भत्कायो सडकले मापदण्ड भित्रका भवन

 समाचार प्रभाव

कृष्ण खनाल 
 बुटवल, 21 फागुन ।
सडक विस्तारको क्रममा ‘सडक मापदण्ड’ भित्र परेको भौतिक संरचनामा तुरुन्त डोजर चलाउने सडक विभाग डिभिजन सडक–४ नम्बर बुटवलले आफ्नो स्वामित्वमा रहेका मापदण्ड भित्रका भवन भत्काउन आलटाल गरेको थियो ।
सडक मापदण्ड (८२ फिट) भित्र पर्ने आफ्नो डिभिजन सडक कार्यालयको ४ वटा भवनका केही कोठाहरु भत्काउनको लागि सडक विभागले आनाकानी गर्दै आएको समाचार माघ २५ गते बुटवल टुडे  दैनिकमा प्रकाशन भएपछि अहिले आएर भवनहरु भत्काउन सुरु गरेको छ । 
सडक मपदण्डअनुसार (८२ फिट) भित्र  पर्ने बुटवलको नयाँ बषपार्क नजिकै रहेको डिभिजन सडक कार्यालययको स्वाभित्वमा रहेको ४ वटा भवनको ४ वटा कोठा मापदण्डभित्र पर्ने भन्दै भित्रबाट वाल (पर्खाल) लगाएको करिब एक बर्ष पछि सडकले कामदार लगाएर भत्काउन थालेको हो । गत आईतबार बाट भवनहरु भत्काउन सुरु गरेको सडक डिभिजन कार्यालय–४ नम्बर रुपन्देहीले जनाएको छ । 
अघिल्लो बर्षको  असार महिनामा बुटवलको फोरलेनसडक (नाम सिक्सलेन) विस्तारको क्रममा मापदण्डभित्र पर्ने अहिले ईलाका प्रशासन कार्यालय बुटवल रहेको १ भवन  र अन्य ३ वटा अवासको लागि प्रयोग भएकाभवनका केही कोठा भित्रबाट पर्खाल लगाइएको थियो । जुन भवनका कोठाहरु यौनक्रिढा गर्ने स्थानको रुपमा परिणत भएका थिए । 

नयाँ बषपार्क नजिकै रहेको उक्त स्थानमा  अनौतिक क्रिायाकलाप गर्नेहरुको लागि सजह स्थान बन्नुको साथै ‘यौन अखडा’ मा समेत परिणत भएको थियो । 
सरकारी लागतमा निर्माण गरिएका उक्त भवनका केही कोठाहरु भित्रबाट पर्खाल लगाएर छेकिएको थियो जुन कोठाहरु कार्यालय परिषर भित्र पर्ने थिएन्न जसमा पछिल्लो समयमा  अनैतिकक्रिलायकलाप हुने गरेको थियो तर यसमा प्रशासनको आँखा जान सकेको थिएन । 
सरकारी कार्यको लागि प्रयोजन नभएका कोठाहरुअनैतिक क्रिायकलपा गर्ने र बेवारिसे मानिसहरुले बस्ने थालो बन्ने गरेको स्थानियको पटक पटक कुरा  उठाएका थिए । 
केही कोठाहरुको ढोका बन्द  गरिएको भएपिन त्यसलाई फोडेर होस  सहज रुपमा भित्र जान मिल्ने बनाइएको थियो ।  भने कुनै कुनै कोठमा भने झ्यालबाट नै भित्र जाने बाटो समेत बनाइएको थियो । 
उक्त कोठाहरुको कण्डम तथा अन्य यौजनन्य बस्तुहरु छरप्रस्ट रुपमा देख्न सकिन्थ्यो ।   सरकारी लगानीमा निर्माण भएका उक्त भवनको केही कोठाहरुलाई समयमै नभत्काइएकको भए यो विकृतरुप अझ बढ्न सक्ने जानकारहरु बनाई रहेको छ । तर अहिले पछिल्लो समयमा आएर ढिलै भएपनि सडक डिभिजन कार्यालय बुटवलले उक्त सडक मापदण्ड भित्रका भावनहरु भत्काएर   एउटा उदाहरणीय काम गरेको छ ।
http://www.sajhasabal.com/rupandehi/news/484157129236



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती