आजबाट प्रवेशिका : लुम्बिनीबाट ५० हजार बढि विद्यार्थी सहभागी


कृष्ण खनाल
बुटवल, ४ फागुन । 
आजबाट एसएलसी परिक्षा  प्रवेशिका परिक्षा अर्थात एसएली सुरु हुदै छ । लुम्बिनी अञ्चलमा परिक्षाको  सबै तयारी  पुरा भएको विभिन्न जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।  जिल्ला–जिल्लामा परिक्षा मर्यादित बनाउनको लागि अचार संहिता र अनुगमन टोली समेत गठन गरिएको छ । केन्द्र, जिल्ला र स्थानिय स्तरबाट समेत अनुगमन हुने जनाइएको छ । परिक्षाको लागि जिल्लाका सबै परिक्षा केन्द्रहरुमा  प्रश्न–पत्र र उत्तर पुस्तीका सिट पुगीसकेको समेत जनाइएको छ । यस बर्षको प्रवेशिका परिक्षामा लुम्बिनी अञ्चलबाट ५० हजार बढि विद्यार्थीहरु सहभागी हुदै छन् । 
लुम्बिनी अञ्चलका ६ जिल्लाहरु कपिलवस्तु, रुपन्देही , नवलपरासी , पाल्पा, गुल्मी र अर्घाखाँचीबाट  ५० हजार ४ सय ९२ जना विद्यार्थीले एलएलसी परीक्षा सहभागी हुदै छन् ।  जसमा नियमित तर्फ ४० हजार ७ सय ५० रहेका छन् भने, आंशिक ९ हजार ७ सय ४२ जना रहेको बताइएको छ ।  
परिक्षार्थी मध्ये लुम्बिनी अञ्चलमा  सबैभन्दा बढी रुपन्देहीका  विद्यार्थीहरु सहभागी हुदै छन् ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाका अनुसार यस बर्ष को प्रवेशिका परिक्षमा १४ हजार ८ सय ९० जना विद्यार्थीहरु सहभागी हुदै छन् । नियमिततर्फ १३ हजार १ सय ७८ र एक्जाम्टेड तर्फ  १ हजार ७ सय १२ जना परिक्षार्थी रहेका छन् ।  रुपन्देहीबाट १ सय ३२ संस्थागत विद्यालय हरु र  १ सय २९ सामुदायिक विद्यालयबाट विद्यार्थी परीक्षामा सहभागी हुदै छन् । जिल्लामा ५२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा  अधिकारी थापाले जानकारी दिए । 
यस वर्षको एसएलसी परिक्षामा अर्घाखाँचीबाट ४ हजार ९ सय ३७ विद्यार्थी सहभागी हुदै छन् । नियमित तर्फ ३ हजार २सय ३५ एक्जाम्टेड तर्फ १ हजार ७ सय २ जना सहभागी हुदैछन् ।  नियमित तर्फ छात्रा १ हजार ७ सय ६७ एक्जाम्टेड तर्फ छात्रा १ हजार १ सय ४८ विद्यार्थी रहेको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताए । 
१६ परिक्षा केन्द्र रहेको अर्घाखाँचीमा १६ केन्द्रध्यक्ष,२२ सहायक केन्द्राध्यक्ष १ सय ९८ जना निरिक्षक, ६७ सहयोगी २ सय ४० सुरक्षाकर्मी खटाईएको जिशिअ धामीले जानाकारी दिए । यस पटक १ सय ६७ विद्यार्थी परिक्षा दिनबाट वञ्चित भएका छन् । परिक्षाको मापदण्ड पुरा नभएको भन्दै परिक्षा दिनबाट १ सय ३ जना छात्रा ६४ छात्र विद्यार्थी वञ्चित भएका हुन् । परिक्षाको सबै तयारी पुरा भएको जनाईएको छ ।  यस वर्षको परिक्षामा छात्राहरुको संख्या बढी रहेको छ ।
त्यस्तै कपिलवस्तुबाट ६ हजार ९ सय ५५ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हु“दै छन् । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका अनुसार नियमिततर्फ ५ हजार २ सय १२ र एक्जाम्टेडतर्फ  १ हजार ७ सय ४३ जना विद्यार्थी सहभागी हुने बताएको छ । जिल्लाभरका कूल ६६ सामुदायिक, ३४ संस्थागत  विद्यालय सहभागी रहेका छन् ।  जिल्लामा २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 
नवलपरासीबाट  १२ हजार ३० जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जसमा नियमिततर्फ १० हजार ४७ तथा एक्जाम्टेड तर्फ १ हजार ९ सय ८३ विद्यार्थी रहेको बताइएको छ । जिल्लामा ४० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  
पाल्पाबाट पाल्पा जिल्ला बाट ५ हजार ७ सय ९० जना परिक्षार्थीहरु सहभागि हने भएका छन । जसमा नियमित तर्फ ४ हजार ६ सय ८ जना र एक्जाम्टेड तर्फ १ हजार १ सय ८२ जना विधार्थी परिक्षामा सहभागी हुदैछन ।  जिल्लामा १०३ वटा सामुदायिक विधालय बाट नियमित तर्फ ४ हजार १ सय ६४ जना, एक्जाम्टेड तर्फ १ हजार १ सय ६६ जना गरी ५ हजार ३ सय ३० जना, र १३ वटा निजी तथा संस्थापक विधालय बाट नियमित तर्फ ४ सय ४४ जना र एक्जाम्टेड तर्फ १६ जना गरी ४ सय ६० जना विधार्थीहरुले एस एल सी परिक्षा दिदै छन ।
 यस बर्षको एस एल सी परिक्षामा पाल्पामा २३ वटा परिक्षा केन्द्रहरु निर्धारण गरिएको छ । निर्धारित २३ वटा केन्द्रमध्ये सवैभन्दा बढी दमकडा उच्च मावि मदनपोखरा बाट ४ सय १९ जना परिक्षार्थी र सवै भन्दा कम किसान उच्च मावि झडेवा १ सय ५७ जना विधार्थी परिक्षामा सहभागी हुदैछन । यस बर्ष देखी जिल्लाको मोहनकन्या उच्च मावि बाट कम्प्युटर र लक्ष्मी उच्च मावि बाट कृषि गरी २ वटा विधालय ६२ जना विधार्थीले प्राविधिक विषयमा र खुला विधालय बाट ५७ जना एस एल सी परिक्षा दिदै छन । यसै गरी दमकडा उच्च मावि बाट ३ जना छात्रा र १ जना छात्र ४ जना दृष्टिविहिन परिक्षामा सहभागि हुदैछन । 
गुल्मीबाट कुल ५ हजार ७ सय ४७ जना सहभागि हुने भएका छन् ।  त्यस मध्ये नियमिति तर्फ ४ हजार  ३ सय २५ जना र एक्जामटेड तर्फ १४ सय २२ जना सहभागि हुने छन् । ढकालले दिएको विवरण अनुसार यसपाली गुल्मीबाट परिक्षा दिनेमा छात्र भन्दा छात्राहरु बढि रहेका छन् । २ हजार २ सय १८ छात्र  एसएलसी परिक्षामा सहभागि हुने भएका छन भने छात्राहरुको सख्या २ हजार २ सय १८ अर्थात १ सय भन्दा बढी रहेका छन् ।      जिल्लाका कुल १ सय ३४ मावि र उच्च मावि सहभागी मध्ये १५ वटा मात्र संस्थागत विधालय हुनेछन् ।   जिल्लाभर कुल ३० वटा परिक्षा केन्द्र रहने सहायक जिल्ला शिक्षा अधिकारी ढकालले बताए । 
३० जना केन्द्रअध्यक्ष नियुक्त गरिसकिएको र ३१ जना सहायक केन्द्र अध्यक्ष २ सय ३५ जना निरीक्षकहरु र ७७ जना सहायक कर्मचारी मनोयनको प्रक्रियामा रहेको उनले बताए । त्यस्तै जिल्ला शिक्षा कार्यालयवाट ७ जना पदाधिकारी परिक्षा मर्यादित बनाउन खटाईसकिएको र परिक्षा शुरु भएपछि त्यस कार्यालयवाट १७ जना अधिकृतहरु र २१ वटा स्रोत केन्द्रका १६ जना स्रोत व्यक्ती पेशागत संगठनका ५५ जना अनुगमनमा खटिने छन् ।  
 त्यस्तै गुल्मीमा  सबैभन्दा बढी विधार्थी परिक्षामा सहभागी हुने केन्द्र श्रृङ्गगा जनता उच्च मावि केन्द्र बनेको छ । सबैभन्दा कम सहभागी चक्रेश्वर उच्च माध्यमिक विधालय शान्तिपुर केन्द्र हुनेछ । श्रृङ्गगाको केन्द्रमा ३ सय ५२ जना र शान्तिपुर केन्द्रमा १ सय १ जना सहभागी हुने भएका हुन् । विधालयमा नियमित हाजिर नहुने लगायतका मापदण्ड विपरित भएका १ सय २७ जना विधार्थीहरुले यसपाली एसएलसी परिक्षा दिन नपाउने भएका छन् । यसपालिका वालिका वलत्कारको अभियोगमा जिल्ला कारागारको थुनामा रहेका एक जना युवाले यसएलसी परिक्षा दिने भएका छन् ।  दुबै हात नभएका र दृष्टिविहिनहरुलाई एक एक जना सहयोगी दिने व्यवस्था मिलाईएको छ । 
यस वर्षको एसएलसी परीक्षा चैत ५ गतेदेखि १३ गतेसम्म हुने छ ।  यस वर्ष  देशभकार ५ लाख ७१ हजार ३ सय ९३ विद्यार्थीले एसएलसी दिदैछन, जसमा नियमिततर्फ ४ लाख २६ हजार २ सय १० र एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना रहेको परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले जानकारी दिएको छ । 
आज पहिलो दिन अनिवार्य अंग्रेजी, चैत ६ मा अनिवार्य नेपाली, ८ गते अनिवार्य गणित, ९ गते अनिवार्य विज्ञान, १० गते अनिवार्य सामाजिक र ११ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विÈयको परीÔा हुनेछ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण् 

रुपन्देहीबाट पहिलो पटक टिएसएली
बुटवल, ४ चैत । सरकारले पहिलो पटक व्यवस्था गरेको टीएसएसलीमा यस बर्ष रुपन्देहीका ३ वटा विद्यालयहरुले सहभागीता जनाएका छन् । देशभरबाट ९९ वटा विद्यालयका विद्यार्थीहरु सहभागीता रहेकोमा रुपन्देहीबाट कालिका उच्च मावि बुटवल, नवरत्न उच्च मावि सेमलार  र नविन औद्योगीक  उच्च मावि बुटवलबाट विद्यार्थीह १  सय २० जना विद्यार्थीहरु सहभागी हुदै छन् । ग्रेडिङ्ग प्रणाली अनुसार परिक्षाको प्राप्ताङ्ग दिईने रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जानकारी दिए । 
कुन जिल्लाबाट कति ?
जिल्ला नियमित एग्जाम्टेड जम्मा 
रुपन्देही       १३,०१७८    १,७१२   १४,८९०  
कपिलवस्तु ५,२१२ १,७४३ ६,९५५
नवलपरासी १०,०४७ १,९८३ १२०३० 
पाल्पा        ४,६०८  १,१८२   ५,७९० 
गुल्मी        ४,३२६  १,४ २०   ५,७४७
अर्घाखाँची  ३,०३५   १,७० २      ४,९३७


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती