महायज्ञबाट बहुउदेश्य भवन निर्माण

कृष्ण खनाल
बुटवल, १८ फागुन ।
 विभिन्न समयमा विभिन्न उदेश्य
का साथ महायज्ञ लगाउने गरिन्छ । कुनै महायज्ञ धार्मिक पुन्य कमाउने उदेश्यले लगाइएको हुन्छ भने कुनै महायज्ञ विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले । कुनै महायज्ञमा  दाताहरुले कबोल गरेअनुसारको रकम उपलब्ध नगराएको समेत गुनासो आउने गर्दछ । तर रुपन्देहीको सैनामैना नगरपालिका–१० मा वि.स.२०६९ साल चैत्र २९ देखि बैशाख ७ गते सम्म लगाइएको महायज्ञबाट संकलीत रकमले २ बर्ष पछि सार्थकता पाएको छ । सैनामैना नगरपालिका–१०मा त्यस क्षेत्रकै ठुलो सभाहल, मन्दिर र विश्राम स्थल(धर्मशाला) समेत निर्माण गर्ने गरी बहुउदेश्यीय भवन निर्माण गर्ने लक्ष्य लिइएको थियो । 
सत्चिन्ततन सामुदायिक प्रतिष्ठानले आयोजना गरेको उक्त महायज्ञबाट २ करोड १४ लाख रुपैया संकलन भएको थियो । सोही संकलीत रकमबाट सोमबार बहुउदेश्य भवन शिलन्यास भएको छ ।  रुपन्देही क्षेत्र नम्बर ५ का संविधान सभा सदस्य तथा राज्यमन्त्री भरत साहले भवनको शिलन्यास गरेका हुन । 
प्रतिष्ठानका अध्यक्ष बुद्धि प्रसाद न्यौपानेका अनुसार यज्ञशेषबाट जम्मा भएको रकमबाट सैना मैना नगरपालिका–१० रामापुरमा १२ कठ्ठा क्षेत्रफलमा उक्त बहुउदेश्यि भवन निर्माणको कार्य सुरु भएको छ ।  उनी भन्छन्–‘अवको एक बर्षमा निर्माण कार्य सक्ने गरी काम अगाडी बढ्नेछ ।’ 
सैनामैना नगरविकास समितिका अध्यक्ष डिल्ली राज ज्ञवालीले  यस क्षेत्रमा निर्माण हुन लागेको सभाहल र विश्राम स्थलले सबैको  फाईदा गर्ने बताउछन् । उनी भन्छन्–‘यो सभाहल निर्माण भएपछि एक व्याक्तिको मात्र होईन, सबैको लागि फाईदा हुनेछ ।’ 
सैना मैना नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले सरकारी स्तरबाट निर्माण हुनुपर्ने विकासका पुर्वधार नीजि स्तरबाट आयोजना हुन आफैमा गौरवको विषय भएको भन्दै बर्तमान परिपेक्ष्यमा  सभाहलको अपरिहार्यता रहेको उक्त सभाहल निर्माण पछि धेरैलाई राहत पुग्ने बताउछन्  । उनी भन्छन्–‘हामी नयाँ नगरपालिमा विकासका पुर्वधारहरुको अभाव भई रहेको समयमा निर्माण हुन लागेको सभाहल र अन्य संरचनाले विकासनिर्माणको एउटा पाईला अगाडी बढेको छ , यसमा नगरपालिकाको  साथ रहनेछ,  यसरी सहयोग जुट्दै गएमा नगर समृद्ध बन्ने छ ।’ स्थानिय पवन शर्माका अनुसार बहुउदेश्यि भवनको तल्लो तलामा सहभाहल, विचको तलामा विश्राम गृह र माथिल्लो तल्लामा मन्दिर निर्माण हुनेछ ।
भवनको सिलन्यास गर्दै सभासद् भरत साह लगायत पदाधिकारीहरुःतस्वीरःकृष्ण खनाल÷बुटवल
---------------------------------------------------------------------------------
सहमतीबाट संविधानको विकल्प छैनःशाह
बुटवल, १८ फागुन । रुपन्देही क्षेत्र नम्बर ५ का सभासद्  भरत शाह ले सहमतीबाट  संविधान निर्माणको विकल्प नभएको बताएका छन् । उनले सहमती पहिलो प्रथमिकता भएको र यदि सहमती नभए प्रक्रियाबाट भएपनि संविधान जनतालाई दिनुपर्ने धारणा राखे । सत्चिन्तन सामुदायिक प्रतिष्ठान सैनामैना नगरपालिका–१० रामापुरमा बहुउदेश्यि भवनको शिलन्यास कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्री समेतरहेका नेता शाहले भने–‘अवको बाटो भनेको संविधान निर्माण संगै आर्थिक विकास गर्ने हो । ’ सन् २०१७ सम्म नेपाल लोडसेडिङ्ग मुक्त हुने सरकारको भनाई रहेको भन्दै नेता शाहले आफ्नो पार्टीले पहिलो प्रथमिकतमा विद्युत, कृषी र पर्यटन राखेको जानकारी गराए । नेपाली कांग्रेसका नेतासमेत उनले संविधान निर्माण भएमा  स्थीर सरकार बन्ने र उक्त सरकारले देशमा हजारौ विकास निर्माणका काम अगाडी बढाउने बताएका थिए । 
प्रतिष्ठानका अध्यक्ष बुद्धिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य फडिन्द्र शर्मा, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिन प्रसाद घिमिरे, सुकुम्बासी समस्या समाधान आयोगका अधयक्ष भुमिश्वर ढकाल, एकिकृत नेकपा माओवादीका ठाकुर प्रसाद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
 त्यस्तै कार्यक्रममा  नेपाल रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष कृष्ण पंगेनी, सैना मैना नगरपालिका कार्यकारी अधिकृत रोमनाथ न्यौपाने, इंगुरिया सामुदायिक वनका अध्यक्ष तोलाकान्त भट्राई, रामपुर उमाविका अध्यक्ष बाबुराम भट्राई लगायतले मन्तव्य राखेका थिए । पवन शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य खडानन्द खनालले स्वागत मन्तव्य राखेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती