लक्षित समुदायको रकम विकास निर्माणमा

कृष्ण खनाल
बुटवल, २६ माघ । 
 देवदह नगरपालिकाले दोस्रो नगरपरिषद्बाट पारित गरेको लक्षित समुहको अधिकांस रकम विकास निर्माणमा खर्च गर्ने गरी पारित भएको पाइएको छ । 
आगामी आर्थिक बर्ष ०७२÷०७३ को आईतबार सार्वजनिक गरिएको लक्षित समुह अन्र्तगत महिला लक्षित कार्यक्रम, बालबालिका, जेष्ठ नागरिक, आदिबासी जनजाती कार्यक्रम, दलित बर्ग उत्थान कार्यक्रम, अपाङ्गता भएकाव्याक्तिहरुको कार्यक्रम, मधेसी मुस्लिम तथा पिछडा वर्ग उत्थान कार्यक्रम  र युवा लक्षिती कार्यक्रमको रकम विकास निर्माणमा खर्च  गर्ने  गरी पारित भएको हो । लक्षित बर्गको रकम सम्बन्धीत क्षेत्रका व्याक्तिहरुको आयमुलक, चेतनामुलक र सिपमुलक क्षेत्र र  प्रर्वद्र्धनमा खर्च गर्नुपर्नेमा भएपनि त्यो नगरिएको पाइएको हो । 
स्थानिय स्वायक्त शासन ऐन २०५५ र नियमावली २०५६ अनुसार लÔित समुहको लागि विनियोजना गरिएको रकम उनीहरुको सीप विकास तथा प्रर्वद्धन कार्यको लागि प्रयोग गर्नु पर्दछ ।  तर देवदह नगरपालिका यसो गरेको पाइएको छैन ।  लक्षित समुहको रकम मन्दिर निर्माण, विद्यालयको वाल, विद्यालय, आमा समुह, विभिन्न संघ संस्थाको भवन निर्माण तथा भम्रण कार्यक्रममा समेत खर्च गरिने गरि पारित भएको हो । 
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले प्रस्तुत गरेको नगरपालिका स्थापना पछिको दोस्रो नगरपरिषद्बाट पारित नगरविकास योजना २०७२÷०७३ मा उल्लेख गरिए अनुसार लक्षित समुह बालबालिका कार्यक्रममा अन्र्तगत कुल ३६ वटा कार्यक्रमहरुको लागि ३१ लाख ४४ हजार रुपैया विनियोजन गरीकोमा २१ वटा कार्यक्रम विद्यालयको भवन, सौचालय, विद्यालय वाल निर्माण र फर्निचर खरिदको लागि  विनियोजन गरिएको छ । जसको लागि ५०÷५० हजार रुपैया विनियोजीत गरिएको छ । 
भने सोही समुह अन्र्तगत ४ वटा संस्थाहरु मायादेवी प्रावि, सुर्योदय प्रावि , प्रगती प्रावि, केउली सरस्वती   प्रावि, मदरसा, सिता माविको वाल निर्माणको लागि १÷१ लाख विनियोजन गरिएको छ ।  खड्क मावि, सरस्वती मावि, ज्ञान ज्वोती मावि, जनता मावि, भविश्य निर्माण मावि, देवदह उमावि र कोटीहि निमाविको भवन मर्मत र निर्माणको लागि पनि १÷१ लाख रकम विनियोजना गरिएको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत नै युगज्वोती माविको रङ्गरोगन, जनप्रिय माविमा सौचालय निर्माण,  केरवानी उमाविमा खानेपानी र सौचालय निर्माण, महामाँया उमाविमा सौचालय निर्माणको लागि भन्दै १÷१ लाख बजेट छुटीएको पाइएको हो । 
सोही शिर्षकमा शान्ती माविमा फर्निचर वितरणको लागि १ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।   बालबालिका लक्षित समुहको रकम मात्र होईन महिला लक्षित समुह  प्रद्र्धनात्क कार्यक्रममा कुल  ३१ लाख ४४ हजार विनियोजन गरिएकोमा २० वटा कार्यक्र आमा समुहको भवन निर्माणको लागि ५०÷५० हजार रुपैया विनियोजन गरिएको छ । त्यस्तै थप बजेटबाट पनि ११ वटा आमा समुहको भवन निर्माणको लागि थप ५०÷५० हजार रकम विनियोजन गरिएको हो । 
अन्य लक्षित  कार्यक्रम अन्र्तगत आदीबासी जनजाती कार्यक्रममा कुल १५ लाख ७१ हजार ५ सय रुपैया विनियोजन भएको छ । जसबाट मगर संघको भवन निर्माणको लागि २ लाख,  आदिवासी जनजाती भवन निर्माणको लागि ७लाख ५० हजार रुपैया विनियोजन भएको छ । जुन रकम पनि विकास निर्माणको लागि हो ।  लक्षित समुह अन्र्तगतकै दलित बर्ग उत्थान कार्यक्रममा कुल ६ लाख २९ हजार रुपैया विनियोजन भएकोमा सबै रकम तालिम र जनचेतना मुलक कार्यक्रमको लागि खर्च  गर्ने गरि विनियोजन भएको छ  भने अर्को लक्षित समुह अपाङ्ग उत्थान कार्यक्रम अन्र्तगत कुल ५ लाख ३२ हजार विनियोन भएकोमा सबै रकम तालिम,  सञ्चालन र उद्योग सञ्चाल र शैक्षिक सामग्री वितरणमा खर्च गर्ने गरि विनियोजन भएको  छ ।  
देवदह नगरपालिकाको  जेष्ठ नागरिक उत्थान कार्यक्रम अन्र्तगत ६ लाख २९ हजार रुपैयाँ विनियोजन भएकोमा सिद्देश्यर महादेव मन्दिर निर्माणको लागि १ लाख २९ हजार रुपैया, लोकेश्वर  मन्दिर संरक्षण भवनको लागि ५० हजार र सित्तलनगर गुम्बा निर्माणको लाग ५० हजार विनियोजन भएको छ । जुन पनि विकास निर्माणको काम हो । 
युवा लक्षित योजना तथा कार्यक्रम अन्र्तगत कुल ६ लाख २९ हजार रुपैया विनियोजन भएको छ । जुन रकम जनचेतना अभिवृद्धि, साझेदारी कार्यक्रम, भलिवल प्रतियोगीता, युवा सञ्जाल गठन र युवा कृषक उद्यमीलाई सम्मानको लागि विनियोजन गरिएको छ । 
लक्षित समुह अन्र्तगतको मधेसी, मुस्लिम तथा पिछडा वर्ग उत्थान कार्यक्रम अन्र्तगत कुल ६ लाख २९हजार विनियोजन भएकोमा मदरसा भवन निर्माणमा ३ लाख, ईदगाहा निर्माणमा १ लाख, सिलाईकटाई तालिममा १ लाख, महिला हिंसा विरुद्वको कार्यक्रममा ३२ हजार र मधेसी मुस्लिम पिछडा वर्गको भ्रमण कार्यक्रमको लागि ९७ हजार रुपैया विनियोजन गरिएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै