तालले फेरेको एउटा युग
कृष्ण खनाल
बुटवल, १३ चैत ।
![]() |
| 071/12/13 in butwal today daily |
शेर बहादुर माझि आफ्नो गृह जिल्ला सिन्धुलीबाट कास्की जिल्लाको पोखरा आएको करिव ५ बर्ष नाघ्यो । उमेरले ३५ बर्षकाटेका माझि ५ बर्ष देखि पोखराको फेलातालमा डुङ्गा खियाउने काम गर्दछन् । उनको दैनिक आम्दानीमा हुन्छ ९ सय । जुन उनको समितिले दिने ज्यालाको आम्दानी मात्र हो । कुनै कुनै पर्यटकहरुले उनलाई छुट्टै ‘ट्रीप ’ दिन्छन् । यसरी उनको मासिक तलव महिनामा करिव ३० हजार भन्दा बढि हुन्छ । उनी संगै फेवातालमा डुङ्गा खियाएर आम्दानी गर्ने माझिहरुको संख्या अहिले ३ सय ५५ जना रहेका छन् । दैनिक ७ सय २४ वटा डुङ्गा क्यु सिस्टमका साथ सञ्चालन हुने डुङ्गालाई व्यवस्थीत गर्न फेवा डुङ्गा व्यवसायी समिति समेत गठन गरिएको छ ।
जसबाट प्रत्येक दिन एक रुपैया व्यवसायीहरुले व्यवसायीलाई दिने गर्दछन् । वि.स.२०५१ सालमा आधिकारीक रुपमा दर्ता भएर अहिले डुङ्गा व्यवसायीहरुले विदेशमा भन्दा पनि राम्रो आम्दानी गरेका छन् । फेवा डुङ्गा व्यवसायी संघका सचिव कृष्ण गिरीका अनुसार फेवा तालमा स्वदेशी पर्यटकले प्रतिघण्टा ३ सय रुपैया, विदेशीले ६ सय ५० मा डुङ्गा सयर गर्न पाउछन् । भने चालक सहित दिनभर स्वदेशी पर्यटक ४ सय र विदेशी ८ सय रुपैया मा डुङ्गा प्रयोग गर्न पाउछन् । उक्त तालबाट डुङ्गा व्यसायीमात्र नभई फेवा संरक्षण समिति(सरकारी) र फेवा मत्स्य व्यवसायी समितिले समेत आम्दानीको राम्रो स्रोत बनाएका छन् । ८.५ किलोमिटर लम्बार्ई, ४ .५ किलोमिटर चौडाई रहेको ताल पछिल्लो समयसमा खुम्जीदै गएको छ । जुन तालमा अपत्यक्ष रुपमा २ सय ५० जनाले रोजगार पाएका छन् भने १९ प्रजातीका माछाहरु मत्य व्वसायी समितिले पाल्दै आएका छन् ।
सोही लातबाट १५ सय वाटको जलविद्युत समेत उत्पादन गरिएको छ । करिव ४० घरधुरी मत्स्य व्यवसायीहरुले अहिले सोही तालको आम्दानीबाट पक्कि घर समेत निर्माण गरेका छन् । राससका पत्रका हरी बास्तोला भन्छन्–‘तालको सही रुपमा प्रयोग गरिएको कारण यहाका हजारौ स्थानियले राम्रो आम्दानी गरिरहेका छन् ।’ अर्को ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा रहेको वेगना ताल संरक्षण समितिका अध्यक्ष नेत्रलाल कण्डेलका अनुसार २ सय ५७ डुङ्गा सञ्चालनमा रहेका छन् । जसबाट महिलामा करिव ४ लाख रुपैया आम्दानी संरक्षण समितिले गर्दैै आएको छ ।
रुपन्देही जिल्लाको गजेडी गाविसमा रहेको जेजेडी तालमा त्यहको सामुदायिक वनले व्यवस्थापन गरी पिकनीक स्पटको रुपमा विकास गरेको छ । सोही रुपमा गैडहवा तालको विकास गर्न सकेमा मात्र पनि आर्थिक कार्यापलट हुने उनको तर्क रहेको छ ।
तस्वीरः फेवा तालमा डुङ्गा खिउदै माझि । तस्वीरःकृष्ण खनाल÷बु्टवल
