कर्णधार बचाउने अभियानमा देवदहवासिहरु

कृष्ण खनाल 
बुटवल, २३ फागुन । 
आज भन्दा  ५ बर्ष पहिला  देवदह–५ सितलनगर जागृतीटोलमा रहेको ‘नमुना आमा समुह’मा आवद्ध हुँदा  निर्मला अधिकारीलाई लागू पादर्थ दुव्यवसनीको वारेमा कमै जानकारी थियो । सुरुमा गाउमा रहेको आमा समुहमा सदस्यको रुपमा प्रवेश गरीकी अधिकारी अहिले  उक्त आमा समुहको अध्यक्ष बनेकी छिन । 

उनी आमा समुहको अध्यक्ष मात्र बनेकी छैन्न गाउमा जनचेतना  फैलाउने  काम आमा सहुका अन्य सदस्यहरुलाई एकै साथ लिएर लाग्ने गरेकी छिन । उनी मात्र होईन सोही आमा समुहका आवद्ध भएकी निरु श्रेष्ठ पनि अध्यक्ष अधिकारीको साथमा विभिन्न जनचेतनामुल कार्यक्रमा लाग्नेका गरेका छन ।  
पछिल्लो समयमा लागू पादर्थ दुव्यसनीहुनबाट आफ्ना सन्तती बचाउनको लागि  उक्त आमा समुहले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

 नियमित बचत तथा आमा सहुको नियमित क्रियाकलाप बाहेका गाउमा पादक पदार्थ सेवन गरे हो हल्ला गर्ने तथा आफ्नै श्रीमानले श्रीमतीलाई गर्ने विभिन्न हिंसामा उनीहरु  पुगेर सम्झाउने तथा बुझाउने काम गर्दछन । २ वटा छोरा १ छोरीकी आमा निरु श्रेष्ठको  अहिले चिन्ताको विषय बनेको छ ‘कतै मेरा सन्तती पादक पदार्थ तथा लागू पदार्थको दुव्यर्वसनीमा फस्ने त होईन ।’  
शुक्रबार देवदहमा रहेको एक जनचेतनामुलक कार्यक्रमा सहभागी भएका विभिन्न आमा समुहरु देवहलाई लागू पदार्थ दुव्यवसनीमुक्त स्थानको रुपमा पहिचान दिलाउने अभियानमा सहभागी भएका छन ।  
 विगत १८ बर्ष देखि महिला स्वयम् सेविकाको रुपमा काम गर्दै आएकी देवदह–६ देवदह विशालनगरकी ४५ बर्षिय माँया पराजुलीले पछिल्लो समयमा देवदहमा लागू पदार्थ दुव्यवसनीको अवस्था दयानिय बन्दै गरेको बताईन् । 
 आफु विगत १८ बर्षदेखि  महिला सवयम सेविकाको क्षेत्रमा सामाजिक सेवामा काम गर्दै आएको  उनले विगत केही बर्ष यता लागू पदार्थ तथा मादक पदार्थ सेवन गर्ने मानिसहरु विस्तारै बढ्दै गएको आफुले पाएको जानकारी दिईन । उनले भनिन्–‘मानिसहरुमा जती जती जनचेतना बढ्दै गएको छ त्यती त्यती विकृती पनि बढ्दै गएको छ ।’ उनले थपीन–‘जसको कारण आगामी पुस्तामाको बारेमा थप चिन्ता बढ्दै गएको छ ।’ 
केही  समय अगाडी उनले सोही देवदह क्षेत्रमा ५÷७  महिनाको छोरा छोरीको विद्यालयमा ‘फि’ (मासिक शुल्क) नबुझाउने तर साँझको समयमा दिनहुँजसो मादक पदार्थ सेवन गरेर श्रीमती तथा छोराछोरीहरुलाई कुटपीट गर्ने जस्ता घटनाहरु रहेको जानकारी दिईन । 
प्रहरी प्रशासन आउदा समस्या समाधान हुने तर प्रहरी प्रशासनको अनुपस्थितीमा भने पुनः सोही व्यवहार दोहो¥याउने गरेको महिला स्वयम् सेविकाहरुको भनाई रहेको छ । 

पछिल्लो समयमा देवदह क्षेत्रमा नमुना आमा समुह, ज्वोती आमा समुह, मनकामना आमा समुह, सृजना आमा समुह, थारु समाज भलुही, रोहणी आमा समुह रिद्धि चाहना आमा समुह लगायतका एक दर्जन बढि आमा समुहहरु समाजमा रहेका विभिन्न विकृती तथा विसङ्गती विरुद्वमा आवाज उठाउदै विभिन्नजनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्दै आएका छन । 
उता, देवदह गाउ विकास समितिका गाविस सचिव टेकराज भट्राईले देवदह क्षेत्रलाई लागू पादार्थबाट मुक्त क्षेत्र बनाउनको लागि सबैको सहकार्य  जरुरी रहेको जानकारी दिए । 
उनका अनुसार प्रहरी प्रशासन, स्थानिय व्यापारी, बुद्धिजीवि, आमा समुह तथा सरोकारवाला निकायको सहकार्य भएमा  देवदह क्षेत्रलाई लागु पदार्थ मुक्त क्षेत्र बनाउनको कुनै अफ्ठारो छैन । 
((((((((((((((((((((
चुल्ठे मुन्दे्र अभियान जारी रहन्छः एसपी थापा
बुटवल संवाददाता
बुटवल, २३ फागुन । 
रुपन्देही प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाले  पछिल्लो समयमा लागू पादर्थ तथा सुर्ती जन्य बस्तुको नियन्त्रण गर्नको लागि रुपन्देही प्रहरीले चलाएको अभियान नरोक्ने बताएका छन । 
पछिल्लो समयमा टाटुवाला तथा चुल्ठे मुन्द्रे नियन्त्रण अभियान रुपन्देहीमा लागू पादार्थ  दुव्यसनी अन्त्य नभए  सम्म जारी रहने  बाएका हुन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देही र देवदह  गाउ विकास समिति रुपन्देहीको संयुक्त  आयोजनामा सुक्रबार रुपन्देहीको देवदह सितलनगरमा भएको ‘लागू  पदार्थ दुरुपयोग विरुद्व विहत् जनचेतना ¥याली’  लाई सम्बोधन गर्दै प्रहरी प्रमुख थापाले गाउबाट पढ्न सहर आएको मानबहादुर टाटु खोपेर, मुद्रा लगाएर  अनि चुल्ठो पालेर विना कामको माईकल बन्न रोक्नको लागि यो अभियान सुरु गरेको बताएका हुन । कार्यक्रमको प्रमुख आतिथी रहेका  रुपन्देही प्रहरी प्रमुख थापाले स्थानिय जनतालाई लागू पदार्थको दुव्यव्सनको नाईकेलाई  खुट्टा भाँचेर आफुकहा ल्याउनको लागि आग्रह समेत गरेका थिए । सम्बोधनको क्रममा उनले भने–‘लागु औषधको नाईकेको खुट्टा भाँचेर ल्याउनुस अरु के गर्न पर्छ म गर्छु’ 
उनले अहिले जिल्लामा हुने अपराधीक क्रियाकलापमा केही महिना यता धेरै नै परिर्वतन आएको भन्दै अहिलेको अभियान विभिन्न समयमा अपराधीक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका व्याक्तिहरु मध्ये ३५ देखि ४० प्रतिशत टाटु खोपेका, चुल्ठे मुन्द्र भएको कारण यो अभियान चलाएको बताएका थिए । अहिलेको लागू पदार्थ दुव्यसनी बढ्दो डरलाग्दो समस्या भएको कारण यसको नियन्त्रणको लागि सबैको सहकार्य जरुरी रहेको बताएका थिए । 
देवदह गाँउ विकास समितिका गाविस सचिव टेकराज भट्राईको अध्यक्षतामा भएको जनचेतना मुलक ¥याली समापान कार्यक्रममा रेडियो देवदहका स्टेशन म्यानेजर तथा आयोजक समिति सदस्य यम राना, स्थानिय आमा समुहकी अधयक्ष विद्यालक्ष्मी गुरुङ्ग, युगज्वोती माविका प्रमुख बासुदेव रिमाल, एनप्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल लगायतले मन्तव्य राखेका थिए । 
त्यस्तै कार्यक्रममा केरवानी उच्च माविका प्राचार्य मित्रलाल न्यौपाने, एकिकृत नेकपा माओवादीका गाँउ कमिटि संयोजक मोतिलाल ढकाल,  नेकपा एमाले गाउ कमिटि अध्यक्ष  पदम थापा, नेपाली कांग्रेस महासमिति सदस्य जिवलाल पराजुली,  पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी शुशिल कुमार यादव लगायतले मन्तव्य राखेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती