मुर्दा शान्ति कायम गर्दै रुपन्देही प्रहरी !


कृष्ण खनाल 
बुटवल, ४ चैत । 
सोमबार दिउसो करिव ढाई बजे बुटवल–११ मिलनचोकमा शिव शक्ति अटो पार्टस्का अशिम् गुरुङ्गलाई प्रहरीले कुनै गल्ती विना नै नराम्रोसंग हान्यो । केही दिन यता ज्वरो आएको औषधी सेवन गरिरहेका उनी होलीको दिन होली नखेल्ने  विचारमा थिए । आफ्ना केही साथीहरुले कर गरेपछि केही अविर मात्र के दलेका थिए, प्रहरीको गाडी आयो र  साथीहरुलाई तितरवितर पारिदियो ।
 घर नै त्यहि भएको कारण गुरुङ्ग र उनका एक साथी त्यहि नै बसे । प्रहरीले आफूलाई भनेको भनाई उद्दृत गर्दै उनले भने–‘ यहाँवाट गईहाल नत्र गाडीमा हाल्छौ ।’ गुरुङ्गले आफ्नो घर नै यहि भएको कारण त्यहिनै होली खेल्ने उनका साथीले भन्दै गर्दा गुरुङ्गलाई प्रहरीले गालामा नराम्रो संग नै चटकन लगाईदियो । 
यति मात्र होईन विना कारण हो हल्ला नै नगरी बसीरहेको बेला उनलाई गालामा हानेन गाडी भित्र हालेर लैजान समेत खोज्यो । ‘अझ बढि हुन्छस् गाडीमा हाल केटा हो यसलाई लैजा’– एक प्रहरीको भनाई सम्झदैं बुटवलटुडेसँग उनले दुखेसो पोखे ।  यो कुरा थाहा पाएपछि  पिडीत गुरुङ्गकी आमा आईन अनि विना कसुर आफ्नो छोरालाई लैजान खोजेकोमा प्रहरी संग कुराकानी गरिन् । रक्सी खाएको र हल्ला गरेको भन्दै प्रहरीले झुठो आरोप लगाएको थियो । पछि उनलाई प्रहरीले त्यहि नै छोडेर गयो । 
गुरुङ्ग एउटा प्रतिनिधी  पात्र हुन ।  होलीको रङ्गसंग रामाईलो गरिरहेका कयौ मानिसहरुलाई प्रहरीले विनाकारण धरपकट गर्ने र नियन्त्रणमा लिने गरेको थियो । 
विगतका बर्षहरुमा भन्दा यस बर्ष शान्तीपूर्ण बनेको होलीलाई कतिपय विश्लेषकहरुले ‘मुर्दा शान्ती’ को उपमा दिएका छन् । 
प्रहरी एकातर्फ जनतासंग सहकार्य गरेर देशमा शान्ती शुरक्षा तथा अमनचयन कायम गर्ने अभियानमा लागेको छ भने अर्को तर्फ  कुनै पनि गल्ती विना नै सर्वसाधारणमाथि पटक पटक नराम्रो व्यवहार गर्दै आएको छ । जसको कारण स्थानिय मानिसहरु प्रहरीबाट टाढा टाढा हुने गर्दछन । यस्तो कार्यहरुले कयौ ठुला÷ठुला घटनाहरु घट्दा कयौ समय सम्म प्रहरीलाई सत्य कुरा पत्ता लगाउन लामो समय लाग्ने गरेको छ । जनताद्वारा नै तिरेको करबाट बाँचेका  प्रहरीले आफ्नो बर्दीको धाक लाउदै स्थानिय जनताहरुमाथि नै धावा बोल्दै  गएमा कुनै समय स्थानिय जनता र प्रहरीको विचमा ठुलै खाडल आउन सक्ने  स्थानियको भनाई रहेको छ । ‘बास्तविक दोषीलाई कारवाही गर्नुपर्दछ तर दोष विनाका व्याक्तिहरुलाई अप्रमाणित रुपमा कारवाही गर्नु भएन ।’–एक स्थानियले बुटवल टुडेलाई भने ।

उता, होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीका अध्यक्ष मोदनाथ बेल्बासेले होलीको समयमा प्रहरीबाट होटल व्यवसायमा भएको रोकतोकको कडा शब्दमा विरोध गरे । उनले मादक पदार्थ सेवन गरेर  हो हल्ला गर्ने र समाजमा अराजकता फैलाउने व्याक्तिहरुलाई कारवाही गर्ने प्रहरीको दायित्व भएको भन्दै पारिवारीक रुपमा होटलमा बसेर रमाईलो गर्ने व्याक्तिहरु मारमा परेको बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘रङ्गहरुको पर्वमा पनि पारिवारीक वातावरणमा खानपिन गर्न नपाउने  यो कस्तो नियम ।’ उनले बाटोमा हो हल्ला गर्ने र वियरका बोटलहरु फुटाउदै हिड्ने व्याक्तिहरुको कारण सिङ्गो पारिवारीक  वातावरणमा रम्ने मानिसहरु प्रभावित भएको बतए । उनले भने–‘१० प्रतिशत अराजक व्याक्तिरुको कारण ९० प्रतिशत सोझा मानिसहरु प्रभावित भए । 
प्रहरीले होलीको दिन सोमबार पाल्पाको सिद्धबाबा भन्दा माथि जानमा रोक लगाएको थियो । घर सोधेर बुटवलमा घर भएका मानिसहरुलाई माथि जान रोक लगाइएको थियो भने पुर्वमा चरङ्गेको जंगलभन्दा उता जान दिइएको थिएन  । त्यस्तै पश्चिमा नया गाउ पुल भन्दा अघि जान रोक लगाइएको थियो भने भैरहवा तर्फ मंगलापुर भन्दा अगाडी जान र  आउन रोक लगाएको स्थानियको गुनासो रहेको छ । 
केही स्थानिय व्याक्तिहरुका अनुसार रुपन्देहीका प्रहरीहरु प्रमुखहरु  काम  विना नै रमेश खरेल बन्न थालेको बताएका छन् ।  काठमाण्डौमा  एसएसपी रमेश खरेल विभिन्न आपराधिक व्याक्तिहरुलाई नियन्त्रणमा लिएर कानुनको कठघरामा ल्याउन सफल भएका छन् भने यहाका प्रहरीहरु भने चुल्ठे मुन्द्र अभियान लगायतका  अभियानहरु चलाएर त्यतिकै रमेश खरेल बन्न खोजेको आरोप स्थानीयको रहेको छ । 


एसपी साव मेरो के गल्ती थियो र’
आशिम गुरुङ्ग (२१), बुटवल ११ मिलनचोक –
दुई दिन देखि ज्वरो आएको कारण घरमा सुतिरहेको थिए । औषधी खादै गरेको म एक जना साथीले होलीमा पनि किन सुतिराखेको आउ हल्का रमाईलो गरौ भन्दै बोलायो । बाहिर आएर एक आपसमा होली खेल्दै गरेका थियौ ।  सोही बेलामा  एउटा गु्रप होली खेल्दै आएको  थियो । हामी बसेको छेउमा आएर उनीहरुपनि खेलीरहेका थिए ।  सोही बेलामा प्रहरीको गाडी आयो । सबै साथिहरु भागा  भाग गरे ।  म र एक जना साथी त्यहि थियो । प्रहरीले त भित्र जा भन्दै थियो । हामी हाम्रो घर नै त्यहि भएको र यहि बस्ने बताउन नपाउदै प्रहरीले आएर गालमा दुई झापड हान्यो  ।
 म विरामी मान्छे मलाई रक्सी खादै हल्ला गरेको आरोप लाउदै प्रहरी मलाई पिट्यो । मलाई पिट्ने मात्र काम गरेर धेरै हल्ला गरेको भन्दै गाडीमा हाल्यो । सोही बेला आमा आउनुभो र विना गल्ती मलाई गाडीमा हालेको कारण प्रहरी संग कुराकानी गर्नुभायो । बल्ल मलाई प्रहरीले छोडिदियो । विना कारण प्रहरीले मलाई पिट्यो । यसमा मेरो केही पनि गल्ती थिए । प्रहरीको व्यवहार ठिक भएन । यसमा मेरो के गल्ती थियो र ?(कुराकानीमा आधारीत)


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती