उमेर ढल्केपछि आयुर्वेदको भर


कृष्ण खनाल
बुटवल, १७ फागुन ।

 रुपन्देहीको मानमटेरिया गाविस–८ भगलापुरका ६५ बर्षिय बेचन चाई लाई ढाड दुख्ने समस्या छ । लामो समय देखि नै ढाड  दुख्ने समस्या भएका चाईले कयौ अस्पताल उपचारको लागि धाई सकेका छन् । ‘औषधी खाँदा सम्म निको होला झै हुन्छ, खान छोडेपछि फेरी उहि चाला ’–शनिवार खडवा बनगाई  गाविसमा आयोजना भएको निःशुल्क आयुर्वद्ध शिविरमा आएका चाई भन्दै थिए–‘  एक पटक यस्को उपचार गरौ के हुन्छ ।’
चाई मात्र होईन, खडवा बनगाई गाविस–६की  ६५ बर्षिय अनुवारी थारुको समस्या पनि चाईको जस्तै छ । बढेशकाल लागेपछि खुट्टाको जोर्नि दुख्ने समस्याले उनलाई सचाउने गरेको छ । उपचारको लागि विभिन्न स्थानमा गएको बताउने  थारुले एक पटक आयुर्वद्धिक उपचार गरौ भनेर शिविरमा आएको बताईन् । उनी संगै आएका पाल्पाको नानसेन घर भई खडवा बनगाई गाविस–३ मा बस्दै आएका  ८५ बर्षिय खिमानन्द भट्राईले पनि हड्डी दुख्ने समस्याले सताएको कारण आफु शिविरमा आएको बताए ।
शिविरमा आएका अधिकांस महिला तथा पुरुष ३५ बर्ष भन्दा माथिका थिए भने अधिकांस वृद्ध वृद्धाहरु उपचारको लागि आएका थिए । उमेर छदा सम्म दायाँबाया उपचार गरेको र निको नभएको कारण आयुर्वेदको नाम सुनेको कारण पनि उपचारको  लागि आएको शिविरमा आएकी भुजौली–७ की पुतली सुनार  बताईन् ।
लुम्बिनी अञ्चल आयुर्वेद अस्पताल बुटवलकी प्रमुख डा. शारदा खनालका अनुसार  सकेसम्म उपचारको लागि अन्य मेडिकल धाउने र  पछि आयुवेदबाट उपचारको लागि संभव हुने देखिपपछि अधिकांस महिला र वृद्ध वृद्धाहरु आउने गरेको बताईन्  । उनले अधिकांस उपचारको लागि आउने महिला तथा पुरुषमा बाथ रोग, हड्डी दुख्ने,  बाथ रोग बढि मात्रामा पाईने  जानकारी दिईन् । उनले भनिन्–‘आयुर्वेद्धिक उपचार पुरानो र प्राकृतिक उपचार विधिहो तर मानिसले औषधीको प्रयोग गरेर ठिक नभएपछि मात्र आर्युवेद्धिको बाटो रोज्ने गरेका छन् ।’
उनले थपिन्–‘पहिला आयुवेदीक औषधी प्रयोग गर्नुपर्दछ, ।’
अञ्चल आयुवेद अस्पताल बुटवलका आर्युवेद निरिक्षक चेतनाथ आचार्यका अनुसार बढि मात्रमा हड्डी दुख्ने, दम खोकी, र बाथ रोगका विरामीहरु उपचारको लागि आउने गरेको जानकारी दिए ।उनले भने–‘पहिला  विभिन्न मेडिसिन प्रयोग गरेर  बल्ल आउनुहुन्छ ।’ यसरी मानिसहरुमा आयुवेद सम्बन्धी जानकारी दिनको लागि  पनि लुम्बिनी अञ्चल आर्युवेद अस्पताल बुटवलको आयोजनामा एक दिने शिविर आयोजना गरिएको र विगतका दिनमा पनि यस्तो प्रकारको शिविर आयोजना गरिने प्रमुख डा.सारदा खनाल जानकारी दिए । स्वाथ्य शिविरमा डा.नगेन्द्र प्रसाद मिश्र, डा.रेबति रमण पौडेल लगायतले  बिरामी ६ सय ९८ बिरामी चेक जाँच गरेका थिए । 
औषधी आर्युवेदिक औषधी समेत वितरण गरिएको शिविर  निकट भविश्यमा समेत आयोजना गरिने गाविस सचिव रामजी गौतमले जानकारी दिए । उनले भने हामीले पनि केही सानो रुपमा सहयोग गरेर यस्तो प्रकारको शिविर आयोजना गरेका हौं, आगामी दिनमा पनि आयोजना गर्दै जानेछौ ।
तस्वीरः ख.बनगाई गाविसमा आयोजना गरिएको  आर्युवेद स्वाथ्य शिविरमा जाँच गराउदै  । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै