छोरीबुहारीले पढ्ने क्याम्पस !

कृष्ण खनाल
बुटवल, २९ माघ ।
 चेलीवेटीलाई प्रविणता प्रमाणपत्र तह (+२ ) 
news butwal today 071/10/29 
पास गरेपछि विहबारी गरेर पठाउने चलन अझै पनि हाम्रो समाजमा कायम छ । तर रुन्देहीको एक क्याम्पसमा छात्रहरुको तुलनामा छात्रा अर्थात छोरी बुहारीको संख्या ४ गुण बढि रहेको छ । छात्रहरुको तुलनामा सबैभन्दा छात्राले अध्ययन गर्ने क्याम्पस रुपन्देहीमा रहेको छ ।  
नेपालमै सबैभन्दा बढि प्रतिशत छोरी बुहारीहरु अध्यन गर्ने  क्याम्पसको ‘यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस’ सौ. फर्साटिकर–७ रुपन्देहीले पहिचान बनाएको छ । 
उक्त क्याम्पसमा कुल विद्यार्थीहरुको संख्याको ७६ प्रतिशत छोरी बुहारीहरुले अध्ययन गर्ने क्याम्पसले जनाएको छ । 
वि.स.२०५९ सालमा महायज्ञ लगाएर यज्ञबाट उठेको शेसबाट स्थापना भएको  उक्त क्याम्पसमा ७६ प्रतिशत  छात्रा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । रोचक कुरा उक्त क्याम्पसको लागि जग्गा कसैबाट किनिएको होईन   ।  प्राचार्य खगुपती न्यौपानेका अनुसार सौ. फर्साटिकर–७ रमवापुरमा स्थापना भएको उक्त क्याम्पसलाई वि.स.२०५९ सालमा पहिलो महायज्ञ गर्दा स्थानिय दुधनाथ थारुले १ विगाहा क्षेत्रफलको जग्गा उपलब्ध गराएका थिए ।  त्यस्तै सोही महायज्ञमा रामलखन चौधरीले ५ कठ्ठा जग्गा दान गरेका थिए ।  वि.स.२०६१ सालमा फर्साटिकर उच्च माविमा ३५ जना विद्यार्थीहरुबाट सुरु गरिएको क्याम्पसमा अहिले ५ सय ४३ जना विद्यार्थीहरु अध्यायन गरिरहेका छन् । 
campus 
commety 
त्यस्तै सो क्याम्पस सञ्चालनको लागि दोस्रो पटक वि.स.२०६९ सालमा अर्को महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञमा पनि पहिला दान गरेका दुधनाथ थारुले पुनः १ विगाहा जग्गा दान गरेका थिए । भने सोही बर्ष नै सुक्रप्रसाद चौधरीले १ कठ्ठा ६ धुर, कृष्ण प्रसाद घिमिरेले १० धुर जग्गा प्रदान गरेका थिए । अर्थात दानबाट नै सञ्चालन भएको उक्त क्याम्पसको जग्गाग अहिले ८ विगाहा ६ कठ्ठा रहेको छ ।  
 क्याम्पस कम्पाउण्डमा भने २ विगाहा ५ कठ्ठमा ३१ कोठाको आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष  सोमनाथ शर्माले जानकारी दिए । 
उनी भन्छन्–‘पूर्ण रुपमा समुदायको साथ पाएर हामी यो स्थान सम्म आएका हौ, निकट भविश्यमा कृषि क्याम्पसको रुपमा समेत स्थापना गर्ने सोँच हाम्रो रहेको छ ।’ अहिले उक्त क्याम्पसमा एमए, एमएड र एमविएस का कक्षाहरु सञ्चालनमा छन् ।  स्नातक तहमा बि.ए., बिएड्, वि.बि.एस्का कक्षा सञ्चालन रहेका छन् । 
भवन निर्माणको लागि राष्ट्रय अनुदान आयोगबाट ३७ लाख ५० हजार र अन्य जिल्ला विकास समितिले बार्षिक रुपमा ३ देखि ४ लाख सम्म अनुदान दिने गरेको छ । करिव २ करोडको लागतमा  पछिल्लो समयमा ३१ कोठा र एउटा सभाहल सहितको आधुनिक भवन समेत क्याम्पसले  निर्माण गरेको छ । 
क्याम्पस स्तरमा रुपन्देहीमै अब्बल क्याम्पसको रुपमा पहिचान बनाउन सफल भएको क्याम्पसको दावि रहेको छ । गत बर्षमात्र स्नातकोत्तर तहमा अध्ययनसुरु गरेको  क्याम्पसमा २१ जना विद्यार्थी सहभागी रहेका थिए । उक्त क्याम्पसको नेपालमै सबैभन्दा बढि क्याम्पस सभा सदस्यहरु रहेका छन् । 
कुल १ हजार १ सय ४५ जना सदस्यहरु रहेको क्याम्पसको सभा प्रत्येक ४ बर्षमा आयोजना हुदै आएको छ । ग्रामिण क्षेत्रमा स्थापना भएर राम्रो पहिचान बनाउन सफल भएको उक्त क्याम्पसका अनुसार अहिले सम्म डिप्लोमा उत्र्तीण गरेका ३ सय २७ जना विद्यार्थीहरु सबै रोजगार रहेको क्याम्पसको दावि रहेको छ । उक्त क्याम्पसमा ३६  जना प्रध्यापकहरु रहेका छन् भने ४ जना कर्म चारीहरु रहेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
क्याम्पस सभाको तयारी पुरा 
बुटवल, २९ माघ । रुपन्देहीको ग्रामिण  क्षेत्रमा स्थापना भएको  यज्ञोदय दुधरान थारु बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा तथा  चौथो अधिवेस र क्याम्पसको नवनिर्मित भवन समुद्घाटन कार्यक्रमको तयारी पुरा भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि  सबै तयारी पुरा भएको जनाकारी दिएको हो । उक्त कार्यक्रमका लागि  प्रधानमन्त्री शुुसिल कोईराला आउने  कार्यक्रम रहेको छ । फागुन १ गते विहान ११ बजे हुने कार्यक्रममा  क्याम्पसलाई जग्गा दान गर्ने दानविरहरुलाई सम्मान र नवनिर्मीत क्याम्पस भवनको समुद्घाटन  प्रधानमन्त्रीबाट हुने विद्यालयका प्राचार्य खगुपती न्यौपानेले जानकारी दिए । विद्यालयका अध्यक्ष सोमनाथ शर्माका अनुसार सोही अवसरमा विभिन्न सास्कृतीक कार्यक्रम, विभिन्न खेलकुद कार्यक्रममा विजेतहरुलाई  पुरस्कार वितरण र प्रध्यापक र उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । फागुन १ गते क्याम्पस सभाको उद्घाटन कार्यक्रम र खुला सत्र हुने र फागुन २ गते चौथो अधिवेसन तथा बन्द सत्र आयोजना हुने क्याम्पसले जानकारी दिएको हो । 
तस्वीरः क्याम्पस सभाको बारेमा  जानकारी दिदै विद्यालयका प्रचार्य, अध्यक्ष लगायत पधाधिकारीहरु । तस्वीरःकृष्ण खनाल





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै