हाईब्रीड मकैमा दाना लागेन

कृष्ण खनाल
बुटवल, १८ माघ । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४
विष्णुपुरका किसान धर्मानन्द आचार्यले गएको कार्तिक महिनामा मकैको विउ लिन बुटवलमा आए । विगतका बर्षहरुमा एक विगाहा खेतमा स्थानिय जातबाट १ लाख भन्दा बढि आम्दानी गरिरहेका थिए । तर चार गुणा आम्दानी गर्ने उदेश्यका साथ बुटवलको अस्पताल लाईनमा रहेको नेपाल एग्रोभेटबाट १५ किलो मकैको बिउ किनेर  लगेर मकै रोपे  । कार्तिक महिनामा मकैको विउ लगेर रोपेका उनलाई एग्रोभेट सञ्चालकले ९० दिनमा मकै पाक्ने बताएका थिए । अरुण–२ जातको मकै लगाएका कृषक आचार्य अहिले विलखबन्दमा परेका छन् । कारण हाईब्रीड जातको विउबाट अहिले मकैको घोगामा दाना नलागेपछि उनी र उनका दाई षडानन्द आचार्य अहिले चिन्तामा परेका हुन । 
नेपालका पुर्वी क्षेत्रमा यस्तो खालको समस्या पहिलो पटक देखिए पनि  रुपन्देहीमा ठुलो परिमाणमा मकैको घोगामा दाना नलागेको पहिलो पटक हो ।  एउटा बोटमा ३ वटा घोगा लाग्ने भनेर ल्याएको हाईब्रीड जातको अरुण–२ ले मकैको घोगाा लाग्यो तर दाना लागेन जसको कारण किसानको  लाखौ रुपैया खेरा गएको छ । तिलोत्तमा नगरपालिका–४ विष्णुपुराका किसान धर्मानन्द आचार्य र षडाानन्द आचर्यले एक विगाहा क्षेत्रफलमा लगाएको मकैमा अहिले घोगामा फल नलागेको हो । 
कृषक धर्मानन्द आचार्यका अनुसार नेपाल एग्रोभेटबाट खरिद गरिएको मकैको विउबाट उम्रीएको मकैमा घोगा नलागेपछि लाखौ रुपैयाको घाटा लागेको बताए । उनले भने–‘स्थानीय जात छोडेर चार गुणा बढि आम्दानी गर्ने उदेश्यले हाईब्रीड जातको मकै लगाए अहिले पुरै काम नलाग्ने भयो । ’  उनले बुटवलको  विउ विक्रेता नेपाल एग्रोभेटका सञ्चालक भरत  नेपाल किसानले गुनासो लगेर जाँदा  गैरजिम्मेबार ढंगले प्रस्तुत भएको बताए  । 
मकैमा घोगा लागेपनि दाना नलगेपपिछ गुनासो गर्न गएका किसान आचार्यलाई विक्रेता नेपालले–‘हामीले मकैको विउ दिने हो, उम्रीयो अब कुनै गुनासो गर्नुहुन पाउनुहुन्न,’ भनेर जबाफ दिएको बताए ।  कृषक आाचार्यलाई विउ खरिद गर्दा विक्रेता नेपालले पोष्टरमा ठुलो ठुलो दाना लागेको र एउटा बोटबाट ३ देखि ४ वटा सम्म घोगा लग्ने र ९० दिनमा मकै तयार हुने बताएका थिए । 
तर मकै रोपेको तिन महिना भन्दा बढि भएपनि खेतमा मकैले घोगा भएपनि दाना लागेको छैन । अधिकांस मकैको बोट साना  र ख्याउटे रहेका छन् ।  उता अर्का किसान शिव आचार्यले एग्रोभेटले किसानलाई ठेगेको गुनासो गरे । उनले किसानलाई विक्रि गरिएको विउमा गैर जिम्मेबारी पन देखाएको गुनासो पोखे । उनले भने–‘हामी जस्ता केही जान्ने र बोल्ने किसानलाई एग्रोभेटले ठग्छ भने अन्य सोझा साझा किसानलाई कति ठगेको होला । उनले यसरी किसानलाई ठग्ने विक्रेतालाई कारवाहीको माग गरे । 
उता,  नेपाल  एग्रोभेटका सञ्चालक भरत नेपालले आफुले २० बर्ष देखि  विभिन्न जातका विउ विक्रि गर्र्दै आएको र अहिले तिलोत्तमा नगरपालिका किसानले रोपेको विउमा समस्या आएकोमा आफुलाई कारणबारे जानकारी नभएको बताए । उनले यस क्षेत्रमा चिसो बढेको कारण  चिसोले पनि केही समस्या भएको हुन सक्ने भन्दै आफुले विक्री  गरेको विउमा अहिले सम्म यस्तो समस्या नआएको दावि गरे । 
तस्वीर विवरण
किसान धर्मानन्द आचार्य दाना नलागेको मकैको घोगा देखाउदै । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै