मोफसलमा चलचित्र निर्माणक्रम बढ्दो

कृष्ण खनाल
बुटवल, १९ माघ । 
प्रमुख व्यापारीक नगरको रुपमा आफ्नो पहिचान बनाएको बुटवलमा पछिल्लो समयमा चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यस क्षेत्रका लगानीकर्ताहरुले निर्माण गरेको चलचित्रले राष्ट्रस्तरमा नै पहिचान बनाउन सफल भएका छन् । केही समय पहिला यस क्षेत्रका निर्देशक बाबुराम आचाार्यको निर्देशनमा बनेको नेपाली कथानक चलत्रि ‘हाम्री चेली’ले राष्ट्रिय स्तरकै अवार्ड प्राप्त गरेको थियो ।  
यस क्षेत्रको पर्यटकिय स्थानको रुपमा पहिचान बनाएको बुटवल फुलवारी, हिलपार्क तथा सिद्धबाबा मन्दिर परिषर, लगायतका मन्दिर तथा धार्मिक र पर्यटकिय क्षेत्रहरुमा चलचित्रको छायांकन क्रममा लामो समय देखि जारी रहेको छ । 
बुटवलको तल्लो सिद्धबाबा मन्दिर पछिल्लो समयमा चलचित्रको शुभमुहुर्त गर्ने स्थालको रुपमा पहिचान बनाएको छ ।  केही समय पहिला ‘कलमको बाटो’ नामक  र  चलचित्र सुभमुहुर्त गरिएको मन्दिरमा सोमबार अर्को नयाँ चलचित्रको  शुभमुहुर्त गरिएको छ  ।  केही हप्ता अगाडी  ‘आई क्विट नामक चलचित्रको शुभमुहुर्त भएको थियो । 
केही समय पहिला ‘कस्लाई दिऊ“ यो जोवन’ बाट चलचित्र निर्माणमा हात हालेका निर्माता कृष्ण श्रेष्ठले चलचित्र ‘शान’ को  शुभ मुहुर्त गरेका थिए । 

त्यस्तै  द नाईट स्टोरीको पनि शिद्धबाबा धामा नै सुभ मुहुर्त गरिएको थियो । सोमाबार दृष्टि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘द हिडन स्टोरी शुभमुर्हुत गरिएको छ । गितकार शिबदेब अर्यालको अध्यक्षतामा भएको शुभमुर्हुत समारोहमा बोल्दै चलचित्रका निर्माता युवराज पन्तले फिल्म पछिल्लो पुस्ताले रुचाउने प्रकृतिको बन्ने बताएका थिए । 
 उहाले मोफसलका चलचित्रहरुले पनि राम्रो सफलता कमाएको भन्दै द हिडन स्टोरीले पनि सफलता चुम्न बताएका थिए ।  कथा लेखन गरेका सुरज पाण्डेले चलचित्रले समाजका हरेक गतिबिधिलाइ समेटेको बताएका  थिए । ४ वटा गित समेटीएको चलचित्रलाइ बुटवल, पाल्पा, गुल्मी, चितबन लगायतका क्षेत्रमा छायांकन गरिएको जानकारी दिनुभयो  । करिब ९ लाखको लगानीमा निर्माणहुने चलचित्रमा कर्ण केसी ,नविन मरासीनि ,राज अर्याल, जिबन केसी,कुलचन्द्र पुरी, सोनी थापा लगायतका कलाकारहरुको भुमिका रहेको छ ।
 निर्देशक प्रदीप कंडेल रहेको फिल्मको छांयाकन टंक केसीले गर्ने छन् । शुभमुहुर्त समारोहमा कलाकार कुलचन्द्र पुरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य कपिल ज्ञवाली लगायतले बोल्दै मोफसलका कलाकारहरुले पनि ठूला पर्दामा राम्रो भुमिका निर्बाह गरेको बताएका थिए । अहिले युुनिक मुभिजको ब्यानरमा धमाधम सुटिङ्ग जारी रहेको छ । लेखन तथा निर्देशक प्रकाश ढकालको रहेको चलचित्रमा  निर्मल शर्मा, सिता ज्ञवाली, सुनिल न्यौपाने, सविन बराल,कृष्णबस्नेत, कुलचन्द्र पुरी र राजेश गैरै लगायतले अभिनय गर्ने भएका छन् ।  छायांकन टंक केसी,सम्पादन विकास ज्ञवाली, निमाण्ँ नियन्त्रक सुजन न्यौपाने , शव्द तथा संगीत कृष्णभट्राईको र श्रृङ्गार सुरुचि लामिछानेको ररहेको छ । 

चलचित्र ‘आई क्वीट’को  केही समय पहिला चलचित्र पत्रकार सघं रुपन्देहीले औपचारीक कार्यक्रम आयोजना गरि मुहर्त गरेको थियो । 
युनिक मुभिजको व्यानरमा देवेन्द्र दर्नाल र नेत्रदेवि पाण्डेको सयुक्त लगानीमा निमाण हुने यो चलचित्रलाई शुरेस न्यौपानेले निर्देशन गर्ने भएका हुन् । उक्त चलत्रिको छायाँकन करिव अन्तिम चरणमा पुगेको निर्माण  युनिटले जनाएको छ । 
उक्त चलचित्रमा अस्मिता थापा, करण्ँराज खरेल, स्याण्डिल खराल, अकिंत भुसाल, आशिस ढकाल, अमर केसी, विशाल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र मोटरसाईकल, पैसा र मोवाईलले युवाहरुमा पारेको प्रभावका विÈयमा चलचित्र रहेको निर्माण पक्षको दावि  छ । बुटवल पाल्पा, लुम्बिनी र चितवनमा छायांकन गरिने चलचित्रलाई टंक केसीले खिचेका हुन ।
यस अघि यस क्षेत्रमा निर्माण  सम्पन्न भएको  खगेश्वर पुनको निर्मार्ण  तथा मनिÈ पन्थको लेखन तथा निर्देशनमा नेपाली चलचित्र “उर्वर्शी’ दर्शकको राम्रो  साथ पाएको थियो । 
यस क्षेत्रमा मात्र होईन काठमाण्डौ बाट समेत  यस क्षेत्रमा चलचित्र सुटिङ्गको mलागि आउने क्रम जारी रहेको छ । ‘होस्टेल रिटन्र्स ’लगायतका करिव ३ दर्जन भन्दा बढि चलचित्र यस क्षेत्रमा सुटिङ्ग भईरहेका छन् ।  चलचित्र  संगै यस क्षेत्रमा म्युजिक भिडियो निर्माणका कामहरु पनि हुन थालेका छन् ।  ठुलो पर्दाको फिल्म निर्देशन समेत गरेका निर्देशक विष्णु भट्टराईले बुटवलमा अविरल फिल्मस प्रा.लि. खोली म्युजिक भिडियो निर्माणमा लागेका हुन । 
तिर्सना म्यूजिकका लागि विष्णु भट्टराइकै निर्देशनमा तयार भएको ‘देख्नै हुन्न कापी कलम’ वोलको यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।  । वुटवलमै बसी मोडलिङको Ôेत्रमा सक्रिय रहेका कष्णपाण्डे (कृष्णबावु) र पायल शर्माले अभिनय गरेका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै