लाईसेन्स वितरणमा ढिलाई , जनशक्ति भएपनि ईच्छाशक्तिको अभाव

कृष्ण खनाल
बुटवल, १९ फागुन । 

नेपाल सरकार यातायात विभागले सवारी चालक अनुमती पत्र (लाईसेन्स)को लागि छुट्टै फाँट खडा गरेपनि यस क्षेत्रमा लाईसेन्स वितरणमा  ढिलासुस्ती भएको छ ।
विभागको निर्देशन अनुसार लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयले बुटवल–१० सुख्खानगरमा फागुन ४ गतेबाट मात्र नयाँ भवन भाडा लिएर कार्यालय सञ्चालन गरेपनि उक्त कार्यालयले अहिले सम्म सिन्को भाँच्न सकेको छैन । 
 कार्यालय स्थापना भएको २ हप्ता भन्दा बढि भएको छ  ।  कार्यालय स्थापना पश्चात कर्मचारी अभावको कारण देखाउदै लाईसेन्स वितरण प्रक्रिया सुरु नगरेको लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र फाँटले अहिले  यातायात व्यवस्था कार्यालयबाट कर्मचारी गएपनि ‘होमवर्क नपुगेको’ भन्दै लाईसेन्स वितरण सुरु गर्न सकेको छैन । 
लाईसेन्स वितरण फाँट निमित्त प्रमुख उर्मिला गुवाजुले कर्मचारीकै अभाव रहेको र यातायात विभागबाट निर्देशन नआएको र कुन सवारीको कसरी लाईसेन्स खोल्ने भन्ने विषयमा छलफल नभएको कारण  लाईसेन्स वितरण सुरु गर्न नसेकको बताईन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनिन्–‘बल्ल मात्र कर्मचारी आउनुभएको छ, कसरी सुरु गर्ने भन्ने विषयमा हामी छलफल गरेर सुरु गछौ ।’
तर, लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय प्रमुख देवीराम भण्डारीले आफ्नो कार्यालयमा रहेका ५ जना सुब्बालालाई काजमा पठाएको जानकारी दिए । उनले ट्रायलको समयमा चाहिने प्राविधिक समेत आफुले पठाउने जानकारी गर्दा पनि लाईसेन्स वितरण प्रक्रिया नहुनु ईच्छा शक्तिको अभाव भएको बताए । उनले भने–‘मैले काजमा ५ जना सुब्बा पठाइदिएको छु तर किन सुरु हुन सकेको छैन लाईसेन्स वितरण मैले बुझ्न सकेको छैन ।’
लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयबाट फागुन १७ गतेबाट हाजिर हुने गरी ५ जना नायव सुब्बा तहका कर्मचारी हाजिरको लागि लाईसेन्स फाँटमा गएका छन् । यज्ञमुर्ती भण्डारी, भिम बहादुर क्षेत्री, निसाड खान, दिल्ली पोखरेल र यादव केसीले  लाईसेन्स फाँटमा गएका छन् । यातायात व्यवस्था काार्यलयले ५ जना कर्मचारी काजमा खटिएको भएपनि फाँट निमित्त प्रमुख गुवाजुले ४ जना मात्र कर्मचारी काजमा आएको  बताईन् ।  
गत साउनमा महिनामा मन्त्री परिषद्को निर्णय अनुसार लाईसेन्सको विभाग छुट्टै स्थापना गर्ने र लाईसेन्स वितरण सुरु गर्ने सरकारी निर्णय अनुसार पोखरामा केही दिन पहिलाबाट लाईसेन्स वितरण सुरु भएको छ । 
लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र फाँटमा  २५ जनाको दरबन्दी रहेको छ । अहिले जम्मा १५ जना  कर्मचारी रहेका छन् ।  फाँट प्रमुख गुवाजुका अनुसार सहायक लेखापाल २ जना, कार्यालय सहायक १ जना प्राविधिक र कार्यालय प्रमुखको दरबन्दी खाँली रहेको छ ।  
प्रमुख गुवाजुले यातायात विभागले दरबन्दी अनुसार कर्मचार नपठाएको कागमा कर्मचार पठाउदा पनि केही समस्या भएको बताईन् ।  उक्त फाँटले लाईसेन्स नविकरणको काम मात्र गर्र्दै आएको छ । 
यस क्षेत्रमा कहिले लाईसेन्स वितरण सुरु हुन्छ भन्ने कुरामा प्रमुखले यकिन नभएको बताउछिन् । उनी भन्छिन–‘ पहिला सुचना निकाल्न प¥यो, कर्मचारी अभाव छ, कहिलेबाट सुरु हुन्छ भन्न सकिन्न ।’ ट्रायल दिने स्थानमा सिसि टिभी राख्ने काम बाँकी रहेको रहेको र  अन्य पुर्वधार भने निर्माण भइकेको उनको भनाई छ । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती