जिबन केसी,कुलचन्द्र पुरी, सोनी थापा लगायतका कलाकारहरुको भुमिका रहेको छ ।
 निर्देशक प्रदीप कंडेल रहेको फिल्मको छांयाकन टंक केसीले गर्ने छन् । शुभमुहुर्त समारोहमा कलाकार कुलचन्द्र पुरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य कपिल ज्ञवाली लगायतले बोल्दै मोफसलका कलाकारहरुले पनि ठूला पर्दामा राम्रो भुमिका निर्बाह गरेको बताएका थिए । अहिले युुनिक मुभिजको ब्यानरमा धमाधम सुटिङ्ग जारी रहेको छ । लेखन तथा निर्देशक प्रकाश ढकालको रहेको चलचित्रमा  निर्मल शर्मा, सिता ज्ञवाली, सुनिल न्यौपाने, सविन बराल,कृष्णबस्नेत, कुलचन्द्र पुरी र राजेश गैरै लगायतले अभिनय गर्ने भएका छन् ।  छायांकन टंक केसी,सम्पादन विकास ज्ञवाली, निमाण्ँ नियन्त्रक सुजन न्यौपाने , शव्द तथा संगीत कृष्णभट्राईको र श्रृङ्गार सुरुचि लामिछानेको ररहेको छ । 

चलचित्र ‘आई क्वीट’को  केही समय पहिला चलचित्र पत्रकार सघं रुपन्देहीले औपचारीक कार्यक्रम आयोजना गरि मुहर्त गरेको थियो । 
युनिक मुभिजको व्यानरमा देवेन्द्र दर्नाल र नेत्रदेवि पाण्डेको सयुक्त लगानीमा निमाण हुने यो चलचित्रलाई शुरेस न्यौपानेले निर्देशन गर्ने भएका हुन् । उक्त चलत्रिको छायाँकन करिव अन्तिम चरणमा पुगेको निर्माण  युनिटले जनाएको छ । 
उक्त चलचित्रमा अस्मिता थापा, करण्ँराज खरेल, स्याण्डिल खराल, अकिंत भुसाल, आशिस ढकाल, अमर केसी, विशाल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र मोटरसाईकल, पैसा र मोवाईलले युवाहरुमा पारेको प्रभावका विÈयमा चलचित्र रहेको निर्माण पक्षको दावि  छ । बुटवल पाल्पा, लुम्बिनी र चितवनमा छायांकन गरिने चलचित्रलाई टंक केसीले खिचेका हुन ।
यस अघि यस क्षेत्रमा निर्माण  सम्पन्न भएको  खगेश्वर पुनको निर्मार्ण  तथा मनिÈ पन्थको लेखन तथा निर्देशनमा नेपाली चलचित्र “उर्वर्शी’ दर्शकको राम्रो  साथ पाएको थियो । 
यस क्षेत्रमा मात्र होईन काठमाण्डौ बाट समेत  यस क्षेत्रमा चलचित्र सुटिङ्गको mलागि आउने क्रम जारी रहेको छ । ‘होस्टेल रिटन्र्स ’लगायतका करिव ३ दर्जन भन्दा बढि चलचित्र यस क्षेत्रमा सुटिङ्ग भईरहेका छन् ।  चलचित्र  संगै यस क्षेत्रमा म्युजिक भिडियो निर्माणका कामहरु पनि हुन थालेका छन् ।  ठुलो पर्दाको फिल्म निर्देशन समेत गरेका निर्देशक विष्णु भट्टराईले बुटवलमा अविरल फिल्मस प्रा.लि. खोली म्युजिक भिडियो निर्माणमा लागेका हुन । 
तिर्सना म्यूजिकका लागि विष्णु भट्टराइकै निर्देशनमा तयार भएको ‘देख्नै हुन्न कापी कलम’ वोलको यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।  । वुटवलमै बसी मोडलिङको Ôेत्रमा सक्रिय रहेका कष्णपाण्डे (कृष्णबावु) र पायल शर्माले अभिनय गरेका छन् । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ