वनलाई पुर्नरजिवित गर्न बैज्ञानिक वन व्यवस्थापन


कृष्ण खनाल
बुटवल,१५ चैत ।
 वैज्ञानिक वन व्यवस्थापनको अवधारण वि.स.२०५७  सालमा सुरु भएको हो । नेपालमा नै पहिलो पटक वनको उपयोगीता संगै त्यसको वैज्ञानिक तवरले व्यवस्थापन गरी आर्थिक आम्दानीको पाटो दरिलो बनाउनको लागि आर्थिक बर्ष २०६८÷०६९ कपिलवस्तुको तिलौराकोट सामुदायिक साझेदारी बनमा बैज्ञानिक वन व्यवस्थापनको सुरुवात भएको मानिन्छ ।
 त्यस पश्चात रुपन्देहीमा आर्थिक बर्ष  आर्थिक बर्ष २०६९÷७० मा लुम्बिनी साझेदारी वनमा बैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु गरिएको  छ । जुन कार्य अहिले पनि जारी छ । सेक्टर वन कार्यालय बुटवलमा प्रमुख तथा लुम्बिनी साझेदारी वन कार्यक्रमका कार्यक्रम संयोजक यज्ञमुर्ती खनालका अनुसार अहिले विभिन्न चरणमा उक्त वनको बैज्ञानिक व्यवस्थापन कार्य जारी रहेको छ । उनी भन्छन्–‘सामाजिक, आर्थिक तथा वातावरणीय हिसावले उपयुक्त र वनले प्रदान गर्ने बस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै बैज्ञानिक वन व्यवस्थापन हो ।’ 
एक तथ्यांक अनुसार रुपन्देही जिल्लाको २६५११ हेक्टर  क्षेत्रफल (२०.२८ प्रतिसत) वन क्षेत्र मध्ये १५१५१  हेक्टर (५७.१५ प्रतिसत) वन क्षेत्र चुरेमा पर्दछ ।  जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख ईन्द्र बहादुर पछाईका अनुसार जिल्लामा वन संरक्षणका लागि विभिन्न  प्रयासहरुजारी रहेका छन् । जस अन्र्तगत जिल्लामा भएको वनको समुचित र प्रभावकारी व्यवस्थापन गरि समग्र वनक्षेत्रको दिगो व्यवस्थापन गर्न २० वर्षे जिल्ला वन क्षेत्र योजना, पञ्चवर्षिय वन क्षेत्र कार्ययोजना (आर्थिक बर्ष २०७०÷७१ देखि २०७४÷७५ सम्म) र चुरे वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन योजना (आ.व. २०६८÷६९ देखि २०७२÷७३ सम्म) तयार पारिएको छ । जिल्लामा राष्ट्रिय वनको १२,११२ हेक्टर वन क्षेत्रमा ९० वटा सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण भईसकेको  छ भने जसबाट ५६,३१९ घरधुरी लाभान्वित भएका छन् ।  रुपन्देही जिल्लामा एउटा मात्र  लुम्बिनी साझेदारी वन रहेको छ । १,३२१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त साझेदारी  वन बाट १६ गा.वि.स. का २१,८६४ घरधुरी लाभान्वित भएको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । 
यसको अलवा रुपन्देहीमा  २ वटा धार्मिक वन हस्तान्तरण भएका छन् जसले १५ हेक्टर क्षेत्रफल ओगटेको छ भने ८३ वटा निजी वन दर्ता भएका छन् जसको क्षेत्रफल ९०.६५ हेक्टर रहेको छ । जिल्लामा १ सय २८ वटा समूहहरु गठन भइ ८ हजार १ सय ५५ घरधुरीले करिब २ सय २५ हेक्टर सार्वजनिक तथा संस्थागत जग्गा व्यवस्थापन गरिरहेका छन् ।  रुपन्देहीमा १३ हजार ७ सय ३५ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।  नेपालमा रहेको कुल वन  क्षेत्र १४ लाख ७१ ह्जार ८ सय १० हेक्टर क्षेत्रफल रहेकोमा रुपन्देहीले करिव २० प्रतिशत क्षेत्र ओगटेको छ । 
रुपन्देही जिल्लामा शितलनगर क्षेत्रका सामुदायिक वनहरु, बाउन्नकोटी सामुदायिक वन , पाल्पाली सामुदायिक वन , जनप्रिय सामुदायिक वन , प्रगति सामुदायिक वन , बुद्ध सामुदायिक वन , बुद्ध मावली सामुदायिक वन , शंकरनगर सामुदायिक वन , करहिया सामुदायिक वनमा बैज्ञानि वन व्यवस्थापन लागु भएको छन् भने सालझण्डी क्षेत्रका सामुदायिक वनहरु,  कञ्चन सामुदायिक वन, सिंहदर्जा सामुदायिक वन, सालझण्डी सामुदायिक वन, राजापानी सामुदायिक वन, शान्ती सामुदायिक वन, झिमझिमिया सामुदायिक वन, भुल्केपानी सामुदायिक वनमा बैज्ञानि वन व्यवस्पान  कार्यक्रम लागु भएका छन् ।
बैज्ञानिक वन ब्यवस्थापन भन्नाले वन विज्ञान र यससँग सम्वन्धित अन्य विषयगत अध्ययन तथा व्यवहारिक ज्ञानको आधारमा वनजङ्गललाई  मानवहितको अनुकुल गरिने व्यवस्थापन कार्य गर्ने, वनवाट दिर्घकालिन र निरन्तर रुपमा काठ तथा अन्य वस्तु प्राप्त गर्न गरिने व्यवस्थापन कार्य गर्ने,  वृक्षरोपण गर्नु अघिको जमिन व्यवस्थापन कार्यदेखि वारवन्देज, गोडमेल, मलखाद राख्ने, काँटछाट गर्ने, वेचविखन गर्ने आदि कार्यहरु पर्ने जिल्ला वन कार्यलय रुपन्देहीले अन्र्तगत ईलाका वन कार्यालय भैसईका प्रमुख  धनेश्वर न्यौपानेले जानकारी दिए । 
बर्षिक ८ करोड बढि आम्दानी 
वनको बैज्ञानि व्यवस्थापन लुम्बिनी साझेदारी वनले बर्षिक रुपमा करिव ८ करोड १४ लाख, २२ हजार रुपैया आम्दानी गर्ने अनुमान गरिएको छ । बैज्ञानि वन व्यवस्थापन लागु भएको करिव ४ बर्ष पुरा भएको साल, असना र अन्य गरी काठ र दाउरा गरी  ९५ हजार २३ सय ६० क्युफिट काठ,  १ सय ६२ चट्टा  दाउरा विक्रिबाट उक्त आम्दानी गर्न सकिने अनुमान गरिएको हो । 
८ हजार हेक्टर वन अतिक्रमणमा 
एक अध्ययन अनुसार जिल्लाको करिब ८ हजार हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । जिल्लाको देवदह, दुधराक्ष, पर्रोहा, सालझण्डी र रुद्रपुर गा. वि. स. हरु वन अतिक्रमणको तिब्र चपेटामा परेको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । विद्यालय, क्याम्पस, मन्दिर, अस्पताल र अन्य भौतिक पूर्वाधारहरुको निर्माणको एक मात्र थलो वन क्षेत्र बन्न पुगेको ठम्याई जिल्ला वन कार्यालयको रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती