संगठित हुदै अपाङ्गताभएका महिलाहरु



कृष्ण खनाल 

बुटवल, २३ फागुन । 
भर्खरै मात्र २० बर्षमा प्रवेश गरेकी मोतिपुर गाविस–७ कपिलबस्तुकी  बसन्ती चौधरीको एक बर्ष अघिको दैनिकी यस्तो थियो–विहान उठ्यो,अध्यानको लागि विद्यालय गयो अनि घरमा  आयो । पुनः अर्को दिन उनको  दैनिक  त्यस्तै पाराले वित्दथ्यो खासमा कुनै पनि नयाँ काम हुने थिएन ।

तर ठ्याक्कै एक बर्ष पछि उनको दैनिकमा धेरै परिर्वतन आएको छ । अहिले उनी क्याम्पस जाने र आउनेको अलवा समाजमा रहेका अपाङ्गता भएका महिलाहरुलाई जनचेतना फैलाउने, गाउँमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेको साथै आपाङ्गता भएका  छोराछारीहरुका अभिभावकहरुलाई  सम्झाई बुझाई विद्यालयमा पठाउने वातावरण समेत  निर्माण गर्न थालेकी छिन । 
शाररिक रुपमा अपाङ्गता रहेकी चौधरी ह्वील चियरको सहायतमा मात्र हिडँडुल गर्न सक्दछिन । एक बर्ष पहिला समाजमा कसैले आफुलाई देखेर गिज्याउक कि भनेर बाहिर समेत निस्कन डर मान्ने उनी अहिले विभिन्न कार्यक्रममा सहभाागी हुनुको साथै प्रमुख अतिथी समेत बन्ने गरेकी छिन । 

 गाउमै रहेको एक उच्च माविमा  कक्षा ११ मा अध्यायन गर्दै गरेकी चौधरी अहिले उनको गाउँमा गठन भएको स्वाभलम्बन अपाङ्गता महिला समुहकी अध्यक्ष समेत हुन । शनिवार बुटवलमा भएको प्रगतीशिल अपाङ्ग समाज रुपन्देहीको दोस्र्रो अधिवेसनमा उनी प्रमुख अतिथी बनेकी थिईन । 

उनकै पहलमा अहिले अपाङ्गता भएका महिलाहरु एनको समुहमा आवद्ध भएका छन । ७ जनाको कार्यसमिति रहेको उनको समुहमा अहिले एक दर्जन भन्दा बढि महिलाहरु सदस्य भईसकेका छन । विभिन्न चेतनामुलक कार्यक्रम तथा आयमुलक कार्यक्रममा उनीहरुको सहभागीता हुने  गर्दछ । 
‘अहिले समुहमा आवद्ध भएपछि धेरै परिर्वतन आएको छ, सामाज खुलेर विभिन्न सामाजि काममा समेत सहभागी हुदै आएकी छु ।–‘चौधरीले भनिन् । 

चौधरी मात्र होईन, केरवानी गाविस–७ पिरहवा रुपन्देहीकी २४ बर्षिय लिलमाया गुरुङ्ग पनि शररिक रुपमा अपाङ्गता भएकी  युवती हुन । बसन्ती चौधरी जस्तै उनको एक बर्ष पहिला दैनिक क्याम्पस गयो अनि घरआयो पढ्यो , अर्को दिन पनि त्यस्तै दैनिकी दोहोरायो । तर अहिले लिलमायाँ गुरुङ्गको दैनिकी फेरिएको छ । उनी एक बर्ष यता प्रगतशिल अपाङ्ग समाजमा आवद्ध भएपछि उनको दैनिकी परिर्वतन भएको छ । 

 अहिले समाजको अधक्ष रहेकी उनी अहिले समाजमा हुने विभिन्न कार्यक्रमा सहभागी हुुनुको साथै अपाङ्गता भएका महिलाहरुको पक्षमा वकालत  गर्दै हिड्ने गरेकी छिन साररिक रुपमा  खुट्टाको अपाङ्गता रहेकी गुरुङ्गले भनिन–‘पहिला घर वाहिर निस्कन समेत डर लाग्दथ्यो तर अहिले भने समाजमा  अपाङ्गता भएका  व्याक्तिहरुको पक्षमा आवाज उठाउदै हिडेकी छु ।’ 
 स्वर्णीम सरगमाथ उच्च माविमा विबिएस प्रथम बर्षमा अध्यायरत गुरुले आफ्नो विगत सम्झीदै भनिन्–‘घर वाहिर पनि निस्कन गह्रो हुन्थ्यो, कसैले देख्छ कि भनेर घरमै बस्ने गर्दथे ।’
यस्तै रुपन्देहीको रामपरमा घर भएकी कल्पना ढकाल पनि संगठीत महिला मध्येकी एक पात्र हुन । शररिक रुपमा अपाङ्गता रहेकी उनी एक विद्यालयका अध्यायपन गराउदछिन भने सञ्चार क्षेत्रमा समेत आवद्ध भएकी छिन । रुपन्देही अपाङ्ग पुनस्थापर्ना केन्द्रको सचिव तथा राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल समितिको सह सचिव समेत रहेकी ढकालले जिवनमा  संघर्ष गर्न नछोड्नेहो भने एक दिन सफलता हसिल गर्न सकिने बताउदछिन । ‘हामी  अपाङ्गा भएका महिलाहरुलाई यो समाजमा हेर्ने दृष्टिकोणमा अझै पनि परिर्वतन आएको छैन, यसको  लागि सबै आज बाट लाग्नु पर्दछ ।’– ढकालले भनिन् 
ढकाल, चौधरी, तथा गुरुङ्ग एउटा प्रतिनिधी पात्र मात्र हुन । उनी जस्तै पछिल्लो समयमा  यस क्षेत्रमा संगठीत रुपमा अगाडी बढ्ने अपाङ्गता भएमा महिलाहरुको संख्या बढ्दै गएको छ । विगतका बर्षमा अपाङ्गता भएको कारण घरमा मात्र सिमित हुने महिलाहरु समाजमा विस्तारै संगठीत हुदै गएका छन ।  जुन सकारात्मक कामको रुपमा लिने गरिन्छ । 

‘अधिकार मागेर होईन खोसेर लिनु पर्दछ’

कृष्ण खनाल
बुटवल, २३ फागुन ।
राज्यबाट विभिन्न समयमा अपाङ्गता भएका व्याक्तिहरुलाई हक तथा अधिकारहरु प्रदान गरेको भएपनि हक अधिकार कागजमा मात्रै सिमित भएकोले अधिकार प्राप्तीको लागि आवाज उठाउनुपर्ने बताएका छन ।
शनिवार प्रगतीशिल अपाङ्ग समाज रुपन्देहीको दोस्र्रो अधिवेसनमा बोल्ने सहभागीहरुले हक तथा अधिकार कसैले पनि घरमा पुगेर नदिने भन्दै यसको लागि अपाङ्गता भएका व्याक्तिहरु लडेर होस् या खोसेर भए पनि अधिकारको लागि एक जुट भएर लाग्नु पर्ने भनाई राखेका हुन ।

कार्यक्रममा बोल्दै सवलम्बन अपाङ्ग महिला समुहकी कपिलवस्तुकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथी बसन्ती चौधरीले अधिकार प्राप्तीको लागि अपाङ्गता भएका महिलाहरु एक जुट हुनुपर्ने भन्दै यसको लागि राज्य पक्ष संग जस्तो सुकै आन्दोलन गर्न पछाडी नपर्नको लागि आपाङ्गता भएका समुदाय संग आग्रह गरिन । उनले भनिन्–‘सरकारले विभिन्न सेवा तथा सुविदा प्रदान गरेको छ, तर व्यवहारमा लागू हुन सकेको छैन , यसको लागि अधिकार लडेर प्राप्त गर्न आजैबाट लाग्नु पर्दछ ।’ उनले सरकारले विभिन्न विद्यालयमा निःशुल्क शिक्षा, यातायातमा सहुलियतको कुरा गरे पनि व्यवहारमा भने कार्यान्वयन नभएकोमा दुखेसो पनि पोखिन ।

कार्यक्रमा राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय बुटवलकी सह–सचिव कल्पना ढकालले एक अर्काको विचमा हातेमालो गरेर समाजमा रहेको अपाङ्गता भएका व्याक्तिहरु त्यसमा पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणको जालो च्यात्न आग्रह गरेकी थिईन । उनले भनिन–‘समाजको रहेका अन्धविश्वासको जालो च्यात्नको लागि एकल रुपमा संभव छैन । यसको लागि सबै मिलेर आजैबाट लाग्नु पर्दछ । ’
कार्यक्रममा रेडियो लुम्बिनी मणिग्रामकी स्टेशन म्यानेजर ईन्दिरा अर्यालले सञ्चार जगतले अपाङ्गता भएका समुदायको आवाज बुलन्द गर्नको लागि जहिलेपनि तयार रहेको भन्दै अपाङ्गता भएका मानिसहरुले हिम्मत नहारेर दृढ विश्वासको साथ आगाडी बढ्नको लागि आग्रह गरिन् । उनले भनीन–‘हिम्मत नहारेर तपाई आगाडी बढ्नुस एक दिन साङ्ग व्याक्तिहरु भन्दा पनि राम्रो काम गरेर देखाउन सक्नुहन्छ ।’
कार्यक्रमा परिर्वतनका लागि कार्यरत महिला समुह वाचका कार्यकार िनिर्देशक डा. काजी गुरुङ्गले अधिकारको लागि आजैबाट आवाज उठाउन अपाङ्गता भएका ममुदाययलाई आग्रह गरेका थिए । उनले भने–‘अधिकार कसैले पनि घरमा आएर दिने होईन, यसको लागि सबै आ आफ्नो स्तरबाट हक तथा अधिकारको लागि आवाज उठाउनु पर्दछ ।
कार्यक्रमा वल्ड भिजन नेपाल बुटवल क्षेत्र विकास कार्यक्रमा प्रमुख राजेन्द्र थापा ले समेत मन्तव्य राखेका थिए । प्रगतीशिल अपाङ्ग समाजकी अध्यक्ष दिलमाँया गुरुङ्गको अध्यक्षमा भएको कार्यक्रमको स्वागत रिता चौधरी र आर्थिक प्रतिवेदन पुनम यादबले प्रस्तुत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन पार्वती न्यौपानेले गरेकी थिईन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती