रुपन्देहीमा होलीको लागि थप ३ सय प्रहरी परिचालन


कृष्ण खनाल
बुटवल, ३० फागुन । 
होलीलाई मध्यनगर गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला सुरक्षा परिषद्को बैठक बसी कुनैपनि अपृय घटना नघटोस भनेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्ने जनाएको छ । विहिवार भैरहवामा बसेको सुरक्षा परिषद्को बैठकलले होलीको समयमा मा जिल्लामा थप ३ सय प्रहरी परिचालन गर्ने निर्णय गरेको रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले जानकार िदिए । 
उनका अनुसार गाँजा, भाङ्ग, चरेश तथा मादक पदार्थ सेवनलाई पुर्णरुपमा रोक लगाईएको छ । चैत २ र ३ गते  जिल्लामा कुनै पनि प्रकारको मादक पदार्थ,  गाँजा, भाङ्ग, चरेश  खरिद विक्रीमा  रोक लागाइएको एसपी विक्रम सिंह थापाले जानकारी दिए । 
बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘गाँजा, भाङ्ग, चरेश लगायतका  बस्तुहरु सेवन गर्न  सधैको लागि  निष्तेज गरिएको छ, अझ २ र ३ गते कडा रुपमा यसको कार्यान्वयन गरिने छ ।’
प्रहरी प्रमुख थापा ठाँउ ठाँउमा प्रहरी परिचालन गरी होलीको समयमा चेक जाँच गरिने र २४ सै घण्टा प्रहरीको मोवाईल गस्ती परिचालन गरिने समेत जानकारी दिए । 
कसैले ईच्छा विपरित रङ्ग दल्ने, लोला हान्ने गरेको सुचना प्रहरीमा आएमा तुरुन्त नियन्त्रणमा लिई सार्वजनिक अपराध अन्र्तगत मुद्वा चलाउन सकिने समेत  रुपन्देही प्रहरीले जनाएको छ । 
प्रहरी प्रमुख एसपी  थापाले यसलाई प्रस्टाउदै भने–‘आपसी सद्भापूर्ण ढंगबाट होली खेल्नको लागि  कुनै रोक तोक छैन तर जवरजस्ती गरेको पाइएमा तत्काल पक्राउ गरी सार्वजनिक मुद्वा समेत चलाउन सकिने छ ।’
होलीको नाममा जथाभावीरुपमा लोला हान्ने तथा फोहर पानी छ्याप्नी, नचिनेका व्यक्तिहरुलाई जवरजस्ती रङ्ग दल्ने गरेको कारण पछिल्लो समयमा परम्परानै लोप हुने खतारा बढ्दै गएको संस्कृतीका जानकारहरु बताउदछ“न । असत्यमाथि सत्यको विजयको रुपमा मनाईने रङ्गहरुको पर्व होली  यहि चैत्र २ गते पहाडमा र  ३ गते तराईमा मनाईदै छ ।   
एक फरक  प्रसंगमा द्ववापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राÔसनीलाई उल्टै कृष्णले नै मारेको र  त्यसको शवलाई बज्रवासीहरुले जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । प्रत्येक वर्Èको फागुन शुक्ल पूर्णिलाई होली  पुर्णिमा भनिन्छ । 
यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाईने होली फागुन शुक्ल अष्टमीको दिन काठमाडौ“को वसन्तपुर दरबार अगाडि चीर –विशेषले सजाएको लिङगो) गाडेपछि होली सुरु भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङगो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । उता पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छयाप्ने काम नगर्न सबैसित अनुरोध गरिसकेको छ । 
महिला, केटाकेटी लगायत बाटोमा हि“ड्ने व्यक्तिलाई दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै कसैको स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने, पानी छयाप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको भेटिएमा कानुनबमोजिम कारवाही  हुने छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती