जाँच गराउन जादैन्न रुपन्देहीका गर्भवती महिला

कृष्ण खनाल

बुटवल, २१ फागुन ।

लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये रुपन्देही जिल्ला सुगम जिल्लाको रुपमा मानिन्छ । रुपन्देही जिल्लामा दजनौ स्वाथ्य तथा शैक्षिक संस्थाहरुको स्थापना भएका छन । मातृ शिशु मुत्युदर घटाउन सफल भएको भन्दै राष्ट्रिय स्तरको पुरस्कारबाट समेत रुपन्देही पुरस्कृत समेत भएको छ । तर यहि जिल्लामा गर्भवती भएका महिलाहरु स्वाथ्य जाँच गराउनको लागि सरकारी होस या निजी स्वाथ्य संस्थाहरुमा नजाने गरेको एक तथ्यांकले देखाएको छ ।
जिल्ला जनसंस्वाथ्य कार्यालय रुपन्देहीका हेल्थ अशिष्टेन अधिकृत (पोषण कार्यक्रम फोकल पर्सन ) कृष्ण प्रसाद पोखरेलले उपलब्ध गराएको तथ्यांकमा रुपन्देही जिल्लामा गर्भवती भएका महिलाहरु सबै स्वाथ्य चौकी मा जाँज नगराईकन घरमै बच्चा जन्माउने गरेको पाइएको हो ।
उनका अनुसार गएको तिन बर्ष यता गर्भवती भएपछि पहिलो पटक स्वाथ्य जाँच गराउने महिलाहरु २०६७÷०६८ मा १ सय १४ प्रतिशत आर्थिक बर्ष २०६८÷०६९ मा १ सय २२ प्रतिशत र आर्थिक बर्ष २०६९÷०७० मा १ सय ५ प्रतिशत गर्भवती महिलाहरुले जाँच गराउने आउने अपेक्षा जिल्ला जनस्वाथ्यले गरेको थियो । तर पहिलो पटक आर्थिक बर्ष २०६८÷०६९ जम्मा ९४ प्रतिशत महिलाहरु मात्र जाँच गराएका छन ।
त्यस्तै आर्थिक बर्ष २०६९÷०६९ मा ८६ प्रतिशत र आर्थिक बर्ष २०६९÷०७० मा ९३ प्रतिशत महिलाहरुले मात्र आफ्नो गर्भको जाँच गराएका हुन । त्यस्तै चौथो पटक गर्भ जाँच गराउन को लागि आर्थिक बर्ष २०६७÷०६८ मा ६० प्रतिशत आर्थिक बर्ष २०६८÷०६९ मा ६५ प्रतिशत र आर्थिक बर्ष २०६९÷०७० मा जम्मा ६६ प्रतिशत महिलाले आफ्नो गर्भ परिक्षण गराएका छन । जिल्ला जनस्वाथ्य कार्यालयको तथ्यांक अनुसार रुपन्देही जिल्लामा बच्चा जिवीत जन्मीने संभावना सहित गर्भ जाँच गराउन आउने महिलाहरु आर्थिक बर्ष २०६७÷०६८ मा ७८ प्रतिशत, आर्थिक बर्ष २०६८÷०६९ मा ९२ र आर्थिक बर्ष २०६९÷०७० मा जम्मा ९३ प्रतिशत महिलाहअरुले आफ्नो गर्भमा रहेको बच्चाको परिक्षण गराएका छन ।
रुपन्देही जिल्लामा विगत ५ बर्ष यता कुपोषणबाट ग्रस्त हुने ५ बर्ष मुनिका हरुको दर भने विस्तारै घट्दै गएको तथ्यांकले देखाएको छ ।
जिल्ला जनस्वाथ्य कार्यालय रुपवन्देहीबाट प्राप्त तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०६७÷०६८ मा १.९६ प्रतिशत रहेको कुपोषणबाट ग्रष्त थिए भने आर्थिक बर्ष २०६८÷०६९ मा त्यसको दर घटेर १.३५ प्रतिशतमा झरेको छ । त्यस्तै आर्थिक बर्ष २०६९÷७० मा यसको दर घटेर १.१ मा पुगेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका हेल्थ अष्टिेण्ट कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।
भखरै मात्र सार्वजनिक गरिएको तथ्यांक अनुसार सुडानमा प्रति एक हजार महिलाहरुमा ७ सय ३० जना महिला प्रतिबर्ष सुत्केरी व्यथाको कारण ७ सय ३० जना महिलाको मृत्यु हुने गरेको छ । त्यस्तै अफगनस्तानमा प्रतिबर्ष ४ सय ६० प्रतिहजार र नेपालमा १ सय ७० जना, थाईल्याण्डमा ४८ जना, श्रीलंकामा ३५ जना र अमेरिकामा २१ जना र दक्षिण कोरियामा १६ जना महिलाहरुले अकालमा
उता, मातृशिसु सम्बन्धी विज्ञ डा. अरुण उप्रेतीले हरेक बर्ष विश्वमा सयौ महिलाहरु प्रशवमा उपचार नपाएर मृत्यु हुने गरेको जानकारी दिईन । उनले स्पष्ट सरकारी नितीको अभावको कारण अहिले पनि नेपालमा कायौ महिलाहरु सुत्केरी हुँदा उपचार नपाएर मृत्यु हुनु परेको बताईन् । उनले भनिन्–‘सरकारी नीति छ तर त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक दलहरुको उदासिनताको कारण अहिले पनि नीति नियमहरु कार्यान्वयन हुन सकेका छैन्न ।’
एक तथांक अनुुसार १९९१ मा नेपालमा सरकारी अस्पतालहरु ७७ वटा मात्रै थिए भने सन् २०११ मा ९५ वटा पुगेका छन । त्यस्तै नीजी अस्पताल सन् १९९१ मा मात्र १९ वटा थिए भने सन् २०११ मा १ सय १३ वटा पुगेका छन । जुन ४ सय ९५ प्रतिशतले बढि हो । त्यस्तै अहिले सन् २०११ सम्म सरकारी १ सय ६३ वटा एम बि बि एस अध्यान गराउने संस्था छन भने नीजि १ हजार २ सय ७५ वटा रहेका छन । त्यस्तै बिएन, बिएस्सी अध्यान गराउने संस्था सरकारी १ सय ९६ वटा र नीजि १ हजार ७ सय ६० वटा छन । ब्याचलर अफ सरकारी स्वाथ्य प्र्रतिष्ठान अर्थात (बि पी एच) ४० वटा र नीजी ८ सय ८० वटा रहेका छन ।
यो लिंकमा पनि छ समाचार 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती