ज्यामिरेका विद्यार्थीको पिडा

तिन घण्टा पैदल हिडेर विद्यालय
कृष्ण खनाल 


बुटवल, १३ चैत । 
बुटवल नगरापलिका  वडा  नम्बर १४ ज्यामिरे बस्तीकी २५ बर्षिय देव कुमारी गाहालाई अहिले आफु जस्तै छोरी अशिक्षीत होलानी भन्ने चिन्ता लागेको छ ।  २ सन्तानकी आमा बनेकी देवकुमारी गाहा का काखमा २ बर्षको छोरा छ भने अर्को छोरी भर्खरै मात्र ५ बर्षमा लागेकी छिन । ५ बर्षमा लागेकी छोरी छाँया गाहा र उनको छोरा देव बहादुर गाहा लाई आफुले जस्तै विद्यालयको मुख देख्न नपाउने हुन कि भन्ने चिन्ताले उनलाई रातमा निद्रा समेत लाग्दैन । कहिलेकाही त आफ्ना श्रीमान संग उनले भन्ने गर्दछिन–‘यो जग्गा बेचेर कतै तल (तामनगर) तिर गएर बसौ छोरा छोरीको भविश्य त बनाउन प¥यो नी ।’
यसरी देवकुमारी गाहा एउटा प्रतिनिधी पिडा हो । उस्तै ज्यामिरे बस्तीका अधिकांस मानिसहरुको पिडा यस्तै रहेको छ । श्रीमान खेती किसानीमा व्यस्त रहने र आफु पनि घरको चुलो चौको र पशुपालनमा व्यस्त हुने भएको कारण छोराछोरीहरुलाई पढाउन गाहा परिवारले पाएको छैन । कारण हो नावलक छोरील गाउमा पढ्ने स्कुल छैन । 
५ बर्षीय उनीकी छोरी अध्यायनको लागि तामनगरमा करिव ३ घण्टा पैदल हिडेर जानुपर्ने बाध्याता छ जुन त्यहाका विद्यार्थीहरुको साझा समस्या हो ।

मंगलबार स्थलगत अध्यानको लागि बुटवल नगरपालिका भित्रैको विकट बस्ती ज्यामिरेमा पुग्दा देवकुमारी गाहा सानो छोरालाई काखमा लिएर सुम सुम्याउदै थिईन भने छेउमै स्कुल जाने उमेर भएकी  छोरी छाया गाहालाई हेरेर  टोलाउदै थिईन् । बुटवल टुडे संगको कुराकानीमान देव कुमारी गाहाले भनिन्–‘हाम्लाई सरकारले अरु भन्दा पनि बाटो बनाईदियो र यहि गाउमै शिशु कक्षा सञ्चालन गरिदिएमा केटाकेटीले अक्षर चिन्न पाउथे की ।’  उनले बाटो टाढा भएकै कारण ५ बर्षको छोरी हुँदा सम्म विद्यालयको मुख देखाउन नपाएकोमा आफैमा घिक्कार लागेको समेत गुनासो पोखिन । ‘के गर्ने  चाहेर पनि छोरा छोरी पढाउन पाएकी छैन ।’
कक्षा ६ मा अध्यारत विद्यार्थी सागर गाहाको पिडा पनि यस्तै छ । बुटवलको पर्रोहा गाविसमा रहेको बनकट्टामा रहेको दुर्गा भवानी उच्च माविमा पढ्दै गरेका उनले भने–‘झोला पनि बोक्न सकिन्न त्यहि तामनगरको एउटा घरमा डे«स र झोला राखेर  साझँमा यहा आउछौ ।’ टाढा  र जंगलको बाटो भएको कारण विद्यार्थीहरु विहान करिव ८ नबज्दै गाउबाट झर्दछन भने साझ रात परेपछि मात्र गाउमा फर्किन्छन् । 
कक्षा ६ मा अध्यारनरत विद्यार्थी सागर गाहा ।
 रोचक कुरा त के छ  भने विद्यार्थीहरुले साझको समयमा आफ्नो घरमा बसेर होमवर्क(गृहकार्य) गर्न नै पाउँदैनन् । कारण हो झोला र पोसाख उनीहरुले तामनगरमा रहेको एक जना सहयोगीको घरमा राखेर आउदछन । बाटो टाढा र झोला गरुङ्गो भएको कारण उनीहरुले त्यही नै छोडेर अन्य कपडा लगाएर जान्छन भने पुन अर्को दिन त्यहा आउछन र विद्यालयको पोखाक लगाएर पुनः विद्यालयमा जान्छन । शनिवारको दिन मात्र उनीहरुले आफ्नो पोसाक र झोला  बोकेर घरमा ल्याउने गरेको स्थानिय ५२ बर्षिय अभिभावक लिल बहादुर गाहाले जानकारी दिए ।  दैनिक तीन घन्टा हिडेर विद्यालय जान बाध्य भएका त्यहाका विद्यार्थीहरु ।
गाउसम्म मोटरबाटो नबनेकाले बर्Èोदेखि बुटवल नगरपालिका भित्र रहेर पनि गाउँ का विद्यार्थीहरु पैदल हिड्ेर विद्यालय जानुपरेको हो  ।  उक्त गाउबाट अहिले यो ७ जना विद्यार्थीहरु पर्रोहा गाविस वनकट्टामा रहेको दुर्गाभवानी उच्च माविमा अध्ययनका लागि जाने  गर्दछन । 
विद्यालय नजिक नहुंदा र जंगलको बाटो हिड्न पर्दा पढाइ निकै अप्ठ्यारो भएको दुर्गा भवानी उच्च मावि कÔा ११ मा अध्ययनरत विद्यार्थी विना गहा मगरले बताईन् ।  बर्Èायामा खोला बढ्दा र पानी पर्दा विद्यालयमा पुग्नै नसक्ने उनको भनाई रहेको छ । 
उक्त गाउबाट अहिले कक्षा २ मा अध्यारत विद्यार्थी देखि लिएर कक्षा ११मा सम्म पढ्ने विद्यार्थीहरु ३ घण्टा पैदल हिडेर बनकट्को दुर्गा भवानी उच्च माविमा आएर अध्यायन गर्ने गर्दछन । 
स्थानिय पुर्व जनप्रतिनिधी तिल बहादुर रोकायाले निकट भविश्यकमा नै गाउँमा शिसु कक्षा(बालकक्षा) सञ्चालन गर्नको  लागि जिल्ला शिक्षा कार्यालय र बुटवल नगरपालिका संग पहल गरिरहेको जानकारी दिए । उनले भने–‘यो  गाउमा एउटा शिसु कक्षा सम्म सञ्चालन गर्न सकियो भने  अलि ठुलो कक्षामा गएपछि त विद्यार्थीहरु तामनगरमा गएर पनि अध्ययन  गर्न सक्छन नी ।’ 
उक्त गाउमा सडक यातायातको  सहज पँहुच हुन सकेकमा र विद्युतको व्यवस्था हुन  सकेमा साच्चै नै  गाउको मुहार फेरिने सरोकारवालाको भनाई रहेको छ । 
गाउमा जम्मा ८ वटा मात्र घर रहेको छ  उक्त बस्तीमा २ घर घर्तिको रहेको छ भने १ घर क्षेत्री र अन्य ५ घर गाहा समुदायको रहेको छ । 

तस्वीरः कक्षा ६ मा अध्यारनरत विद्यार्थी सागर गाहा । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती