नेत्रहिन संघको भवन निर्माणको लागि ‘एक एक व्याक्ति एक इँटा’ अभियान

कृष्ण खनाल 
बुटवल, २५ चैत । 
रुपन्देहीमा अपाङ्गता भएका व्याक्तिहरुले भवन निर्माणको लागि उदाहरणिय कार्यको सुरुवात गरेका छन । अहिले निर्माणधिन रुपमा रहेको रुपन्देही नेत्रहिन संघको पूर्णतया अपाङ्गमैत्री भवन निर्माणको लागि एक जना अपाङ्गता भएका व्याक्तिहरु बापत एउटा ईंटा बराबरको सहयोग अभियान  सुरु गरिएको हो ।

 यसको अगुवा रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम पौडेलले गरेका छन् । वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ल  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो ।

विभिन्न सरकारी निकाय तथा व्याक्तिगत रुपमा चन्दा संकलन गरेर भवन निर्माणको लागि ढलान कार्य सम्पन्न भएको भएपनि अन्य  भवन निर्माण पुरा गर्नको लागि  अहिले आर्थिक अभाव देखिएको छ । 
बुटवल–१४ तामनगरमा करिव ३ कठ्ठा क्षेत्रफलमा अहिले रुपन्देही नेत्रहिन संघको भवन निर्माणधिन अवस्थामा छ ।  ४ वटा कोठा र एउटा तालिम  हलको समेत निर्माण गरिने उदेश्य लिइएको उक्त भवनको अहिले सम्म ढलान कार्य मात्र पुरा भएको छ । 
भाविश्यमा उक्त स्थानलाई सम्पूर्ण अपाङ्गता भएका व्याक्तिहरुको तालिम सञ्चालन गर्ने स्थानको रुपमा समेत विकास  गर्नको लागि भवन निर्माण गरिएको रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम पौडेलले जानकारी दिए । 
उनका अनुसार उक्त गुरुयोजनाको निर्माण  पुरा गर्नको लागि करिव ५० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ‘कुनै पनि सरकारी निकाय अथवा सहयोग दाताबाट सहयोग भएमा अवको करिव ५ बर्षमा पुरा गर्ने लक्ष्य लिएका छौ ।’– रुपन्देही नेत्रहिन संघका अध्यक्ष पौडेलले बुटवल टुडे संगको कुराकानीमा भने–‘उक्त कार्य पुरा गर्नको लागि एक व्याक्ति एक ईंटा अभियान  सुरु गरेका छौ ।’

अहिले सम्म स्थानिय चन्दादाता तथा अन्य सहयोगी संस्थाहरुबाट करिव ३ लाख रुपैया संकलन भएको र उक्त रकम ढलान काम सकिएको रुपन्देही नेत्रहिन संघका उपाध्यक्ष मनोज पंगेनी बताउदछन । संस्थाका सचिव कृष्ण जिसीका अनुसार भवन निर्माको लागि  बुटवल नगरापलिका, जिल्ला विकास समिति लगायतबाट केही सहयोग भएको भएपनि उक्त रकम  भवन निर्माण पुरा हुनको लागि प्रयाप्त छैन ।

 बुटवल टुडे संगको कुराकानीमा सचिव जिसीले भने–‘विभिन्न सहयोगी निकाय तथा दानविरहरुको सहयोगको अपेक्षा गरेका छौ ।’ उनले अवको करिव एक बर्ष भित्र एउटा कोठा भएपनि निर्माण गर्ने लक्ष्य संघले लिएको छ ।

 अहिले भवन निर्माण भैरहेको स्थानको जग्गा सार्वजनिक जग्गा हो । उक्त स्थान त्यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र स्थानिय निकायले सहमती गरेर रुपन्देही नेत्रहिन संघलाई दिने निर्णय गरेको थियो ।

रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन । उनीहरुबाट एक व्याक्ति एक र्इंटा बराबरको सहयोग  जुटाउने अभियान रहेको छ । रुपन्देही नेत्रहिन संघ मा ९५ जना दृष्टिविहिनहरु आवद्ध भएका छन । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती