सुर्ती खाए प्रहरी फन्दामा !

कृष्ण खनाल 
बुटवल, १८ फागुन 
तपाईंको नियमित सुर्तीजन्य बस्तु सेवन गर्ने बानी छ ? यदि घर वाहिर निस्कदा सार्वाजनिक स्थानहरुमा सुर्तीजन्य बस्तुहरु सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला । किनभने प्रहरीले तपाईंलाई सर्वाजनिक स्थानमा सुर्ती जन्य वस्तु सेवन गर्दै गर्दा अव जस्तो सुकै अवस्थामा पनि प्रहरीले नियन्त्रणम लिन सक्ने छ ।
बुटवलमा पछिल्लो समयमा शान्ती सुरक्षा सुदृढ बनाउनको लागि सुरु गरेको अभियान अन्र्तगत सार्वजनिक स्थानहरुमा सुर्ती जन्य वस्तु सेवन गर्ने व्याक्तिहरुलाई नियन्त्रणमा लिई अवश्यक कारवाही गर्ने प्रहरीले नयाँ रणनीति ल्याएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले संयुक्त रुपमा आज(सोमबार) देखि शान्ती सुरक्षा अभियान अन्र्तगतका ६ वटा विषयमा विभिन्न सुधारका कामहरु लागु गर्दै छ ।
ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलिले विभिन्न दुव्यर्वसनी नियन्त्रण गर्ने उदेश्यका साथ सार्वजनिक स्थानमा हो हल्ला गर्ने, शान्तीपूर्ण वातावरणमा असर पार्ने क्रियाकलाप गरेमा नियन्त्रणमा लिई तत्काल कारवाही गर्ने भएको हो ।
त्यस्तै प्रहरीले सार्वजनिक गरेको शान्ती सुरक्षा व्यवस्थित अभियानको दोस्रो बुँदामा सार्वजनिक स्थानहरुमा सुर्तीजन्य बस्तुहरु सेवन नियन्त्रण लागि ‘सुर्ती जन्य बस्तु सेवन नियन्त्रण प्रहरी दस्ता टोली खडा गरिएको छ ।’ भनेर उल्लेख गरिएको छ ।
सोही बुँदामा यसरी सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्याक्तिलाई पहिलो पटक सम्झाई बुझाई गरिने र यदि दोस्रो पटक पनि उक्त प्रवृत्ती दोहोरिएमा सार्वजनिक ऐन अन्र्तगत मुद्वा समेत चलाउन सकिने जानाएको छ ।
त्यस्तै प्रहरीले सडकमा हिड्ने छाडा चौपाया नियन्त्रण गर्ने, यसको लागि विभिन्न संघ संस्था तथा कार्यालयहरु संग सहकार्य गर्ने भएको हो । बँुदा नम्बर ३ मा सवारी साधान दुर्घटना नियन्त्रण तथा न्यूनीकरणको लागि सहकार्य गर्दै निरन्तरता दिने उल्लेख गरेको छ ।
त्यस्तै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्याक्तिहरुलाई दिउसो र रातको समयमा अस्थाई ‘चेक प्वाईन्ट’ खडा गरी कडाई गर्ने जनाएको छ । जुन कार्य विगतका दिनहरुमा पनि गर्दै आएको थियो । आगामी दिनमा यसलाई निरन्तता दिने प्रहरीले जनाएको छ ।
यती मात्र होईन प्रहरीले लामो कपाल पाल्ने तथा शरिरका विभिन्न स्थानहरुमा ट्याटु खोप्ने र शरिरका विभिन्न भागमा मुद्रा लगाउने व्याक्तिहरुलाई पनि निगरानीमा राखेर कारवाही गर्ने भएको छ ।
यसरी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने व्याक्तिहरुलाई नियन्त्रणमा लिई अभिमुखिकरण गरी छोड्ने र उनीहरुले ५÷५ जना थप व्याक्तिहरुलाई ‘नो ड्रिंक एण्ड ड्रईभ’ को जनचेतना फैलाउनको लागि सुझाब दिने बताइएको छ ।
प्रहरीको बुँदा नम्बर ५ मा सिनेमा हल, ट्टाटु सेन्टर, चौतारी, अस्पताल परिषर, पार्क तथा पुल हाउसमा समेत सादा पोशाकमा प्रहरी परिचालन गरी निरन्तर निगरानी गर्ने जनाएको छ ।
बँुदा नम्बर ६ मा होटल, लज, रेष्टुरेष्टहरुको नियमित तथा छ्ड्के चोकजाँचलाई निरन्तरता दिने जनाएको छ ।
नेपालमा सूतिर्जन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा धुमपान गरेको पाइएमा पहिलोपटक सम्झाई बुझाई गर्ने र दोस्रोेपटक पनि धुमपान गरेको पाइएमा १ सय रुपिया“ जरिवाना गर्ने व्यवस्था गरेको ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरिक्षक सोम थापाले जानकारी दिए ।
नेपाल सरकारको ऐनमा सरकारी कार्यालय हाता भित्र धुमपान सेवन निÈेधित लेखिएको सूचना टा“स नगरिएको पाइएमा पा“च हजार जरिवाना गर्ने व्यवस्था छ । त्यसैगरी गर्भवति महिला तथा १८ वर्È मुनिका बालवालिकाले सूतिर्जन्य पदार्थ बिक्री तथा खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।
त्यसै गरी प्रहरीले विभिन्न समयमा विभिन्न घटना रसंलग्न रही फरार रहेका विभिन्न व्याक्तिहरुलाई पक्राउ गर्ने अभियान तिब्र रुपमा अगाडी बढाएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती