रुपन्देहीमा द्वन्द्व पिडीतको १ करोड ५७ लाख भन्दा बढि रकम पाउन बाँकी

कृष्ण खनाल
बुटवल, १५ चैत
नेपाल सरकार र तत्कालिन  नेकपा माओवादी विचमा भएको विस्तृत शान्ती सम्झौता भएको पनि करिव ७ बर्ष वितिसकेको छ । तर रुपन्देही जिल्लामा सरकारले द्वन्द्व पिडीतहरुलाई दिने भनेको राहत अहिले सम्म पनि पुर्ण रुपमा पाउन सकेका छैन्न ।
वि.स.२०६३ मंसिर ८ गते नेपालमा वृस्तृत शान्ती सम्झौता भएको थियो । जसमा द्वन्द्वको समयमा मृत्यु भएका  प्रत्येक व्याक्तिहरुको परिवारलाई राहत स्वरुप नगद १० लाख रुपैया दिने उल्लेख भएको थियो । तर रुपन्देही जिल्लामा सरकारी तथ्यांक अनुुसार १ सय ५१ जना  व्याक्तिरुको मृत्यु भएको थियो । जस मध्ये १ सय ५१ ज्ना मृतकको परिवारले अहिले सम्म पनि सरकारले तोकेको १० लाख रुपैया पाएका छैन्न ।
स्थानिय शान्ती समिति रुपन्देहीका सचिव प्रेम ज्ञवालीका अनुसार रुपन्देही जिल्लामा द्वन्द्वको कारण १ सय ५१ जना  मानिसहरुको मृत्यु भएको थियो । उनका अनुसार द्वन्द्वको समयमा मृत्यु भएका, वेपत्ता भएका घाईते भएका, तथा सम्पतीमा क्षती पुगेका व्याक्तिहरु सबैले राहत नभएको भन्ने अवस्था छैन । बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘रात नै नपाएको अवस्था छैन, सरकारबाट तोकिएको रकम जिल्ला प्रशासनबाट  पाएको अवस्था छ ।’
त्यस्तै ८ जना मानिस वेपत्ता भएका छन भने घाईते २४ जना भएका थिए । तात्कालिन १० बर्षे द्वन्द्वमा रुपन्देही जिल्लामा १ सय ११ जना व्याक्ति विस्तापीत हुनुपरेको थियो भने २४ जनाको सम्पत्तीमा क्षती पुगेको थियो ।
यी सबै द्वन्द्वबाट पिडीत भएका व्याक्तिहरुले अहिले सम्म पनि पुर्णरुपमा राहत नपाएको जिल्ला प्रसासन कार्यलय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका लेखापाल पुरुषोत्तम पराजुलीका अनुसार जिल्ला प्रशासन  कार्यालय रुपन्देहीबाट द्वन्द्व पिडीतहरुले आंशिक रुपमा राहात पएका छन् ।
द्वन्द्वको कारण मृत्यु भएका १ सय ५१ जना व्याक्तिका परिवारहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट प्रतिमृतका परिवा ३÷३ लाख रुपैया मात्र पाएका छन् । उनीहरुलाई सरकारले तोकेको १० लाख रुपैया मध्ये अझै ७÷७ लाख रुपैयाँ पाउन बाँकी छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले माओवादी द्वन्द्वमा मारिएका व्याक्तिहरुलाई अहिले सम्म ३÷३ लाख रुपैयाका दरले राहत बाढेको छ भने मधेस आन्दोलन लगायतमा मृत्यु भएका परिवारका आफन्तहरुलाई प्रति परिवार १  लाख ५० हजार रुपैया मात्र दिएको जिल्ला प्रसासन कार्यालय रुपन्देहीका लेखापाल पुरुषोत्तम  पराजुली बताउदछन । उनका अनुसार मधेस आन्दोलनमा मृत्यु भएका करिव १० जना जतीले राहत लिएका छन ।
बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘हामीले जिल्लामा भएको तथ्यांक केन्द्रमा पठाउने हो केन्द्रबाट नै तोकिएर आएपछि त्यहि अनुसार राहत बाढ्ने हो ।’  उनले थप प्रष्टाउदै भने–‘सम्पत्ती क्षती, वेपत्ता तथा विस्तापितहरुको  अवस्थामा केन्द्रबाट नै तोकेको अनुसार राहत वितरण भईरहेको छ ।’
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार वि.स. २०६८ साल यता जिल्लामा द्वन्द्वको कारण मृत्यु भएका  व्याक्तिहरुका आफन्तहरुलाई  राहत बाढिएको छैन ।  जिल्ला प्रशासन कार्यालयका अनुुसार सरकारी सेवामा कार्यरत रहेका व्याक्तिहरु जस्तैः सरकारी कर्मचारी, प्रहरी तथा निजमती क्षेत्रमा कार्यरत कर्मचारीहरु द्वन्द्वको कारण मृत्यु भएमा  जम्मा १ लाख रुपैया मात्र राहात स्वरुप परिवार वा आफन्तलाई  प्रदान गर्ने गरेको छ । सरकारी क्षेत्रबाट समेत मृत्यु पश्चात पेनसन पाउने भएको कारण सरकारी नीति अनुसार नै १ लाख रुपैया मात्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई रहेको छ ।
जिल्लामा मृत्यु भएका मात्र १ सय ५१ जना व्याक्तिहरुले अव पाउने ७ लाख रुपैयाको हिसाब गर्दा करिव १ करोड ५७ लाख भन्दा बढि रकम पाउन बाँकी रहेको देखिन्छ । त्कालिन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बेला नेपालका कयौ भौतिक संरसचनाहरु भत्काईए, व्याक्तिहरुको करोडौंको समत्तीमा क्षती पु¥याइएयो भने कयौं मानिसहरु विस्तापित र बेपत्ता भए । यति मात्र होईन उक्त द्वन्द्वको कारण अहिले  पनि हजारौं मानिसहरु घाईते र अङ्गभङ्ग भएर जिवन जिईरहेका छन् ।  
स्थानिय शान्ती समिति पाल्पाले  उपलब्ध  गराएको तथ्यांक अनुसार अहिले सम्मपनि द्वन्द्वको कारण घाईते तथा अपाङ्गता भएका व्याक्ति, अपहरण, कैद तथा हिरासतमा लिएका व्याक्ति, व्याक्तिगत सम्पत्ती क्षती, सरकारी सम्पत्ती क्षती, विस्तापित तथा द्वन्द्व प्रभावित वालवालिकालहरुले पुर्णरुपमा राहत नसकेका हुन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती