प्रतिकुल मौसमको कारण ७ करोडको क्षती

कृष्ण खनाल
बुटवल, १५ फागुन ।

  प्रतिकुल मौसमको कारण रुपन्देहीको कृषकले ७ करोड रुपैयाको बराबरको क्षती व्यहोर्नु परेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार फागुन  ६ गते राती अकत्मात परेको   असिनाको कारण  कृषकहरुले लगाएको गहुँ, तोरी, आलु, मकै, सुर्यमुखी र तरकारीमा गरी ७ करोड ५८ लाख १ हजार ९ सय ४० रुपैया घाटा लागेको हो ।
रुपन्देहीका २ वटा नगरपालिका तिलोत्तमा र देवदह नगरपालिका गरी अन्य ८ वटा गाविसमा असिनाले बढि मात्रामा क्षती पु¥याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणमा देखाएको छ ।  असिनाले किसानले लगाएको तोरीमा सबैभन्दा बढि क्षती पु¥याएको छ भने गहु र तरकारीममा पनि ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ ।
कृर्षि विकास कार्यालय भैरहवाका बाली विकास अधिकृत जयबहादुर महत्राका अनुसार  तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा किसानहरुले लगाएको तोरी पुर्णरुपमा नष्ट भएको छ । भने अन्य गाविसका विभिन्न स्थानका ६० प्रतिशत भन्दा बढि क्षती पुगेको छ ।
बाली विकास अधिकृत महत्रा भन्छन्–‘तोरीको पकेट क्षेत्र मानिएको क्षेत्रमा बढि क्षती पुगेको छ भने तरकारीमा आलुमा बढि मात्रमा क्षती पुगेको छ ।’ यसको अलवा बन्दागोभी, टमाटर,  काउलीलगायतका तरकारीमा पनि क्षती पुगेको छ ।
 जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको पट्खौली  गाविसमा १० हेक्टरमा लगाइएको तोरी ६० प्रतिशत क्षती पुगेको छ । कुल ६ मेटिक टन क्षतीपुगेको र किसानले ६ लाख मुल्य बराबरको नोक्सानी व्यहोर्नु परेको छ । जिल्ला कृर्षि विकास कार्यालयको  तथ्यांक अनुसार उक्त गाविसमा  १५ हेक्टरमा लगाइएको गहुको ५२.५ मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएकोमा ४० प्रतिशत नोक्सान पुगेको छ । जसमा २१ मेट्रिकटन किसानले असिनाको कारण गुमाएर करिव ५ ८  लाख ८ हजार रुपैयाको क्षती व्यहोर्नु परेको छ ।
सोही गाविसमा २५ हेक्टर क्षेत्रफलमा लगाएको तरकारी ५० प्रतिशत नोक्सानी पुगेको छ । किसानले १ सय ७५  टन  तरकारी  असिनाको कारण गुमाएका छन् जसबाट ३५ लाख रुपैया गुमाएका छन् ।
रुपन्देहीकै  छोटकीरामनगर गाविसमा १० हेक्टर क्षेत्रफलमा लगाइएको तोरी प्रति हेक्टर १ मेट्रिकटन का दरले  १० मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएकोमा  ६५ प्रतिशत क्षती पुगेको छ । जसबाट कुल ६५ लाख नोक्सान भएको छ । त्यस्तै सोही गाविसमा गहु २८ मेट्रिक टन नोक्सानबाट कुल ७ लाख ८४ हजार, तरकारी ३ सय ५० मेट्रिक टनबाट कुल ७० लाख नोक्सान पुगेको छ ।
सिक्टन गाविसमा  ६८ लाखको ६८  मेट्रिक टन, तरकारी  १ करोड ७३ लाख ६० हजार मुल्यको ८ सय ६८  मेट्रिक टन नोक्सान भएको छ ।  देवदह नगरपालिकामा ५ करोड ३० लाखको ५३ मेट्रिक टन तोरी, १९ लाख ६ हजार मुल्य बराबरको ७ मेट्रिक टन गहु र ५६ लाख मुल्य बराबरको २८ मेट्रिक टन नोक्सान भएको छ ।
तिलोत्तमा नगरपालिकामा २ लाख  मुल्य बराबरको २ मेट्रिक टन तोरी, २ लाख १० हजार मुल्य बराबरको २.६२५  मेट्रिक टन सुर्युमुखी, ९८ लाख मुल्य बराबरको ४९  मेट्रिक टन तरकारीमा नोक्सान पुगेको छ । त्यस्तै सुर्यपुरा गाविसमा २८ लाख ३ हजार १ सय ४०  रुपैया बराबरको १०.८९ मेट्रिक टन मकैमा क्षती पुगेको छ भने बसन्तपुर गाविसमा ४२ लाख मुल्यको २१ मेट्रिक टन तरकारी नोक्सान भएको छ ।
मानपकडी गाविसमा १९ लाख २५ हजार बराबरको १९.२५ मेट्रिक टन तोरी, १ करो २६ लाख मुल्य बराबरको ६ सय ३० मेट्रिक टन तरकारी नोक्सान भएको छ ।
मानमटेरिया गाविसमा  १९ लाख २५ हजार मुल्यको १९.२५ मेट्रिक टन तोरी सोही गाविसमा ६३ लाख बरबरको ३ सय १५ मेट्रिक टन तरकारी नोक्सान भएको छ । हर्नेया गाविसमा ९० लाख मुल्य बराबरको ९मेट्रिक टन तोरी, ४२ लाख मुल्य बराबरको २१ मेट्रिक टन तरकारी नष्ट भएको छ ।
तस्वीरःरुपन्देहीको मानपकडी गाविसका किसानले फलाएको तरकारीमा  असिनाको कारण असरले सुकेको  तरकारी । तस्वीरःकृष्ण खनाल÷बुटवल




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै