लागूपदार्थ दुव्यर्वसनी विरुद्वको अभियानमा प्रहरी

कृष्ण खनाल
बुटवल, २४ फागुन । 

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूपद्धार्थ  विरुद्वका जनचेतना मुल कार्यक्रमलाई तिब्रता  दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख विक्रम  सिंह थापको नेतृत्वमा विभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमसमेत आयोजना हुदै आएको छ ।

 केही दिन अगाडी लागू पदार्थको सम्बेदनशिल मानिने रुपन्देहीको देवदह गाविसमा सयौ विद्यार्थी, आमा समुह, स्थानिय बुद्धिजिवी, महिला  स्वयम सेविका तथा अन्य सरोकारवाला निकायहरुको सहभागीतामा जनचेतना ¥याली निकालिएको थियो ।  कार्यक्रममा सहभागीहरुले पछिल्लो उर्जावान युवा शक्ति लागू पदार्थको दुव्यवसनीमा फस्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । 
सोही अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्र्तगत प्रहरी ईकाई श्रवणपथले आयोजना गरेको  जनचेतनामुल ¥यालीमा सयौं विद्यार्थी, आमा समुह, सरोकारवाला नियकाहरुको सहभागीतामा रहेको थियो । जुन कार्यक्रमका सहभागीहरुले पछिल्लो पुस्तामा बढ्दै गएको लागू पदार्थ दुव्यसर्नीको  लत प्रति चिन्दा व्यक्त गरेका थिए । 
कार्यक्रमा प्रमुख अतिथी रहेकका रुपन्देही प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाले लागुओषधको अबस्था बुटवलमा भयबहक भएकोले तस्करी रोक्न प्रहरीले कडा कदम चालेको बताएका थिए । 
उनले लागु ओषध तस्करहरु भेट्टाए खुटा भाँचेर ल्याउन स्थानियबासीलाई आग्रह गर्दे त्यसको जिम्मा आफुले लिने पुरानो कुरा दोहो¥याए । उनले भने–‘ओषध तस्करहरु र नाईके भेट्टाए खुटा भाचेर ल्याउन त्यसको जिम्मा म लिनेछु ।’ उनले बन्दुक चलाउने भन्दा लागु ओषध तस्कर खतनाक भएको बताउदै गोलीले एक जनाको हत्या गर्ने तर लागु ओषध तस्करले समाजको हत्या गर्ने भएकोले जुन सुकै हालतमा पनि रोक्नुपर्ने  धारणाराखेका थिए ।  
उनले बुटवलमा राजमार्ग तथा सिमा नाक सग जोडिएको क्षेत्र भएकोले पनि लागु ओषध तस्करहरुले युबाहरुलाई बिभिन्न प्रकारले कुलतमा जालोमा फसाएको बताएका थिए । लागु ओषध मुक्त क्षेत्र निमार्ण गर्न प्रहरीले नगारीकसग हातेमालो गरेर काम गर्ने उनको भनाई रहेको छ । 
बुटवलको निकालिएको जनचेतनमुक ¥यालि अस्पताल लाईनबाट निकालिएको ¥यालि महेन्द्र पार्क, मिलन चोक ,खुख्खानगर हुदै दिपनगर पुगेर कोण सभामा परिणत भएको थियो । यालिपछि आयोजित सभामा नेपाली काग्रेसका क्षेत्रीय सभापनि हरि बहादुर आर्चाय क्षेत्रीले लागु ओषध तस्करका बिरुद्ध दलहरु खुलेर लाग्नु पर्ने बताएका थिए ।  सिद्धेवर लाल कुमारी उच्च माबिका अध्यक्ष सिव सुबेदीले बिद्यालय स्तरमा बाटै लागु पदार्थ सबेन गर्ने भएकोले विद्यालय तथा अभिभाबले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।  
मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सदस्य गोबिन्द खनालले लागू ओषधले समाजलाई  गाँजेको भन्दै नियन्ण गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए ।  कार्यक्रमा मा स्थानिय समाजसेबी भिम श्रेष्ठ, सिद्देश्वर लालकुमार उच्च माविका प्राचार्य नारायण प्रसाद गौतम लगायत बुटवललाई लागूऔषध मुक्त क्षेत्र बनाउनको लागी आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका थिए । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती