परिक्षा फारम भर्न ४ घण्टा लाम !

कृष्ण खनाल
बुटवल, २६  फागुन ।
सोमबार बुटवल बहुमुखी क्याम्पस स्नातक तह तेस्रो बर्ष शिक्षा  संकायमा अध्यायरत विद्यार्थी बसन्ती न्यौपाने विहान १० बजे देखि परिक्षा फारम भर्नको लािग लाईनमा बसेकी थिईन् । त्रिभुवन विश्व विद्यालयमा अन्र्तगतको स्नातक तह तेस्रो बर्षको परिक्षा फारम भर्नको लागि लाईनमा बसेकी उनको पालो दिउसो ३ बजे  मात्र आयो । लाईन लामो भएको कारण लाईनमा बस्दा बस्दा पालो नआएपछि वाक्क बनेकी उनले  भनिन्–‘ यो फारम बुझ्ने प्राणली ठिक भएन, दुईवटा मात्र लाईन ले गर्दा अफ्ठारो पा¥यो ।’
केही विद्यार्थी नेताहरुले भित्र गएर आफु निकट विद्यार्थीहरुको सुटक्क फारम भरिदिने र लाईनमा पनि  पछिआएको मान्छेले विचमा घुस्दा  सोमबार विद्यार्थीहरु झर्नै आक्रोशित बनेका थिए । यसै क्रममा विद्यार्थी  न्यौपाने भनीन–‘बलियोको लागि नियम छैन निर्दौको लागि मात्र नियम छ यहा ।’
सेमेष्टर प्रणाली  लागू गरेकोमा देश भरिनै  एकै पटक लागू गरिनुपर्ने भन्दै विद्यार्थीहरुले केही संगठनले आन्दोलन गरेर देशभरका त्रिभुवन विश्व विद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा केही दिन देखि तालाबन्दी गरेका थिए । ताला आईतबारबाट मात्र खुलेपछि विद्यार्थीहरु
                          परिक्षा फारम भर्नको लागि लामवद्ध विद्यार्थीहरु । तस्वीरःकृष्ण खनाल /बुटवल टुडे 
स्नातक तह तेस्रो बर्षमा भर्ना हुने तथा परिक्षा फारम भर्नेहरुको लामै भिड हुने  गरेको छ ।
बुटवल बहुमुखी क्याम्पसमा पुरानै  शैलीको लेखा  प्राणाली र अन्य प्रशासनीक क्षेत्रमा पुरानै शैली भएको कारण विद्यार्थीहरुले पटक पटक शास्ती खेप्नु परेको नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बुटवल बहुमुखी क्याम्पस ईकाई सचिव प्रादिप पोखरेल बताउदँछन । विहान करिव ११ बजे लाईनमा बसेका उनीको पानि पालो बल्ल चार बजे आएको थियो । कुराकानीमा उनले भने–‘पुरानो शैलीलाई परिर्वतन गरी ३÷४ ठाउ बाट परिक्षा फारम लिने व्यवस्था हुनपर्दछ ।’ सोही लाईनमा भेटिएका बुटवल बहुमुखी क्याम्पस विए तेस्रो बर्षमा अध्यायनत विद्यार्थी तथा अर्घाखाँची–बुटवल बहुमुखी सम्पर्क समिति सचिव केशव भट्राईले यस्तो समस्या विद्यार्थीहरुमा पटक पटक दोहोरिने गरेको भन्दै यसको लागि कम्प्युटराईज प्राणाली लागू गर्नुपर्ने बताए । उनले भने–‘एकाईसौ सताब्दीमा पनि कलमले लेखेर त ढिला नै हुन्छ नी यसको लागि सबै प्राणाली कम्प्युटराईज हुनु पर्दछ ।’
त्यस्तै बुटवल बहुमुखी क्याम्पस विएड तेस्रो बर्षमा अध्यायनतर विद्यार्थी केशब ढुगांनाले पनि ४ घण्टापछि मात्र आफ्नो परिक्षा फारम बुझाउने पालो आएको भन्दै  यसको  दुई तिन जना मात्र कर्मचारी रहेको लेखा साखामा कम्तीमा पनि ५ जना  कर्मचारीहरुबाट फारम बुझ्ने व्यस्था भएमा धेरै राहत हुने बताए । उनले भने–‘फोकटमा विद्यार्थीले सास्ती पाएका छन ।’


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती