गरे के हुन्न ? कृत्रीम खुट्टाको सहायतले सफल व्यवसाय

कृष्ण खनाल
बुटवल, ८ फागुन ।


वि.स.२०४१ साल रुपन्देहीको पश्चिम अमुवा गाविस–१ मिलचोकका कमलराज सुवेदी अभिषाप बन्यो ।  आफ्नो पहाड घर बाग्लुङ्गको लागि हिडेका सुवेदी लाई बुटवलको ट्राफिक चोकमा गाडीले ठक्कर दियो ।
साथी संग रहेका उनीलाई  गाडीले नराम्रोसंग ठक्कर दिएको कारण उनले सदाको लागि एउटा खुट्टा नै गुमाउनु प¥यो । अहिले ४३  बर्षमा लागेका सुवेदी हरेश नखाई आफ्नो जिवन यात्रलाई अगाडी बढाईरहे  । फलस्वरुप केही बर्ष पहिला एउटा  गैर सरकारी संस्थाको अनुदानमा भैसी पालन गरेका उनलाई भैसीबाट खासै फाईदा नदेखेपछि अहिले आफै लगानीमा गाई फार्म खोलेर राम्रो आम्दानी गरेका छन् । 
करिव तिन बर्ष पहिला व्यवसायीक गाई पालन गरेका सुवेदीले अहिले ३ वटा माउ गाई र एउटा बाच्छी  पालेका छन् । ‘सुवेदी गाई फार्मा पश्चिम अमुवा –१ मिलनचोक’ दर्ता गरेर व्यवसायीकरुपमा गाई पालेर दुध विक्रि गरी मनग्य आम्दानी गर्दै समाजमा उदाहरणीय व्यक्ति समेत बनेका छन् ।
अपाङ्गता भएका व्याक्तिहरुले  मिहिनेत गरेमा राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण सुवेदीले देखाएका छन् । अपाङ्ग पुनस्थापना समाज रुपन्देहीका सचिव समेत रहेका उनले १ कठ्ठा आफ्नै जग्गामा गाई फारम खोलेका छन् भने अन्य ३ कठ्ठमा व्यवसायीक घाँस खेती गरेका छन् । उनी भन्छन्–‘अपाङ्गता भएका व्याक्तिहरुले काम गरेर खान सक्दैनन् भन्ने मान्यतालाई  चिर्नको लागि पनि मैले यसरी व्यवसायीक गाई पालन सुरु गरेको हुँ ।’ उनले थपे–‘महिनामा ३५ हजार जती आम्दानी हुन्छ, परिवार राम्रो संग  पालेको छु ।’
छोरा कक्षा १० र छोरी ७ कक्षामा पढ्दै आएको बताउने उनले आफै  कृतिम खुट्टाको सहायताले साईकलमा ३० देखि ३५ लिटर दुध बोकेर फर्साटिकर बजार र अमुवा बजारको डेरीमा पु¥याउने गरेका छन् ।  ‘दैनिक  दुई किलोमिटर जती साईकलम हिड्छु खासै अफ्ठारो हुदैन ’–उनले भने । 
 उनको व्यवसायीक मोह देखेपछि जिल्ला पशु सेवा कार्यलयले भकारो सुधार र गोठ निर्माणको लागि केही समय पहिला १ लाख अनुदान समेत दिएको थियो । अहिले करिव २ लाख रुपैया लागतमा उनले ३ वटा माऊ गाई र एउटा बाच्छी पालेका छन् । 
सुवेदी जस्तै अपाङ्गता भएर पनि व्यसायमा लागेका व्यक्ति हुन रुपन्देहीको  सौ.फर्साटिकर गाविस ९ मैनहियाका विष्णु बहादुर थापा । 
घाँटी र श्वरमा समस्या रहेको थापाले हालै व्यवसायीक रुपमा होटल सञ्चालन गरेका छन् । आफ्ना बाबाको सहकार्यमा थापाले करिव ढेड लाख रुपैयाको लागतमा विष्णु होटल सञ्चालन गरेका हुन । घरपरिवारबाट राम्रो सहयोग भएको बताउने थापा भन्छन्–‘अपाङ्गता भएका व्याक्तिहरुले पनि समाजमा केही  उदाहरणीय काम गर्न सक्छन् भनेर यो व्यवसाय लागेका हौं ।’ स्नातक तह तेस्रो बर्ष पुरा गरेका थापा व्यवस्थापन संकायका विद्याथी हुन । यज्ञोदय  क्याम्पसमा अध्ययन गरिरहेका उनी केही समय पहिला बैवाहिक सम्बन्धमा समेत गाँसीएका छन् । साङ्ग व्याक्ति संग विवाह गरेका उनले  अपाङ्गता हुदैमा मानिस असक्षम नहुने भन्दै  व्यवसायमा लागेको बताए । 
उना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेल कुनै पनि अपाङ्गता भएको व्यक्ती असक्षम नहुने भन्दै उचित अवसर सृजना भएमा अवश्य पनि अरुको भर पर्नेवातावरण अन्त्य हुने बताउछन् । ‘उचित शिक्षा दिक्षा,  अवसर र स्थान दिएमा अपाङ्गता भएका व्याक्तिहरु पनि साङ्ग सरह सक्षम बन्न सक्छन् ।’–अध्यक्ष पौडेलले भने । अपाङ्गता भएका व्याक्तिहरुलाई समाजले हेप्ला भनेर घर भित्र राख्ने,उनीहरुलाई समाजको मुलधारमा र विभिन्न सामाजिक कृयाकलापहरुमा सहभागी नगराउने हो भने प्रतिभा वाहिर आउन नसक्ने भन्दै यसको लागि अपाङ्गता भएका व्याक्तिका अभिभावकले अनिवार्य रुपमा सचेत हुनु पर्ने अध्यक्ष पोखेरल भनाई रहेको छ । 
तस्वीरः 
साईकलमा यात्रा गर्र्दै  व्यवसायी सुवेदी । उनले दैनिक जासो साईकलमा दुध  विक्रिको लागि दुई किलोमिटर भन्दा बढि यात्रा गर्दछन् । तस्वीरःकृष्ण खनाल÷बुटवल  






Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै