रुपन्देहीका ४० प्रतिशत हाटबजार शौचालय विहिन



कृष्ण खनाल
बुटवल, १८ फागुन ।
सन् २०१७ सम्म रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला बनाउने अभियान अहिले जारी रहेको छ । सार्वाजजिनक सौचालय निर्माण नगरी खुला दिशा मुक्त अभियान बनाउनु खोज्दा अपुरो हुने सरोकारवालाहरुको भनाई रहेको छ ।खुला दिशा मुक्त क्षेत्र बनाउने अभियानमा सर्वजनिक स्थान खासगरी साप्ताहिक र नियमित रुपमा लाग्ने हाटबजारमा सौचालय निर्माण नहुदा खुला दिशा मुत्त m अभियान बाधक बन्न सक्ने देखिएको छ ।

जिल्लामा अहिले ४ हजार संगठीतरुपमा हाटबाजार व्यवसायीहरु रहेका छन भने अशंगठीत रुपमा करिव १५ हजार व्यवसायीहरु संगठीत रहेका हाटबजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा अहिले रहेका १ सय १९ वटा साप्ताहिक र पाक्षिक रुपमा लाग्ने हाटबजारहरु मध्ये जम्मा ४० प्रतिशत हाटबजार हरुमा मात्र सार्वजनिक सौचालय रहेको छ ।

अन्य करिव ६० प्रतिशत हाटबजारहरुमा सार्वजनिक सौचालय छैन । जसको कारण जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नको लागि हाटबजारहरुमा सार्वजनिक सौचालय जस्ता पुर्वाधारहरुको विकास नभएसम्म चुनौती हुनेपुर्ण हुने हाटबजार व्यवसायी संघका संस्थापक अध्यक्ष बाबुराम ज्ञवाली बताउदछन । हाट बजार व्यसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा सञ्चालनमा आएका हाटबजार सञ्चालनको लागि न्युनतम मापदण्डका विकास निर्माणका कार्य भएका छैन्न ।

जसको कारण हाट बजार व्यवसायीहरुले पटक पटक विभिन्न समस्याहरु झेल्दै आएका छन । उनले भने–‘हावा हुरी आउदा, चर्को घाम लागाउदा र पानी पर्दा व्यवसाय नै बन्द गर्ने अवस्था आएको छ ।’ उनले तप प्रष्टाउदै भने–‘हामीले प्रत्येक पटक कर तिर्दै आएका छौ तर यसको बदलामा कुनै पनि पुर्वाधारहरु बनाएन्न जसको कारण हामी मारमा प¥यौं ।’

हाट बजार व्यवसायीहरुले आफुहरुबाट कर संकलन गर्ने गरेको भएपनि हाटबजार संञ्चालनको लागि न्युनतम आधारभुत पुर्वाधारहरु निर्माण नगरिदा रुष्ट बनेका छन । जिल्लामा सञ्चालनमा आएका १ सय १९ वटा हाटबजारबाट दैनिक रुपमा करिव २ करोड ५० लाख बराबरको कारोबार हुने गरेको छ । कुनै कुनै स्थानहरुमा हाटबजार व्यवसायीहरुबाट अवैद्य रुपमा रसिद काट्दै स्थाथनिय क्वलहरुले रकम असुल्ने गरेका आरोप हाटबजार व्यवसायीहरुको रहेको छ ।
जसको लागि स्थानिय प्रशासन संग पटक पटक आफुहरु अन्यायमा परेको भन्दै उजुरी गरेपनि त्यसको सुनुवाई नभएको हाट बजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । उता, हाटबजार व्यसायी संघ रुपन्देहीले ‘व्यवसायी सुरक्षा तथा राहात कार्यक्रम’ मार्फत व्यवसायीहरुलाई आर्थिक सहयोग गर्ने उदाहरणीय कार्य गरेको छ ।

अहिले सम्म एक जना व्यसायी बराबार ३ हजार देखि ५ हजार रुपैया सम्म सहयोग गरेको छ । संघमा आवद्ध व्यवसायीहरुको कसैको मृत्यु भएमा, घाईत भएमा वा कुनै अफ्ठारोमा परेमा सहयोग गर्दै आएको हो । अहिले सम्म यस्ता व्यवसायी १७ जनलाई करिव ७५ हजार रुपैया बराबरको रकम सहयोग गरेको छ ।

रुपन्देही जिल्लामा आज भन्दा करिव १० बर्ष भन्दा पहिला भारतमा उत्पादित तरकारी करिव ९० प्रतिशत नेपालमा खपत हुने गरेको र नेपालबाट उत्पादित तरकारी करिव १० प्रतिशत मात्र हाटबजारहरुमा विक्रि हुने गरेको तथ्यांकमा पाईन्छ । तर यसको ठिक १० बर्ष पछि करिव ७० प्रतिशत तरकारी स्वदेशी र अन्य ३० प्रतिशत तरकारी(आलु, प्याज लगायत) भारतबाट आयात हुने गरेको हाट बजार व्यवसायी संघले जनाएको छ ।

आज पाँचौ अधिवेसन
बुटवल, १७ चैत । हाट बजार व्यवसायी संघ रुपन्देहीको आज आठौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेसन बुटवलमा हुदै छ । बुटवलमा रुपन्देही व्यापार संघको सभाहलमा हुने कार्याक्रममा प्रमुख अतिथीको रुपमा क्षेत्रीय कृर्षी निर्देशक धर्मदत्त बराल आउने कार्यक्रम रहेको संघले जनाएको छ । विहान १० बजेबाट कार्यक्रम सुरु हुने छ । यसको साथै साधारण सभा तथा अधिवेसन समेत भएकोले आगामी कार्याकालको लागि नयाँ कार्यसमिति समेत गठन हुने आयोजकको भनाई रहेको छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती