मानपकडी चौथो पुर्ण खोप गाविस

कृष्ण खनाल 
बुटवल,७ चैत । 
‘खोप लगाउन पाउनु बालबालिकाको अधिकार हो ।’ भन्ने नाराका साथ रुपन्देही जिल्ला पूर्ण खोप युक्त जिल्ला बनाउने अभियानमा जिल्ला जनस्वाथ्य कार्यालय लागेको छ । सोही अभियान अन्र्तगत विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिणमा रहेको मानपकडी गाविस पुर्ण खोप युक्त  गाविस घोषणा गरिएको छ ।
७ हजार ७६ जना बालबालिका रहेको गाविसमा १ बर्ष देखि २ बर्ष सम्मका १ सय १८ जना वालवालिकाहरुले  सम्पूर्ण खोप  लगाएपछि पुर्ण खोप गाविस घोषणा गरिएको हो ।
विहिवार मानपकडी गाविसमा एक बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका  बरिष्ठ जनस्वाथ्य अधिकृत तथा कार्यालय प्रमुख ऋषिप्रसाद लामिछानेले पुर्ण खोप गाविस घोषणा गरेका थिए । उनले जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले पूर्ण खोप  युक्त गाविस भएको प्रमाण पत्र मानपकडी  गाविसका सचिव रुद्रमणी गिरीलाई प्रदान गरेका थिए ।
मानपकडी स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ जिल्ला जनस्वाथ्य अधिकृत ऋषि प्रसाद लामिछानेले पूर्ण खोप गाविस बनाउनमा एक्लै संभाव नभएको भन्दै यसको लागि सबैको सहकार्य जरुरी रहेको बताएका थिए । उनले भने–‘यो अभियान एक्लै संभाव छैन, यसको लागि स्थानिय  जनता, महिला स्यमसेविका, राजनीतिक दल तथा सबै सरोकारवालहरुको  भुमिका हुनु आवश्यक छ ।’ स्थानिय बासिन्दा, आमा समुह, राजनीतिक दल,  तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा उक्त गाविसलाई पुर्ण खोप गाविस घोषणा गर्न सफल भएको जिल्ला जनस्वाथ्य कार्यालय प्रमुख लामिछानेले बताएका छन् ।
कर्याक्रममा बोल्दै जिल्ला जनस्वाथ्य कार्यालयका  खोप अधिकृत ओम प्रकाश पन्थीले  नेपालमा  खोप  युक्त गाविस घोषणा गर्नेै अभियान वि.स.२०६९ सालबाट  सुरु भएको भन्दै निटक भविश्यमा रुपन्देही जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन लागेकोमा सबैको सहकार्यमा पुर्ण खोप जिल्ला बन्नेमा आशा व्याक्त गरे । उनले अहिले रुपन्देहीका  ४ वटा गाविस पुर्ण खोप गाविस घोषणा भैसकेको भन्दै अव छिट्टै ८ वटा गासस पनि पुर्ण तयारीमा रहेको जानकारी गराएका थिए ।
गाविस सचिव रुद्रमणी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मानपकडी स्वाथ्य चौकीका  व्यवसथापन समिति सदस्य तथा समाजसेवी शिवराम न्यौपानेले राखेका थिए । कार्यक्रममा   मानपकडी स्वाथ्य चौकी ईन्चार्ज नरेश प्रसाद थान्चुले गाविसमा भएको स्वाथ्य प्रगतीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
 कार्यक्रममा जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीक खोप अधिकृत ओम प्रकाश पन्थी, वल्ड भिजन नेपाल बुटवल क्षेत्र विकास कार्यक्रम प्रमुख प्रेम प्रसाद धिताल, तराई विकास मञ्च भैरहवाका प्रमुख तलसिंह पुन, अन्नपुर्ण विउ उत्पादक कृर्षी सहकरी संस्थाका अध्यक्ष निर बहादुर राना, मोतिपुर उप स्वाथ्य चौकीका प्रमुख विश्व बन्दु विनय, ज्ञान पुञ्ज विद्या मन्दिर स्कुलका प्रीन्सीपल केशवराज कण्डेल, समाजसेवी पल्टन थारु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कार्याक्रममा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका  मादपकडीका अध्यक्ष पुन्यराम गौतम, नेपाली कांग्रेसका गाविस  सभापती मनोहर प्रसादराज भण्डारी, नेकपा–माओवादीका गाउ कमिटि अध्यक्ष ऋषिराम थारु, एकिकृत नेकपा माओवादीका रामु चौहान, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष अमृत गाहा मगर, फोरम लोकतान्त्रीकका बेनी प्रसाद मुल्लाह, महिला स्वयम सेवीका पुष्पा चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा पुर्ण खोप गाविस घोषणा गर्नमा सहयोग पु¥याएको भन्दै महिला स्वम सेवीका तथा कर्मचारीहरुलाई मायाको चिनो र  प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
तस्वीर विवरण 
 पुर्ण खोप गाविस घोष्णा गर्ने कार्यक्रममा थारु संस्कृतीको नृत्य प्रस्तुत गर्दै एक थारु समुदायका महिला । तस्वीरःकृष्ण खनाल/बुटवल टुडे । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती