विकास पखिरहेको गाँउःज्यामीरे

कृष्ण खनाल 
बुटवल,१२ चैत । 

बुटवल नगरपालिका भित्र नै एउटा यस्तो बस्ती छ जहा विजुलीको त कुरै छाडौ सडक यातायातले समेत छुन सकेको छैन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्ने कुरा रहेन अव । बुटवल नगरपालिका वडा नम्बर १४ मा एउटा यस्तो बस्ती छ  जहा न्युनतम आधाभुत विकास निर्माणको आभास त्यहाका स्थानिय जनताहरुले पाउन सकेका छैन्न । 
वि.स. २०३९ सालमा पाल्पा जिल्लाका विभिन्न स्थानहरुबाट आएका मानिसहरुको बस्ती रहेको छ उक्त गाउमा । बुटवल नगरपालिका वडा नम्बर १४ अन्र्तगत चारपाला सामुदायिक वनको  करिव मध्यभागमा रहेको ‘ज्यामिरे बस्ती’  साँचै नै उपेक्षित बनेको छ । मंगलबार उक्त स्थानमा गएको केही सञ्चार कर्मीहरुको टोलिले उक्त  बस्तीको स्तलगत अध्ययन गरेको थियो । 
बुटवल नगरपालिका  कार्यासम्पादन तथा मुल्यांकनको आधारमा अघिल्लो बर्ष नेपालकै नमुना नगरपालिका घोषणा भएको थियो । तर त्यहि नगरपालिका भित्रको एउटा बस्ती जसमा स्थानिय निकायको कुनै पनि ध्यान जान सकेको छैन ।  उक्त बस्ती प्रकृतीक रुपमा यति सुन्दर छ की त्यहा जाने जो कोहीको मन एका एक चङ्गा हुन्छ । जम्मा ८ वटा मात्र घर रहेको छ  उक्त बस्तीमा २ घर घर्तिको रहेको छ भने १ घर क्षेत्री र अन्य ५ घर गाहा समुदायको रहेको छ । 
वि.स.२०३९ सालमा उक्त स्थानमा आएर बसोबास गरिरहेका नन्दविर गाहा मगरले सञ्चारकर्मीहरु संग लामै गुनासो पोखे । ४९ बर्षिय गाहाले भने–‘नगरापलिका भित्र  रहेर पनि  सरकारको कुनै आभास पाइएन ।’  दुःख सुःख गरेर जेनतेन जिवीको पार्जन गर्र्दै आएको बताउने गहाले उक्त स्थानमा विद्यालयको पहुँच नहुदा करिव ८ किलोमिटर हिडेर विद्यार्थीहरु बुटवल–१४ तामनगरमा रहेको दुर्गा भवानी उच्च माविमा आउने गरेका छन । गाउबाट अहिले कक्षा २ मा  अध्यायरत विद्यार्थी देखि लिएर कक्षा १२ सम्म पढ्ने जम्मा ७ जना विद्यार्थीहरु  तामनगर अध्ययनको लागि आउने गरेका छन । 
पाल्पाको कोलडाँडा गाविस वडा नम्बर ६ बाट उक्त  स्थानमा बसाई सेर आएका नन्दविर गाहा मगरले उक्त स्थानमा सडक यातायातको पहुच हुन सकेकामा साच्चै उक्त स्थान नमुना गाउ बन्न सक्ने बताए । उनले भने–‘खाने पानीको कुनै चिन्ता छैन, विजुली र बाटो भए हाम्लाई अरु केही चाहिदैन ।’
विद्यालय टाढा भएको कारण  केटा केटी पढाउनको लगि समेत समस्या परेको  स्थानियको गुनासो रहेको छ । त्यहाका स्थानिय बासिन्दाहरुले कृर्षी, पशुपालन गरेर जिविको पार्जन गरेका छन । खेती पातीमा धेरै जसो दलहन बाली लगाउने गरेको उनीहरुको भनाई रहेको छ । यसको अलबा खाद्यान्न बाली धान, मकै , गहुँ समेत लगाउदै आएका छन । पशु पालनमा उनीहरुले गाई, गरु , धेरै जसो बाख्रा र कुखुरा पाल्ने गरेका छन । भैसी पाल्नको लगि त्यहा उपयुक्त वातावरण छैन कारण हो डाँठ रोगको कारण भैसी मर्ने गर्दछन । 
खेतीपातीमा पनि उनीहरु मकै तथा गहु लगाएको समयमा बाँदर खाने, गावारो रोग लाग्ने समस्याले समेत थप मारमा ज्यामिरे बस्ती रहेको छ । 
कुल ४९ जना मानिसहरुको बसोबास  रहेको उक्त स्थानमा  प्रमुख समस्याको रुपमा बाटो र विजुल रहेको पुर्व जन प्रतिनिधी तिल बहादुर रोकायले बताउदछन । अहिले तामनगरमा बस्दै आएका रोकायले ले राज्यको हेपाहा दृष्टिकोणको कारण ज्यामिरे बस्ती ओझेलमा परेको  जानकारी दिए । स्थलगत  भ्रमणको क्रममा ज्यामिरे पुगेका रोकायाले भने–‘यहा का जनसंख्या कम रहेको छ तर त्यसलाई आधार मानिनु  हुदैन ।’  उनले उक्त स्थानलाई धाम्रीक पर्यटकिय क्षेत्र निर्माणको विशेष संभावना रहेको बताए । ‘बाटो र शिक्षा, विजुली प्रमुख समस्या हो’–रोकायाले भने । 
उता उक्त स्थानकी २५ बर्षीय देवकुमारी गाहाले पनि विरामी पर्दा र छोराछोरी पढाउनको लागि २÷३ घण्टा पैदल हिडेर जानुपर्ने बाध्याता रहेको भन्दै उपयुक्त स्थान पाएमा आफुहरुलाई स्थानानतरण गरिदिनको लागि स्थानिय निकाय संग माग गरिन् । उनले भनिन्–‘छोरा छोरी विरामी हुँदा आपत हुन्छ छिटो अस्पाताल पु¥याउन सकिन्न जसले गर्दा हाम्लाई समस्या छ ।’
त्यस्तै कालेडाँडा गाविस पाल्पाबाट आएकी ५० बर्षिय राज कुमारी गाहामनगरले बजार जानको लागि दुःख भएको बताईन् । बिरामी अवस्थामा रहेकी उनले भनिन्–‘दुःख विरामी हुदा समयमै उपचार पाउन सकिन्न के गर्ने सरकारले हेरेन ।’ 
सडक यातायातको पहुच हुन सकेमा त्यहाका स्थानिय बासिन्दाहरुको मुहार फेरिने अपेक्षा लिइएको छ । 
बुटवल नगरपालिकाले अनुदानमा उक्त बस्तीकोे लागि  सोलार  दिएको छ । खानेपानीको लागि एमालेका तत्कालिन मेयर भोज प्रसाद श्रेष्ठ हुँदा पाईप दिइएको छ । तर सडक यायातात र विजुलीअहिले सम्म गाउका जनताले महसुस गर्न पाएका छैन्न । 
उक्त  बस्तीमा होम स्टे सञ्चालन र्ग सकेमा र एउटा रिर्साट निर्माण गर्न सकेका साच्चै ज्यामिरेको साच्चै विकास हुनेमा दुईमत छैन । 

तस्वीरः ज्यामिरेको एक बस्ती 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती