घरेलु मदिरामा ‘भित्री बस्त्र’

कृष्ण खनाल 
बुटवल, २९ फागुन

के तपाईको  नियमित रुपमा वा कतै फाट्ट फुट्ट लुकिछिपी घरलु मदिरा पिउने गर्नुभएको छ ? यदि त्यसो हो भने तपाईले मदिरा संगै अन्य निकृष्ठ बस्तुहरु समेत खाने गर्नुभएको छ ।  

बुटवलमा केही दिन यता प्रहरीले सञ्चालन गरेको घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ । प्रहरीले बुटवल लयायत आसपासका क्षेत्रहरुबाट
मदिरा बनाउने स्थानबाट नियन्त्रणमा लिएको मदिरा बनाउने कच्च पादर्थ (जाँड)मा महिलाले पहिरिने भित्री बस्त्र पेन्टी, ब्रा तथा कट्टु समेत मिसाउने गरेको पाइएको हो । यसको अलवा स्थानिय लोकल रक्सी बनाउने व्याक्तिहरुले जुत्ता, चप्पल र मोजा समेत मिसाउने गरेको प्रहरीले फेला परेको छ ।
वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरिक्षण राजेन्द्र श्रेष्ठका अनुसार प्रहरीले गएको तिन दिन यता बुटवलका रामनगर, शिवनगर , दिपनगर र देवदह गाविसको चरङ्गेका विभिन्न घरेलु मदिरा बनाउने स्थानहरुमा छापा मारी भारी परिमाणमा घरेलु मदिरा र अहिले सम्मकै सबैभन्दा बढि मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ(जाँड) नियन्त्रणमा लिएर नस्ट गरिएको छ । 
रक्सी बनाउनको लागि तयारी अवस्थामा राखेको जाँड (पास)  १ सय ड्रम नियन्त्रणमा लिएर नष्ट गरिएको छ भने २ हजार लिटर घरेलु मदिरा पनि नियन्त्रणमा लिएर नष्ट गरिएको छ । 
‘विगतका दिनहरुमा घरेलु मदिरा मात्र नियन्त्रणमा लिएर छोड्ने गरिएको कारण पुनः मदिरा बनाएर विक्रि गर्ने गरेको पाइएको  थियो ।’ वडा प्रहरी कार्यालय रामनगर बुटवलमा प्रमुख राजेन्द्र श्रेष्ठले भने –‘त्यी भएर हामीले अहिले मदिरा बनाउने भाँडा समेत नियन्त्रणमा लिएका छौ ।’
 उनले अहिले प्रहरीले चलाएको घरेलु  मदिरा नियन्त्रण गर्ने अभियान घरेलु मदिरा उत्पादन पुर्ण रुपमा बन्द नहुदा सम्म जारी रहने बताएका छन् ।  प्रहरीले अहिले सञ्चालन गरेको यो अभियनाबाट यस क्षेत्रको शान्ती सुरक्षामा थप टेवा पुग्ने प्रहरीले जनाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती