यसरी जन्मीयो टेरिया फाउण्डेसन

कृष्ण खनाल
बुटवल, ६  फागुन ।
 केही महिना पहिला बुटवलमा एउटा उत्सव आयोजनाभयो । हजारौ मानिसहरु स्वतस्फुत सहभागी भए । सन्र्दभ थियो नेपाली छोरी रुपन्देहीको रुद्रपुर निवासी टेरिया फौजा मगर भारतको चर्चित टेलिभिजन जीटिभीको डिआडी लिटील मास्टर्स सिजन ३ को टप ५ मा पर्न सफल भएकी थिईन । जसको लागि उनी भोट माग्दै जी टीभिको टोली सहित नेपाल आएकी थिईन । उनको स्वागत र सम्मानमा भैरहवा विमानस्थल देखि उनको घर रुद्रपुर सम्म हजारौ मानिसहरु लामवद्व भएर स्वागत र सम्मान गरेका थिए । 
नभन्दै तिनै  ११ बर्षिय टेरिया फोजा मगरले करिव ७० हजार भन्दा धेरै प्रतिष्पर्धीलाई पछाडी पार्दै उपाधी हाता पारिन् । अहिले  टेरिया फौजा मगर बाल्य अवस्थामा नै छिन् ।  उनको बाल  मस्तिष्कमा  दाङ्गको एक कार्यक्रममा सहभागी हुन जाँदा उनले गिरी प्रसाद पुन(लाहुरेदाई) लाई आफ्नो ईच्छा प्रकट गरिन् । उनले भनिन्–‘मेरो कमाईबाट बचेको पैसा,  समाज सेवामा लगाउन चाहान्छु ।’ 
उनले यसो भनिरहदा उनका हुजुर बाबा बहादुर कृष्ण फौजा मगर जसले  टेरियालाई यो स्थान सम्म ल्याउन ठुलो भुमिका निर्वाह गरेका थिए । तिनै हजुरबुबा उनको  साथमा थिए । सोही अनुरुप विभिन्न व्याक्तिहरु संग छलफल गरि अहिले टेरिया फाउण्डेसन गठन भएको छ । गत फागुन १७ गते पहिलो पटक बैठक बसी फाउण्डेसनको उदेश्य र कार्यसमितिलाई पुर्णता दिइएको छ । 
टेरिया फौजा मगरको आम्दानीबाट आएको ५ प्रतिशत रकम फाउण्डेसनमा जम्मा गरिने र पहिलो चरणमा ४ लाख रुपैयाको फाउण्डेसन स्थापना गरिएको फाउण्डेसनका अध्यक्ष तथा टेरियाका हजुरबुबा कृष्णबहादुर फौजा मगरले जानकारी दिए । उनले भने–‘हामी टेरियाको भविश्य संगै अन्य गरिब विद्यार्थी जो संग प्रतिभा भएर पनि नृत्य सिक्न सकेको छैन, उनीहरुलाई फाउण्डेसनले लगानी गरि अर्को टेरिया जन्माउने प्रशास गर्ने छ । 
टेरिया मगर भन्छीन्–‘जो कोही पनि गरिबीको कारणले आफ्नो डान्स देखाउनबाट बञ्चित नहुस भन्नलाई मैले यस्तो कुरा ल्याएकी हुँ ।’ 
फउण्डेसनका सदस्य तथा बागेश्वर संगीतालयका प्रमुख सुरेश सेन्चुरीले मोफसलबाट राम्रो कामको सुरुबात भएको बताउछन्  । उनी भन्छन्–‘अव यो फाउण्डेसनबाट यही रुपन्देहीकै अर्को टेरिया जन्मीन सक्छ भन्ने हाम्रो  आशा रहेको छ ।’
सोही फण्उडेसनलाई सहयोग जुटाउनको लागि आज अर्थात फागुन ७ गते बुटवलमा भव्य टेरिया साझ आयोजन गर्दै छ । बागेश्वरी संगीतालय,लायन्स क्लव अफ बुटवल लुम्विनी, लायन्स क्लव अफ शङकरनगर ,लायन्स क्लव अफ लुम्विनी बुद्व र लायन्स क्लव अफ बुटवल सयपत्रीको संयुक्त आयोजनामा तेरीया सा“झ आयोजना भएको हो । 
भारतीय टेलिभिजन शो डिआईडि लिटिल मास्टरको उपाधि जितेर विश्वका विभिन्न शहरमा धमाका मच्चाएपछि तेरीया मगरले पहिलो पटक आफ्नो गृह जिल्ला रुपन्देहीको बुटवलमा आफ्नो प्रस्तुति देखाउन लागेकी हुन ।  तेरीया सा“झलाई सफल बनाउन २१ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिका संयोजक सुरेश सेन्चुरीले नेपालको शान रुपन्देहीको मान तेरीयाको प्रत्यÔ प्रस्तुती हेर्न आतुर दर्शकहरुको चाहानालाई मध्य नजर गर्दै तेरीया सा“झ आयोजना गरिएको बताए । एन्फा स्टेडियम बुटवल–१३ देविनगरमा सा“झ ६ बजे देखि कार्यक्रम हुने छ ।  टेरीया संगै चर्चित गायीका आस्था बी र बागेश्वरी संगीतालयका प्रतिभाहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम रहेको छ ।  
कार्यक्रममा यस्तै मम्मी डान्स शीर्Èक दिईएको एक प्रस्तुतिमा आमाहरुलाई नचाउने तयारी समेत रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा प्रवेश शुल्क (टिकट दर) रु १००० र ५०० तय गरिएको छ भने विद्यार्थीहरुलाई लÔित गरि रु २०० कायम गरिएको छ ।
कार्यक्रममा अन्तराष्ट्रिय स्तरको बनाउन साउण्ड सिस्टम र लाईटको विशेÈ ब्यस्था रहेको बताउदै बागेश्वरी संगीतलयका प्िरन्सिपल सुरेश सेन्चुरीले जानकारी दिए ।  
कार्यक्रममा सिसिटिभि क्यामेरा मार्फत सम्पुर्ण गतिविधिलाई निगरानीमा राखिने र नेपाल प्रहरी तथा आयोजकले व्यवस्था गरेका सुरÔा गार्डले सुरÔा दिने छन । एन्फा स्टेडियममा खानाका स्टलहरु पनि राखिने छ तर मादक पदार्थ र सुतिर्जन्य पदार्थ समेत प्रयोग गर्न नपाईने आयोजकको भनाई छ 
लायन्स क्लव अफ शङकरनगरका अध्यÔ अर्जुन कार्कीले कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने बताउछन् ‘संकलित रकम लायन्स शव दाह गृह र बागेश्वरी संगीतालयको भौतिक संरचना निमाणर्थ खर्च गरिने छ भने एन्फा रुपन्देहीको खेलाडीहरुको तालिम तथा स्तर उन्नतिको लागि पनि खर्च गरिने छ ।’–उनले भने ।  कार्यक्रमको लागि आयोजकले दश लाख खर्च हुने अनुमान लगाएका छन ।
तेरियालाई उनलाइ उपाधि जिताउन सहयोग गर्ने नेपालीहरु उनको विशेÈ प्रस्तुती हेर्न आतुर रहेको र त्यसयकारणले पनि तेरीया सा“झ भब्य रुपमा सफल हुने अनुमान आयोजकले लगाएका छन् । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै