मोवाईलमै कृषि घर

कृष्ण खनाल
बुटवल, २२ माघ । 
तपाई कुनै पनि प्रकारको बाली रोप्दै हुनुहुन्छ? वा बालीनालीमा रोग÷किरा लागेर सताईरहेको छ या नेपाल सरकारले प्रदान गरेको विभिन्न कृषि सम्बन्धी  अनुदानको बारेमा जानकारी लिनुपो छ की । 
यदि त्यसो हो भने तपाई प्रत्येक सरकारी कार्यालयमा पुगेर जानकारी, सेवा सल्लाह लिनु पर्ने बाध्याता अव हट्नेछ । तपाई मोबाईलमा एक क्लिक गरेर यसको सबै जानकारी पाउन सक्नुहुनेछ । 
काठमाण्डौमा रहेको सेन्टजेभियस कलेजका विएससीआईटी समुहका ७ जना विद्यार्थीहरुले किसानहरुलाई  बालिनालीमा लाग्ने रोग, सरकारले दिने सेवा सुविधा तथा वालीनाली, पशु चौपायामा लाग्ने रोगको दिनको साथै सरकारी कार्यालयहरुको सम्पर्क नम्बर सहितको ‘एप’ बजारमा ल्याएको छ । 
उक्त एप बजारमा आएको करिव एक महिना पनि भएको छैन ।  किसानले उक्त एप डान्लोड गर्नको लागि एनड्रोईड मोवाईल भर्जन भने अनिवार्य रुपमा चालउनुपर्दछ । गुगुल स्टोरमा गएर अंग्रजी अक्षरमा  कृषि घर (पचष्कजष्नजबच) टाईप गरेपछि   देखाउने  एप अपसनमा गएर उक्त एप डाउलोड गरी कृषकले अफलाईन मुड अर्थात नेटवर्क नभएको समयमा समेत जानकारीलिन सकिन यप निर्माण कर्ता गुप्रका एक विद्यार्थी हृदय कण्डेलले जानकारी दिए । 
बुटवलमा जारी छैठौ कृषिमेलाको स्टल नम्बर १ मा यसको यस्तो खाले एपको बारेमा जानाकारी दिने हेतुले विद्यार्थीहरुले जानकारी डेक्स समेत राखेका थिए । 
एप निर्माण गुप्रपका विद्यार्थी मध्ये अनिश श्रेष्ठले भने –‘यो एप डाउलोड गरेपछि किसानले घरमा नै अर्था आफ्नो मोवाईलमा नै सबै जानकारी पाउन सक्नु हुनेछ  ।’ अहिले सम्म एप निर्माणको लागि कसैले सहयोग नगरेको र कृषि पुस्तकालय, फेसबुक र युट्युवबाट जानकारी दिदै आएको नयाँ प्रयोगको रुपमा उक्त एप निर्माण गरिएको विद्यार्थीले बताएका छन् । 
आईसीटी ईन एग्रीकल्चर नेपाल(काठमाण्डौ) नामक संस्थामा आवद्व भएका ति विद्यार्थीहरुले अन्य गेम र मनोरञ्जनपूर्ण एपको सट्टा किसानहरुको लागि बहुउपयोगी एप्लीकेशनको रुप


मा आफुहरुले कृषि घर विकास गरेको  विद्यार्थी हृदय कण्डेलको भनाई रहेको छ । बुटवलम मेलामा आयोजकले सित्तैमा स्टल उपलब्ध गराएपनि वाईफाईको व्यवस्था नगरिदिएको कारण आफै मोवाईलालाई वाईफाईको रुपमा विकास गरी कृषकहरुलाई जानकारी प्रदान गर्दै आएको गुनासो ति  विद्यार्थीहरुको रहेको छ । 
butwal today news paper ma publice\ news 
सूरुमा उक्त एप्लिकेशन डाउलोड गर्नको लागि ईन्टरनेट वा वाईफाईको आवश्यकता  पर्दछ । डाउनलोड भएर डाटा ईन्स्टल भएपछि अफ लाईन भएको बेला किसानले हेर्न सक्नछन । तर उक्त एप्लिकेशन डाउलोडको लागि एन्ड्राईड मोवाईलमा गुगु प्ले स्टोर अनिवार्य हुनु पर्दछ ।  ‘हात हातमा कृषि सुचना ’ नामको नारा दिएर सुरु गरिएको उक्त मोवाईल एप्लीकेशनलाई सरकारले समेत  केही समय पछि मान्यता दिन लागेको एप निर्माण युनिटले बताएको छ । 
उक्त एपका विशेषताहरुमा आधिकारिक सरकारी संयन्त्र मार्फत नै प्राविध हस्तान्तरण हुनेछ, गुणस्तरिय सेवा प्रवाह, सझा सम्मिश्रणयुक्त शैक्षिक पद्वती,  विषय विशेषज्ञताको उपयोग, श्रव्य तथा दृष्य दुबैको उपयोग, आईसटी प्रविधी मैत्री र आवश्यक सामग्रीहरुको संकलन र सञ्चालन रहेका छन् । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै