लागुऔषध विरुद्व ‘जाग्दै समुदाय’

कृष्ण खनाल
बुटवल, १७ माघ । 
सैनामैना नगरपालिका–४ भाटाको एक घरमा केही समय पहिला परिवारले एउटा मन्दिर निमार्ण  ग¥यो । गाउँका सबैलाई खबर गरियो । मन्दिरको उद्घाटनको दिन भव्य पुजा समेत लगाईने भयो । सोही अनरुप विभिन्न टोल–टोलबाट आफन्त तथा आमन्त्रीत मानिसहरु उक्त घरमा भेला भए । हर्षका साथ भेला भएका निम्तालुहरु घरमा पुग्दा भने त्यहाको बातवरण नै अर्कै थियो । सबै सोकमग्न थिए, कसैको मुहारमा हासो थिएन् केवल नैरस्यता मात्र थियो । 
कारण हो जुन घरमा मन्दिर निर्माण गरिएको  थियो भव्य पुजाआजा सहित रमाईलो गर्ने योजना थियो । तर त्यहि घरका एक छोरा अघिल्लो दिन लागुपदार्थ (ड्रग्स) सेवन गर्दा डोज बढि भएर उनी सदाकै लागि संसार छाडेका थिए । जसको कारण  मन्दिर उद्घाटनको लागि आयोजना गरिएको पुजामा उपस्थिती भएका सबै निम्तालु मलामी बनेर फर्किए । 
यो  सैनामैना नगरपालिका अन्र्तगत भाटा गाउमा भएको एउटा प्रतिनिधि घटना हो । पछिल्लो समयमा लागु औषध प्रयोगकर्ताहरुको बढ्दो विकृतीको एउटा रुप थियो यो । यसरी त्यस्तै घटना अव सैनामैना नगरपालिका भित्र नघटोस भनेर त्यहा स्थानिय, आमा समुह, विद्यालय तथा विभिन्न युवा क्लव, सामाजिक संघ संस्थाहरु पछिल्लो समयमा सचेत हुन थालेका छन् । 
स्थानिय नवसृजना आमा समुहकी अध्यक्ष गंगा खाणका अनुसार सैनामैना नगरपालिका–१ रानी कुवालाई पछिल्लो समयमा लागुऔषध प्रयोग गर्ने स्थानको रुपमा लिने गरेका छन् । उनी भन्छीन–‘प्रयोग कर्ताले, अफगानिस्तान जाने भन्दै रानीकुवामा लागु औष प्रयोग गर्न आउने  गर्दछन्, यसको लागि सबैको सहभागीतामा जनचेतना मुलक कार्यक्रम आयो जना गरिएको हो ।’ शनिवार  लागु औषध प्रयोगकर्ताले कोड भाषामा ‘अफगानिस्थान’ भन्ने गरेको स्थान रानी कुवामा वृहत प्रकारको जनचेतनामुलक कार्यक्रम गरिएको छ । 
 लागु औषधबाट अवको पुस्ता जोगाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको स्थानिय  राजेश सिग्देलले जानकारी  गराए । विभिन्न जनचेतानामुलक प्लेकार्ड र व्यानगर बोकेका करिव ३ दर्जन बढि संघ संस्था, आमा समुह तथा विद्यालयहरुको सहभागीता  रहेको थियो ।  
लागु औषध प्रयोगकर्तालाई डरधम्कीले भन्दा पनि मायाले सुर्धानु पर्ने जसको लागि सबैको  एकता जरुरी रहेको स्थानिय युवा विष्णु रेग्मीको भनाई रहेको छ । उनी भन्छन्–‘यस क्षेत्रमा लागु औषध तथा धुम्रपान गर्ने युवाहरुको विगविगी बढेको छ, त्यसको लागि हामी जस्ता युवाहरु सचेत हुन जरुरी रहेको छ ।’
सैनामैना युवा क्लवका अध्यक्ष धुब्रदेव भट्राईले रानी कुवालाई ड्रक्स केन्द्र हुनबाट जोगाउनको लागि पनि युवा क्लव तथा सचेत  युवा अगाडी बढ्नु  पर्ने बेला आएको छ ।  उनी भन्छन्–‘ड्रग्समा फसेका युवा युवतीहरुलाई सुर्धानको लागि कोसिस जारी राख्नु पर्दछ, एक दिन अवश्य सुधार हुनेछन् ।’ मिलन आमा समुहकी अध्यक्ष देवीमायाँ थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य तथा सभाषद भक्ति पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै सभासद् पाण्डेले सबैको सहकार्य र एकता भएमा लागु पदार्थ दुव्र्यशनीलाई निर्मुल पार्न सकिने बताएका थिए । कार्यक्रममा भुपु सैनिक संगठनका केन्द्रीय  सदस्य तथा स्थानिय समाजसेवी अम्बर बहादुर थापाको विशिष्ठ आतिथ्यता रहेको थियो । करिव ३ दर्जन भन्दा बढि आमा समुह, स्थानिय क्लल तथा विद्यालयहलरुको सहभागीता रहेको कार्यक्रममा सैनामैना युवा क्लवका  सह सचिव सुमन रेग्मीले स्वागत मन्तव्य राखेका थिए । 
युनिटी ग्याईजका दिपक थापा, नवश्रृजना आमा समुहकी अध्यक्ष गंगा खाण, लिटील वर्स एकेडमीका संस्थापक प्रिन्सीपल राजेश सिग्देल, ग्रामिण  स्वालम्बन विकास अभियान नेपालका प्राविधिक संयोजक विष्णु रेग्मी, सैनामैना युवा क्लवका अध्यक्ष धुब्रदेव भट्राई,  नेपाली कांग्रेसका गाविस सभापती राज बहादर क्षेत्री,  एमालेका प्रतिनिधि शिवलाल, राप्रपाका जमानसिंह थापा समाजसेवी अम्मर कण्डेल लगातले मन्तव्य राख्दै लागु औषध विरुद्वको अभियानमा एक भएर लाग्ने प्रतिवद्वता जनाएका थिए । 
यसरी केही समय पहला रुपन्देहीको देवदह नगरपालिकाका युवा युवतीहरुमा लागु औषधको बढ्दो समस्यालाई मध्यनजर गर्दै स्थानिय आमा समुहको नेतृत्वमा जनचेतानमुलक ¥याली तथा  कार्यक्रम गरिएको थियो । पछिल्लो समयमा लागुऔषधले विकाराल रुप लिन थालेपछि समुदायका मानिसहरु पनि सचेत हुन थालेका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै