५२ विगाहा जग्गा भाडामा लिएर व्यवसायीक खेती

कृष्ण खनाल
बुटवल, १४ फागुन ।

‘आफ्नो जग्गा छैन खै कसरी खेतीपाती गर्ने’ ,‘अर्कोको जग्गामा गरेर कतिदिनलाई पो होला र?’ आफ्नो नीजि जग्गा नभएका अधिंकास किसानहरुले यस्ता वाक्य प्रयोग गर्ने गरेको पाईन्छ ।  तर आफ्नो नीजि जग्गा नभएरपनि सफल कृषक बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन रुपन्देहीको सुर्यपुरा गाविस–९ कुट्टाभाटाका किसान नारदमुनी यादव । ४५ बर्षमा लागेक किसान यादवले ५२ विगाहा क्षेत्रफलमा जग्गा लिज (भाडा)मा लिएर व्यवसायीक खेती गरेका छन् ।
२१ बर्ष सम्म सुर्यपुरा गाविसमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ता भएर काम गरेका उनलाई आफ्नो जग्गा नभएपनि भाडामा जग्गा लिएर भएपनि व्यवसायीक खेती गर्नुपर्दछ भन्ने सोँच जागेर कृषि पेशा तर्फ मोडिएको बताउँछन् ।
तिन बर्ष पहिला हसनापुर माध्यमिक विद्यालयको नाममा खाली रहेको बाँजो जग्गालाई उनले लीजमा लिएर अहिले हराभरा बनाएका छन् ।  ३ वटा प्लट भाडामा  उनले ४६ विगाहा क्षेत्रफल रहेको खेतको बगर, अर्को छुटै स्थानमा १० विगाहा र २ विगाहा क्षेत्रफल आँपको बगैचा समेत लिएका छन् ।
यसरी जग्गा भाडामा लिएबापत किसान यादवले ४७ विगाहाको क्षेत्रफलको बार्षिक १ लाख ३३ हजार, अन्य १० विगाहाको १ लाख २० हजार  र आँप बगैचाको १ लाख रुपैया भाडा  हसनापुर माविलाई बुझाउदै आएका छन् । प्रत्येक २ बर्षमा १० प्रतिशतका दरले भाडा समेत वृद्धी गर्दै जाने गरी सम्झौता भएको छ ।
४६  विगाहा क्षेफलमा एकिकृत आरम्भ कृर्षी फाम खोली उनले २ वटा अष्ट्रिज कन्याक्ट फर्म समेत खोलेका छन् भने अन्य स्थानमा मेवा खेती, माछा पोखरी, खर्वुजा खेती, तर्जुजा खेती, बदाम खेती र तरकारी खेती गरेका छन् । अन्य भाडामा लिएको १० विगाहा क्षेत्रफलमा बदाम लगाउने सोँच बनाएका छन् । २ विगाहा क्षेत्रफलमा भने आँपको बगैचा रहेको छ ।
यसरी पशु उपचारबाट कृषि क्षेत्रतर्फ आउनुको उनको रोचक कारण रहेको छ ।  म्याट्रिक्स(१०कक्षा) पास गरेका उनीले भिजेटीए समेत गरेका छन् । केही बर्ष पहिला अमेरिकाको एक गैरसरकारी संस्थाले उनलाई केही दिनका लागि भारत भ्रमणमा  लगेको थियो । सोही क्रममा भारतमा विभिन्न कृषि पकेट क्षेत्रको भ्रमण गर्दा नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सौँचको साथ जग्गा भाडामा लिएर काम गरेको उनको भनाई छ । उनी भन्छन्–‘भारतका ति ठाउहरु हेरेर  नेपालमा पनि केही गर्नुपर्छ भन्ने अठोट लिएर यहाँसुरु गरेको हुँ ।’ उनी थप्छन्–‘अहिले सम्म खासै नाफा कमाएको छैन, बैंकमा ऋण छ तर मिहेनत गर्न छोड्दिँन, एक दिन  सफल भईएला नी ।’ उनको व्यवसायलाई भाई, आमा, ३ जना छोरा र १ छोरीले समेत सघाउने गरेका छन् ।
जेठा छोरा गर्जेसकुमार यादव रामापुर कृषी क्याम्पस चितवनमा एसएसी एजी पढ्दै छन् भने माईला छोरा दुर्गेस कुमार यादव बुटवल बहुमुखी क्याम्पसमा विएस्सी प्रथम बर्ष अध्ययन गर्दैै छन् । भने कान्छो छोरा दिनेश यदाव पनि पढ्दै छन् ।
महिनामा करिव ४० हजार रुपैयाँ आम्दानी गरिरहेको बताउने  किसान यादवले अहिले सम्मकरिव आधा करोड लगानी गरेका छन् । जसको लागि कृषि विकास बैंकबाट ३० लाख, अष्ट्रिज नेपाल प्रालिबाट १५लाख र अन्य साथीहरुबाट करिव ५ लाख ऋण सापटी लिएर खेतीकिसानीमा लागेका छन् ।
वि.स.२०६९ पुस २२ गते एकिकृत आरम्भ कृषी फर्म खोलेका उनले गत बर्ष करिव ६ टन बदाम, २ लाख रुपैया बराबरको तर्वुजा विक्री गरेका थिए । १२ विगाहा क्षेत्रफलमा लगाइएको तर्बुजा लगाएका थिए भने खुर्सानी, मेवा पनि विक्रि गरेका छन् ।
यस बर्षमा माछा पालन तर्फपनि उनले हातहाल्ने जनाएका छन् । अहिले १५ कठ्ठा क्षेत्रफलमा ३ वटा पोखरी निर्माण  गरिरहेका छन् । जसमा एउटा नसर्री र अन्य २ वटा ठुलो पोखरी निर्माण गर्ने उनको भनाई रहेको छ ।  सिंचाहीको लागि ५ वटा स्यालोट्वुेल जडान गरेका उनी सरकारी अनुदानबाट भने सन्तुष्ठ छैनन् ।
‘राष्ट्रपती उत्कृष्ट कृषिक सम्मान २०७१’ बाट समेतपुरस्कृत भएका यादवको गुनासो छ–‘ सरकारलाले किसानलाई समयमा नै मल, बिउ र अनुदान उपलब्ध गराउन सकेन् ।’ ६ प्रतिशत किसानलाई ब्याज दिने सरकारी  नीति कार्यान्वयन  नभएकोप्रति उनले भने–‘गाउँ घरमा जुन बैंक छ, त्यस बैंकमा यस्तो खाले नियम अबिलम्ब लागू गर्नुुपर्दछ ।’
उनको फर्ममा करिव १० जनाले रोजगार पाएका छन् । भाडामा लिएको जग्गा  कृषक यादवले पुनअर्को व्याक्तिलाई पनि भाडामा लगाएका छन् ।  करिव ३ विगाहा क्षेत्रफल युनाईटेड कृषी फार्मलाई दिएका छन् । विदेशबाट फर्किर अष्ट्रिजपालन तर्फ लागेका युवा किसानले उनको जग्गा भाडामा लिएका हुन । अष्ट्रीजलाई कन्याट्रयाक्ट फर्मको रुपमा सञ्चालन गरेका युवा किसान धनपती पाण्डेले जानकारी दिए । उनका अनुसार अष्ट्रिज नेपाल प्रालि  गंगोलियाबाट ३६ महिनाको लागि अष्ट्रिजको चल्ला ल्याएर पालिदिने र एउटा अष्ट्रिज  हुकाईदिएबापत किसानले १० हजार रुपैया पाउने सम्झौता गरिएको छ ।  नारदमुनी यादवले पनि आलमदेवी कृर्षी फार्ममा  २ सय अष्ट्रिज पालेका छन् । भने आदमलेवी फार्ममापनि करिव २ सय अष्ट्रिज रहेका छन् ।
विउको समस्या
किसानले व्यवसायीक खेती गर्दा  उन्नत विउको समस्या भोग्न बाध्य छन् । नेपालमा उन्नत किसीमको विउ सहजै नपाईने गरेको कारण समस्यामा परेको  युवा किसान तथा नारदमुनीका छोरा दिनेश यादवले बताए । उनकाअनुसार तर्वुजाको  १०० ग्राम विउको लागि ९ सय २५ भारतिय रुपैया बुझाउनु पर्दछ । नेपालमा नपाईने विउको लागि करिव १ महिना पहिला नै भारतमा रहेका एग्रोभेटको खातामा पैसा जम्मा गरिदिएपछि उसले पठाउने गर्दछ । उनी भन्छन्–‘व्यवसायी गर्न खोज्यो तर विउ सहजै पाईदैन, जसले गर्दा पनि समस्या छ, समयमा नै विउ, मल सरकारले उपलब्ध गराईदिन प¥यो ।’
तस्वीरः
बाउन्न विगाह क्षेत्रफल भाडामा लिएर व्यवसायीक खेती गरेका कृषक नारदमुनी यादव आफ्नो व्यवसायअगाडी । तस्वीरःकृष्ण खनाल÷बुटवल /
२, किसान नारदमुनी यादवले पालेको कन्ट्रयाक्ट अष्ट्रीज फर्म । तस्वीरःकृष्ण खनाल÷बुटवल







Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै