सडकबत्ती व्यवस्थापन समुदायलाई
कृष्ण खनाल
बुटवल, ५ फागुन ।
बुटवल उप–महानगरपालिकाले नगर भित्रका केही टोलहरुका सडक बत्तीको जिम्मा समुदायलाई दिने भएको छ । जसलाई बुटवल नगरपालिकाबाट स्तरउन्नती भई उप–महानगरपालिका भएपछि पहिलो राम्रो कामको गरेको स्थानियको भनाई रहेको छ । बुटवल उप–महानगरपालिकाले पहिलो चरणमा बुटवल क्षेत्र अन्र्तगतका १५ वटा टोलहरुमा यस्तो प्रकारको सडक वत्ती व्यवस्थापन कार्य समुदायले गर्ने छन् ।
![]() |
| news butwal today 071/11/ |
बुटवल उपमहानगर नगरपालिका र स्थानिय टोल विकास संस्थाहरुको विचमा सम्झौता भएको छ । उपमहनगर पालिकाको ५६ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको एक विशेष कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख कार्यकारि अधिकृत धुब्र बहादुर खड्का र विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि अव १५ वटा टोल विकास संस्था अन्र्तगत समुदायले अहिले सडकमा बलिरहेको वत्ती र उक्त टोललाई आवश्यक वत्तीको संख्या एकिन गरि टोल वि कास संस्थाले बुटवल उमहानगर पालिकामा दिवेदन दिनु पर्ने छ । त्यपछि टोल विकास संस्थाले अनिवार्य रुपमा सिएफएल वत्ती बाल्नु पर्नेछ । जसको लागि सिएफएल बत्ती खरिदको लागि उपमहानगर पालिकाले नगद रुपैया हस्तान्तरण गर्ने छ ।
बुटवल उमहानगर पालिकाका बरिष्ठ अधिकृत विष्णु खनाका अन अनुसार अहिले टोल विकास संस्था अन्र्तगत बलिरहेका बत्ती र बोलेका बत्तीको संख्या एकिन गरेर उपमहानगर पालिकालाई संस्थाले निवेदन दिने र त्यसको जाँच पछि उपमहानगर पालिकाले आवश्यक रकम नगदै हस्तानान्तरण गर्ने छ ।
बरिष्ठ अधिकृत खनाल भन्छन्–‘ यसरी समुदायमा हस्तानान्तरण भएपछि सडक बत्तीमा गुलेली हानेर फुटाउने जस्ता कर्य बन्द हुनेछन् भने सडकमा दिनभर बत्ती बलिरहन समेत पाउने छैनन् ।’
टोल विकास संस्था र बुटवल उपमहानगर पालिका संग ७ बुँदे सम्झौता गरिएको छ । सम्झौता अनुसार टोलमा हाल नबोलेको अवस्थामा रहेका सिएफएल बल्वको खरिद वापत एककुष्ट रकम नगरपालिकाले हस्तान्तारण गर्ने छ । सम्झौता नम्बर २ अनुसार उपहामनगरपालिकाले उक्त सडक वत्तीको मर्मत संहारको लागि आलो पालो गरि प्राविधिकको व्यवस्थागर्ने छ । सम्झौता नम्बर ३ मा उल्लेख गरिए अनुसार बुटवल उपमहानगर पालिकाले विद्युतीय पोल, तार र तार समेतका अन्य सामानहरु प्राथमिकताको आधारमा उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै बुँदा नम्बर ४ मा पहिलो पटक सम्झौता गरिएकोमा २०७२ असार मसान्त सम्म यो लागु हुनेछ भने पछि सम्झौता नविकरण गरिन उल्लेख गरिएको छ ।
बुँदा नम्बर ५ मा सम्झौता परिक्षणको रुपमा लागु गरिएकोले २०७२ साल असार मसान्तमा नविकरण गर्दा प्रत्येक आर्थिक बर्षमा टोल विकास संस्थालाई सडक वत्ती व्यवस्थापन अनुदान समेत उपलब्ध गराईने उल्लेख गरिएको छ । बुदाँ ६ मा सम्झौताका सर्तहरु दुर्वपक्षबाट सहमतीमा थप घट गर्न सकिने र अन्तीम बुँदामा सम्झौता कार्यान्वयनका क्रममा विवाद भएका नगरपालिकाको निर्णय नै अन्तिम निणर्य हुने उल्लेख गरिएको छ ।
जुन सम्झौतमा बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृतहरु विष्णु खनाल, शिव नारायाण साहा, भुवा प्रसाद लुईटेल, योजना प्रमुख सुमन श्रेष्ठ र टोल विकास संस्थाका अध्यक्ष साक्षिको रुपमा रहेका छन् ।
यता, यसरी समुदायलाई सडक वत्ती व्यवस्थापनको जिम्मा समुदायलाई लगाईरहदा बुटवल उपमहानगर पालिकाले बर्षौ देखि सडक बत्ती बापतको रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छैन ।
आफ्नो कार्यालयमा उपभोग हुने विद्युतको महशुल नतिरेको ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको भईसकेको छ । अहिले सम्म नगरपालिकालाई कुनै निकायले कारवाही गर्न सकेको छैन । आर्थिक बर्ष २०७०÷०७१ को असार मसान्तसम्म बुुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालयमा उपभोग हुने ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा र सडक बत्ती बापतको ६ करोड ३१ हजार ५ सय ६२ रुपैयाँ ५९ पैसा विद्युत बक्यौता बुझाउन बाँकीरहेको छ ।
उपमहानगरपालिकाले ग्राहक नम्बर००५.०२.८५१ रहेको ४५७.४५ केभीए विद्युत उपभोग गरेको छ । उसले ५९ महिना अर्थात ४ बर्ष ११ महिनाको महिनाको रु ५ करोड ३६ लाख ६ सय ७ सय ७५ रुपैयाँ ७० पैसा विद्युत बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका लेखापाल किशोर घिमिरले जानकारी दिए ।
उपमहानगरपालिकाले सडक बत्ती अन्र्तगत ग्राहक नंः ००२.०१.८५१ अन्र्तगत ३० एमपिएस विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष ८ महिनाको १ लाख ११ हजार ८ सय ४१ रुपैयाँ ९० पैसा, त्यस्तै ग्राहक नंः ०३३.२३.२०५ अन्र्तगत २० केभिए को ६४ महिना अर्थात ५ बर्ष ४ महिनाको कुल १ लाख ९९ हजार १ सय ४१ रुपैया, ग्राहक नम्बर ००५.०५.८५१ नम्बरको ३० एमपिएस ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ९ हजार ९ सय ९५ रुपैयाँ ४० पैसा रकम बुझाएको छैन ।
त्यस्तै ग्राहक नंः००५.१२.८५१ अन्र्तगत ३० एएमपिएस विद्युत उपभोग गरेको ५७ महिना अर्थात ४ बर्ष ९ महिनाको कुल १ लाख ३१ हजार ८सय ९४ रुपैयाँ, ग्राहक नंः ००५.१३.८५२ अन्र्तगत ३० एमएपिएस विद्युत उपभोग गरेको ५० महिना अर्थात ४ बर्ष २ महिनाको कुल १ लाख ४५ हजार ३ सय ८७ रुपैया महशुल बुझाएको छैन ।
उपमहा नगरपालिकाले नै ग्राहक नंः००५.२३.८५१ अन्र्तगत ३० एमपिएस विद्युत उपभोग गरेको ५५ महिना अर्थाथ ४ बर्ष ७ महिनाको कुल १ लाख १ हजार ९ सय २८ रुपैया ७० पैसा बुझाएको छैन, त्यस्तै ग्राहक नम्बर ००५.२४.८५१ अन्र्तगत सडक बत्तीबापतको ३० ए एमपिएस विद्युत उपभोग गरेको ४३ महिना अर्थात ३ बर्ष ७ महिनाको कुल १ लाख ५३ हजार ३ सय ३९ रुपैया , ग्राहक नंः००१.१०.८५१ अन्र्तगत १ केभिए सडक बत्ती अन्र्तगतको ३८ महिना ३ बर्ष २ महिनाको २ लाख ४० हजार ९ सय १ रुपैयाँ ३० पैसा र ग्राहक नंः ००१.००३.८५१ अन्र्तगत १ केभिए विद्युत उपभोग गरेबापत ३८ महिना अर्थात ३ बर्ष २ महिनाको कुल १ लाख ४७ हजार ६१ रुपैयाँ ६० पैसा रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाकी रहेको छ ।
बर्षौ देखि विद्युतको बक्यौता तिर्न बाँकी रहेको र समुदायलाई सडक विद्युत व्यवस्थापनको जिम्मा लगाईरहदाँ किन उपमहानगरपालिकाले बक्यौता तिरेको छैन् त भन्ने जिज्ञासामा बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत विष्णु खनालले यस समस्याको साधान केन्द्रबाट मात्र हुने बताउछन् । उनी भन्छन्–‘हाम्रो सार्वजिक जग्गा, पोल स्टेशन प्रयोग गरेको विद्युतले किन नगरपालिकालाई पैसा तिर्दैन, यसको पनि लेखा जोखा हुन जरुरी रहेको छ ।’ उनले उपमहानगरपालिका विद्युत महसुल नतिर्ने पक्षमा नभएको भन्दै विद्युत चुहावटको समेत शुल्क जोडर उपमहानगरपालिकाई तिर्न भन्नु तर्क संगत नभएको बताए ।
((((((((((((तस्वीर विवरणः बुटवल उपमहानगर पालिका र श्रीनगर टोल विकास संस्थाका विचमा भएको सम्झौतापत्र । तस्वीरःकृष्ण खनाल÷बुटवल
