थुप्रीयो रुपन्देहीका सहकारीमा बचत रकम


कृष्ण खनाल
बुटवल, १२ चैत । 
रुपन्देहीमा बचत तथा ऋण सहकारीहरुहरुले लगानीको स्पष्ट रणनीतिक योजना तयार नगर्दा बचतकर्ताहरुको रकम  थुप्रीएको छ सहकारी चालकहरुले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने बाहेका अन्य ठोस रणनीतिक योजनाको निर्माण नर्गदा बचतकर्ताहरुको बचत रकम चाङ् लाग्दै  गएको छ ।  पछिल्लो समयमा जथाभावी रुपमा खुलेर कतिपय सहकारीहरु बदनाम हुदै गएका छन् । सहकारी भन्दा पनि साहुँकारी बन्ने परिपाटीको कारण करिव १ सय सहकारीहरु खारेजीमा छन् ।  डिभिजन सहकारी कार्यालय रुपन्देहीका अनुसार करिव १ सय भन्दा बढि सकारीहरु खारेजीमा परेका छन् भने केही खारेजी प्रक्रियामा छन् ।   जिल्लामा ६ सय ५५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु छन् ।  

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद  नेपालका अनुसार  यो आर्थिक बर्षको असार मसान्त सहकारीको शेयर पुँजी १ अरव २५ करोड १२ लाख १ हजार रुपैयाँ संकलन भएको छ भने कुल निक्षेप संकलन ३ अरव ९८ करोड ८८ लाख ९० हजार रुपैया रहेको छ । भने अहिले सम्म जिल्लामा रहेका सहकारीहरुले जम्मा ६ अरव ५० करोड ४० लाख ५२ हजार रुपैया ऋण लगानी गरेका छन् ।  जुन रकम नितान्त ऋणको रुपमा मात्र लागनी भएको छ ।  
 कृर्षि सहकारी, बचत तथा ऋण सहकारी, बहुउदेश्यि सहकारी, सञ्चार  सहकारी, दुग्ध उत्पादक सहकारी लगायतका सहकारीहरु रुपन्देहीमा दर्ता भएर सञ्चालनमा आएका छन् । 
नेपालमा वि.स.२०१३ सालमा बचत तथा ऋण सहकारी संस्था स्थापना  भएको भएपनि रुपन्देहीमा वि.स. २०२० सालमा मात्र धकधई सहकरी दर्ता भएको ईतिहासमा पाईन्छ ।
 जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन भन्छन्–‘कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने जिल्मा सहकारीहरुको आ आफ्नै विधान र तरिका हुन्छ, यसमा  ठ्याक्कै यस्तो भन्न मिल्दैन ।’ उनी भन्छन्–‘सहकारी नीति यतिसम्म लचिलो छ की हामीले चाहेर पनि केही गर्न सक्दैनौं ।’
नेपाल बचत तथा ऋण संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद नेपालको पनि भनाई त्यहि छ । उनी भन्छन्–‘हामी धेरै लचक भएर केही बचत कर्ताहरुको  डुवेको रकम समेत फिर्ता गराउन सकेका छौ ।’ उनी थप्छन्–‘केही विकृतीहरु छन्, तर निराकरणको लागि पहल जारी हुनुपर्दछ ।’
एकै परिवारलाई ५ करोड रकम 
केही समय पहिला सहकारीको रकम अपचलन गरेको आरोपमा हिरासतमा रहेर रिहा भएका  स्वर्णीम बचत तथा ऋण सहकारी संस्थामा एकै  परिवारमा ५ करोड रुपैया सम्म कर्जा लगानी भएको पाइएको छ ।  जिल्ला बचत  तथा ऋण सहकारीका अनुसार पार्वती ध्वजु लगायत परिवारमा ५ करोड ८१ लख ९२ हजार १ सय ३४ रुपैयाँ लगेको पाइएको छ । 
७३ जना निश्चित समय (फिक्स डिपोजीट) बापत २ करोड ५० लाख १५ हजार ६ सय ७१ रुपैया र दैनिक र मासिक बचत कर्ता १ हजार ३ सय ४६ जना को ४ करोड २९ लाख ८० हजार ७ सय २७ रुपैया  गरी कुल ६ करोड ७९ लाख ९६ हजार ३ सय ९८ रुपैया सहकारी सञ्चालकहरुले बचत  कर्ताको फिर्ता  गर्नुपर्ने प्रारम्भीक लेखा परिक्षणमा देखिएको छ । जुन लेखा परिक्षकले आधिकारीक रुपमा घोषणा गरेको भनई जिल्ला बचत तथा ऋण सहकारीले निकालेको आँकडा हो । अदालतले पार्वती ध्वजुकी सासुआमाको  नाममा रहेको तिलोत्तमा नगरपालिकामा रहेको  २ करोड ३५ लाख रुपैया बराबरको जग्गा रोक्का गरेको छ । 
 स्वर्णीम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले केही समय पहिला सूचना प्रकाशीत गरी साधारण सभा बस्ने जनाएपनि उक्त साधारण सभा समेत अनिश्चित भएको जनाइएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम सञ्चालकको धितो समेत लिलाम गरी दिने  जसरी भएपनि भुक्तानी गर्ने जनाएपनि कहिले गर्ने भन्ने विषयमा अनिश्चित भएको जनाइएको छ । 
नौ दिन विभिन्न कार्यक्रम


जिल्ला सहकारी संघ लिमिटेड, डिभिजन सहकारी कार्यालय रुपन्देही, बचत तथा ऋण सहकारी संघ लिमिटेड, राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कुल फिल्ड कार्यालय बुटवल, दुग्ध उत्पादक सहकारी संघ लि. कृषि सहकारी संघ लि.को संयुक्त आयोजनमा ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी ’ भन्ने मुल नाराका साथ ९ दिन सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ । मुल आयोजक समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी १२ गते मायादेवी अनाथ आश्रममा फलफुल वितरण, १३ गते देवदहमा सहकारी गोष्ठी,  सोही दिन बुटवलमा सहकारी शिक्षा सम्बन्धी बुटवलमा आधारभुत शिक्षा तालिम, १४ गते बुटवलमा प्रभावत फेरी, सोही दिन थ्रि पी सम्बन्धी तालिम आयोजना गर्ने  जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले जानकारी दिए ।
त्यस्तै चैत, १५ गते पाखापानीमा वृद्ध आश्रमलाई सहयोग, १६ गते  समेलारमा सहकारी गोष्ठी,  १७ गते बुटवलमा अन्तर सहकारी हाजिरीजवाफ, १८ गते भैरहवामा  वृद्धाआश्रमलाई सहयोग, १८ गते तिलोत्तमा  नपामा सहकारी शिक्षा शिविर, २० गते बुटवलमा रक्तदान कार्यक्रम र २० गते बुटवलमा मुल समारोह आयोजना गरीएको जनाइएको छ । 








Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती