अनलाईन र एसएमबाट अदालती काम

कृष्ण खनाल
बुटवल, २४ माघ । 
punrabdean adlat butwal 
तपाईले पुर्नरावेदन अदालत बुटवलको मतहातमा कुनै विषयमा मुद्धा खेपीरहनुभएको छ या कसै उपर मुद्धा  दायर गर्नुभएको छ ?  यदि यसो हो भने  अब तपाईको मुद्वाको प्रक्रिया कहाँ पुग्यो, मुद्वाको तारेख कहिले छ ? भनेर बुझ्नको लागि अदालतको ढोका ढकढकाउनु पर्दैन । घरमा नै बसेर तपाईले यसको सबै जानकारी लिन लिन सक्नुहुन्छ ।
Butwal today daily news, 2071/10/24 
 अर्थात तपाईको मोबाईलको एक एसएमएसले मुद्वाको बारेमा सम्पूर्ण जानकारी दिनेछ ।  सर्बोच्च अदालतले केही महिना पहिला अदालमा ई–सेवा लागु भएपछि अव कुनै पनि  सेवा ग्राहीले कुनै पनि प्रकारको मुद्वाको बारेमा घरमा बसेर नै जानकारी लिन सक्नेछन् भने अदालती प्रक्रियामा म्याद तामेली र तारेख पनि ई–सेवा बाट हुनेछन् ।  पुनारावेदन अदालत बुटवलमा पनि शुक्रवारबाट ई–सेवा लागु भएको छ ।  
कुनै पनि मुद्वाको बादी तथा प्रतिवादीले आफ्नो मुद्वाको बारेमा जानकारी लिनको सुरुमा  अग्रेजी अक्षरमाआरईजी टाईप गरि एक स्पेस छोडेर मुद्धा नम्बर टाईप गरी ३०३०३ (चभन  अगकभ लय)कभलम घण्घण्घ० मा पढाउनु पर्नेछ ।  यसरी एसएमएस पठाएको केही समयमा नै  सेवा ग्राहीले मुद्वाको बारेमा जानकारी लिन सक्नेछन् । 
अदालतको न्याय सम्पादन प्रक्रिया प्रभावकारी बनाउने सर्वोच्च अदालतको निर्णय अनुसार पुनरावेदन अदालतमा बुटवलमा पनि कानुनी इ–सेवा सुरु गरिएको हो । इ– सेवाको  शुक्रवार औपचारिक सुरुवात भएको छ । 
इ–सेवा अन्र्तगत सुरुवती चरणमा ३ प्रकारको सेवा दिन लागिएको हो । अदालतको इ–सेवाले कनुनी उपभोक्तहरुलाई राहत मिन्ने छ । अदालतले ईन्टरनेटको माध्यमबाट सेवागा्रहीलाई  सुविधादिन शुरुवात गरेपछि सेवाग्राहिको समय र पैसाको बचत हुनुका साथै यो प्रविधिले न्याय सम्पादन छिटोछरितो हुने अदालतको दावी छ  । 
सर्बोच्च अदालतले देशका सवै जिल्ला अदालत  पुनरावेदनअदालत र सर्बोच्च अदालतमा न्यायीक सफ्टवयेरको र उपकरण सहित दÔजनशक्ति निर्माणका लागि गएको महिना देखिनै तालिम सञ्चालन गर्दै आईरहेको सबोच्च अदालतका उप सचिव तथा  सुचना प्रविधि महाशाखाका प्रमुख चाणकमणि अर्यालले जानकारी दिए । 
अर्यालले भने–‘सर्बोच्च अदालत सुचना प्रविधि महाशाखाले  अदालति उपभोक्तहरुका लागी एसएमएस बाट अनलाईन तारेख तथा म्याद तामेलि सफट्वयर को सुरुवात गरेपछि सेवाग्राहीलाई पुनरावेदन तथा सर्वोच्चअदालत धाउनुपर्ने झनझटको अन्त भएको छ भने घरमै बसेर सबै विवरण जानकारी पाउन सकिन्ने छ । ’
पुस १ गतेदेखि सर्बोच्च अदालतमा शुरु गरिएको यो प्रबिधी माघ १ देखि देश भरिका ४२ अदालत र पुनराबेदन अदालतमा सुरु गरिएको हो । आगामी फागुन १  गतेदेखि ७५ वटै जिल्ला अदालतमा समेत शुरु गर्न सकिने सबोच्च अदालत सुचना प्रविधि महा शाखाले जनाएको छ । एसएमएस, अनलाईन तारीख तथा म्याद तामेली सफ्टवयेर शुक्रवारबाट नै सञ्चालनमा ल्याइएको पुनराबेदन अदालत बुटवलमा  मुख्य न्यायाधिस सारदा प्रसाद घिमिरेले जानकारी दिए ।  
सेवा ग्राहीले नागरिकले अफ्नो मुद्वाको बिÈयमा जानकारी लिन अदालतको कोड (बुटवलको ११) र मुद्वा दर्ता नम्बर टाईप गरि ३०३०३ मा एसएमएस गरे लगतै आफ्नो मोवाईलमा तत्काल सूचना आउनेछ । साथै नया ई–कानुन सेवा लागु भएपछि  पुनारावेदन अदालत बुटवलमा साधारण तारीक लिनु पर्ने सेवा ग्राहीहरुले  तोकिएको समयमा जिल्ला बाहिर भएको अबस्थामा अन्य जिल्लामा व्यक्तिगत विवरण भरी आवेदन दिएमा उक्त सोहि स्थानबाट तारीक बुझ्न सक्ने व्यवस्था समेत मिलाईएको छ । 
कागजी प्रक्रिया,  हुलाकी माध्यम तथा बाटाको म्याद (जाँदा आउदा लाग्ने समय) बाट सेवा ग्रहीहरुले सहजता पाउने र अव केहि घण्टामै काम पुरा पुनारावेदन अलादत बुटवलका मुख्य न्याधिष घिमिरेले जानकारी दिए । 
यसैबीच पुनराबदेन अदालत बुटवलले  एसएमएस तथा अनलाईन तारिख तथा म्याद तामेली सफ्टवयर सम्बन्धी २ दिने  प्रशिक्षण तालिम शुक्रवाररबाट बुटवलमा  सुरु गरेको छ । पुनराबेदन अदालत बुटवलका मुख्य न्यायाधिस सारदा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा न्याधिस प्रकासचन्द्र गनुरेल,  नेपाल बार एशोसियसन पुनारावेदन अदालत  बुटवलका अध्यक्ष डा. बुद्ध बहादुर थापा लगायतले बोल्दै पुनारावेदन बुटवलमा लागु  भएको ई–सेवा लागू भएपछि सबैलाई फाईदा पुग्ने  धारणा राखेका थिए । 
एक तथ्यांक अनुसार सर्बोच्च अदालतमा अहिले सम्म करिव २० हजार बढि मुद्वा चालु अवस्थामा रहेका छन् भने पुनारावेदन अदालत बुटवलमा करिव ११ सय बढि मुद्धाहरु रहेका छन् । पुनारावेदन अदालत बुटवलको भवन । तस्वीरःकृष्ण खनाल÷बुटवल  



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै