जेब्रा क्रसिङ्गमै त्रास !

कृष्ण खनाल
बुटवल, २९ माघ ।


 विहिवार विहान बुटवल–११ मिलनचोकी सावित्रा  पौडेलले करिव १० बजे मिलनचोक प्रभु बैंक देखि शुख्खानगर जानने बाटो काट्दा करिव १० मिनेट कुर्नु प¥यो । मिलनचोक नजिकै जेब्रा क्रसिङको लागि सेतो पोतिएको स्थानबाट पहिलो लेनको  बाटो काट्न उनलाई करिव ५ मिनेर र दायाँ पट्टीको दोस्रोल लेन बाटो काट्न करिव ५ मिनेट लाग्यो । 
विहान, कार्यालय संघ संस्था र विदाद्यलयको सवारी साधानको कारण  सवारी साधनकोे चाँप भएको समयमा पछिल्लो समयमा बुटवलमा काटो काट्नको लागि १०÷२० मिनेट समय लाग्नु  कुनै नयाँ कुरा होईन । तर जेब्रा क्रसिङ्गको लागि छुटईएको स्थानबाट बाटो काट्दा समेत उनलाई सवारी साधान हुईक्याई झनै अफठ्रो पारिदियो ।  
उनी जस्तौ हजारौ पैदल यात्र फोर लेनको सडक निर्माण संगै बनाइएको जेब्रा क्रसबाट सडक पार गर्दा  सास्ती खेप्ने गर्दछन् ।  करिव  १० मिनेटमा बाटे काटेपछि लामो सास फेर्दे उनले भनिन्–‘बल्ल बाटो काटीयो बल्ल ढुक्क भईयो ।’ उनले थपिन्–‘जेब्रा क्रसिङ्गबाट बाटो काट्दा पनि कतिखेर गाडीले हान्ला भन्ने पिर ।’ 
यो एउटा प्रतिनिधि पात्रको भोगाई हो ।  बुटवलमा सडक विस्तार संगै पछिल्लो समयमा गोलपार्क देखि राजमार्ग चौराहा सम्म प्रत्येक जक्सनमा जेब्रा क्रसिङ्गको लागि स्थान छुटईएको छ । तर सवारी चालकहरुमा चेतनाको अभाबको कारण जेब्रा क्रसिङ्गबाट बाटो काट्दा  पैदल यात्रुले  त्रासमा बाटो काट्नु पर्ने बाध्याता रहेको छ ।
आकासे पुलको अभावको कारण सर्वसाधारण पदैल यात्रुहरु जेब्रा क्रसिङ्गबाट सडर पार गर्दा समेत जोखिम मोल्न बाध्य छन् ।  
जेब्रा क्रसिङ्ग भनेको पैदल यात्रुहरुलाई सहज रुपमा बाटो काट्नको लागि छुटईएको स्थानहो । जेब्रा क्रसिङ्गबाट  पैदल यात्रुले  सडक पार गर्दा  सवारी चालकहरुले गाडी कम गतीमा हाक्ने र आफ्नो सवारी साधान राकेर पैदल यात्रुलाई बाटो पार गर्न सहयोग गर्नुपर्दछ । तर यहा सवारी चालकहरुले हेक्क्क नपु¥यादाँ खासगरी अपाङ्गता भएका व्याक्ति, वृद्ध, महिला तथा बालबालिका झनै समस्यामा पर्ने गरेका छन् । 
 पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेका अनुसार यसरी जेब्रा क्रसिङ्गमा बाटो काट्दा पैदल यात्रुलाई  सवारी साधनले ठक्कर दिएमा हदै सम्मको कारवाहीको व्यवस्था छ । जेब्रा क्रसिङ्गमा  हिडेरहेको यात्रु देखेमा सवारी चालकले आफ्नो गाडीलाई रोकेर वा गती कम गरेर  पैदल यात्रुले बाटो काटेपछि मात्र आफ्नो सवारी अगाडी बढाउनु पर्दछ । 
तर बुटवलमा यसो गरेको पाईदैन ।  ट्राफिक नायव प्रहरी निरिक्षक पाण्डे भन्छन्–‘जेब्रा क्रसिङ्गमा पैदल यात्रुले बाटो काटि रहँदा सवारी साधान अगाडी बढाइएको पाइएमा कारवाही हुन्छ ।’ उनले बुटवलमा पहिलो चरणको ट्राफिक व्यवस्थापन अगाडी बढिरहेको हुँदा अहिले सम्म  यसयरी जेब्रा क्रसिङ्गमा सवारी ट्राफिक नियम उलघंन गर्ने लाई ट्राफिक प्रहरीले कारवाही गर्न सकेको छैन ।  पहिलो चरणको काम सकिएपछि यसरी जेब्रा क्रसिङ्गमा गाडी हुईक्याउने सवारी साधनलाई तत्काल कारवाही गरिने उनको भनाई रहेको छ । 
केही दिनमै एकतर्फी पार्किङ्ग 
पछिल्लो समयमा सवारी साधानको  चाँप बढ्दै गएपछि पश्चिम क्षेत्रीय ट्राफिक बुटवल ले बुटवल–६ हाटबजार लाईन देखि अमपथ, वि.पी.चोक, गल्लामण्डी र अस्पताल लाईन सम्मको सडकमा वान ओए पार्किङ्ग अर्थात(एकतर्फी  पार्किङ्ग)को लागि तयारी सुरु गरिरहेको छ । 
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका  अनुसार उक्त क्षेत्रमा एक तर्फी मोटरसाईकल र कार  पार्किङ्गको लागि संभाव्यता अध्यायन गरि अहिले मार्किङ्ग(लाईनिङ्ग) गर्ने कार्य धमाधम जारी रहेको छ ।
गत शनिवारबाट यो कार्य सुरु गरिएको र अवको केही दिनमा नै लाईनिङ्गको काम समाप्त भएपछि एकतर्फी  व्यवस्थित पार्किङ्ग सुरु हुने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेले जानकारी दिए ।  उनले भने–‘अवको केही दिनमा नै यस्तो व्यवस्थाको सुरुवात गर्दछौ ’  
पहिलो चरणमा बुटवल उपमहानगरपालिकासंगको संमन्वयमा निःशुल्क पार्किङ्गको व्यवस्था गरिने । केही समयपछि शसुल्क पाकिङ्ग हुन सक्ने छ । 
बुटवल–६ हाटबजार लाईन देखि हस्पीटल लाईन सम्म करिव ५ सय  मोटरसाईकल र कार पार्किङ्ग गर्न सकिने गरी स्थान निर्धारण गरिएको छ । 
बुटवल–६ हाटबजार खेलकुद विकास समितिको भवन अगाडी र बुटवल–८ ट्राफिक चोकमा रहेको एसबीआई बैंक अगाडीको स्थानलाई बुटवल उप–महानगरपालिकासंग संमन्वय गरी कार मात्र पार्किङ्गको लागि स्थानको संभाव्यता अध्यायन सुरु गरिएको छ । 
तस्वीर विवरण
त्रास छः बुटवलको मिलनाचेकमा जेब्रा क्रसिङबाट बाटो काट्दा गाडीले हान्ने डरमा दौडीदै पैदल यात्री  । तस्वीरःकृष्ण खनाल÷बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै