ग्रमिण भेगमा पशु खोपमा जनचेतना जाग्दै

कृष्ण खनाल
बुटवल, ९ चैत । 
मानपकडी गाविस वडा नम्बर २ मैनीहवाका भगोतीराम यादबले बर्षौ देखि नै  बाख्रा तथा भैसी पाल्दै आएका छन । व्यवसायीक रुपमा बाख्रा र घरको गर्जो टार्नको लागि भैसी पाल्दै आएका छन । केही बर्ष पहिला उनलाई पशुमा खोप लागउनुपर्दछ भन्ने चेतना थिएन । तर विगत दुई बर्ष यता उनले नियमित रुपमा नै आफुले पालेका पशु, भैसी र बाख्रालार्यइ खोप लगाउने गरेका छन ।
 विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा रहेको मानपकडी गाविसको पशु सेवा केन्द्र मानपकडीमा उनी आफुले पालेका ७ वटा बाख्रा लिएर उपस्थित भएका थिए । उनले आफ्नो पशुमात्र होईन यसो छिमेमा वरपरका आफन्त तथा छिमेकीहरुलाई  पशुमा नियमित खोप लगाउनको लागि आग्रह गर्ने गर्दछन । 
विहिवार खोप केन्द्रमा भेटिएका उनले भन्दै थिए–‘पशुहरुमा पुर्ण खोप लगाइएको भने रोग लाग्ने वात नै हुदैन ।’ उनले केही बर्ष पहिला खोपको बारेमा खासै जानकारी नभएको भएपनि अहिले भने नियमित रुपमा आफुले पालेका पशुहरुको नियमित खोप लाउदै आएको जानकारी गराए । 


विहिवार पिपिआर रोगबाट बचाउनको लागि मानपकडी पशु सेवा केन्द्रमा मानपकडी गाविसका वडा नम्बर ४ का सयौ किसानहरुले खोप बाख्रामा खोप लगाउनको लागि आएका थिए । निःशुल्क रुपमा खोप लगाईने गरेको पशु सेवा केन्द्र मानपकडीका प्रमुख डबल भण्डारीले जानकारी दिए । उनले सरकारी स्तरबाट नै आयोजना गरिएको र  देशमा पिपिआर रोग उन्मुलन गर्ने अभियान अन्र्तगत खोप कार्यक्रम सञ्चालन गरिएको जानकारीदिए । उनले भने–‘यो पूर्ण रुपमा निःशुल्क रुपमा पशुहरुमा लगाउदै आएका  छौ यो खोप लगाएपछि पिपिआर  रोगको लाग्ने कुनै पनि संभावना छैन ।’ उनका अनुसार यो रोग लागेपछि पशुहरु झोक्राउने, मुखमा घाउ आउने र तत्काल मर्ने गर्दछन् । 
मानपकडी गाविसमा विगत ३ बर्ष यता पिपिआर रोग  विरुद्वको खोप लागाउदै आएको छ । एक बर्षमा एक पटक लगाएपछि ३ बर्षको लागि खोप लागाउनु पर्दैन । तर कृषकहरुले ३ बर्ष सम्म एउटा बाख्रा पाल्ने नगर्ने गरेको कारण प्रत्येक बर्ष नै खोप लागाउने गरेको  पशु सेवा केन्द्रका प्रमुख भण्डारीले जानकारी दिए । विहिवार मानपकडी गाविसको ४ वडा वडाका पशुहरुलाई खोप लागाइएको थियो भने सुक्रबार थप ३ वटा वडाका पशुहरुलाई खोप लगाइएको छ । यो चरणमा विहिवार ९ सय बाख्राहरुलाई खोप लगाइएको हो भने सुक्रबार पनि  सोही अनुपातमा खोप लगाईएको छ । गाविसमा सबै गरेर २ हजार ७ सय बाख्रामा खोप लागाईने छ । 
यो खोप दुध खाने बच्चा बाख्राहरुलाई लागाउनु पर्दन । दुधको माध्यामबाट नै औषधी जाने भएको कारण  खोप लागाउन नपर्ने हो । 
रुपन्देही जिल्लामा  जिल्ला  पशु सेवा कार्यालयले १ लाख रुपैया  पिपिआर रोग विरुद्वको खोप सञ्चालन गर्नको लािग छुटएको छ ।  
तस्वीर विवरण
रुपन्देहीको मानपकडी गाविसमा पिपिआर रोग विरुद्वको खोप लगाउदै पशु चिकित्सक  । तस्वीरःकृष्ण खनाल/बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती