गाउलेको नाडी छाम्दै कोरियाली डाक्टर


कृष्ण खनाल
बुटवल, ३ चैत ।
 रुपन्देहीको भगलापुर
 गाविस–१ का मुलाई  चाईमा लामो समय देखि पेटको समस्या छ । ६२ बर्षमा लागेका उनको   पेटमा जहिले पनि  गाँठो परिरहने समस्या रहेको चौधरी बताउछन् । विभिन्न  अस्पतालमा उपचार गराएपनि उनको पेटको रोग नीको भएको  छैन ।   उक्त रोग के हो यसको निदान कसरी होला भनेर उनी भगलापुर देखि करिव २ घण्टा लगाएर उनी मंगलबार दयानगर गाविको छपियामा आए । कोरियाली डाक्टर आउने भन्ने खबर सुनेका चौधरी जस्तै मानपकडी गाविस–६ का ६१ बर्षिय  बलराम चौधरीमा पनि खुट्टाको घोडा सुन्निने र घोडा दुख्ने समस्या रहेको छ ।
 उनी पनि लामो समय देखि देशका विभिन्न हस्पताल सहित भारतमा समेत गएर उपचार  गराउदै आएका छन् । औषधी खाँदा सम्म निको हुने र औषधी खान छोडेपछि पुन उक्त समस्या बल्झीने उनको समस्या हो । उनी मात्र होईन मंगलबार मानव अधिकारी तथा सस्स्कृतीक विकास मन्च नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वाथ्य शिविरमा हजारौ सर्वसाधारणहरुले कोरियाबाट आएका विशेषज्ञ डाक्टरहरुबाट आफ्नो स्वाथ्य परिक्षण गराए । 
दोभासेको व्यवस्था गरिएको उक्त शिविरमा विरामीहरुले पहिलो  पटक कोरियन डाक्टरहरु समक्ष आफ्नो व्यथा सुनाएका थिए । विरामीहरुले स्थानिय भाषामा  आफ्नो समस्या भन्ने र उक्त समस्याको बारेमा दोभासे सहजकर्ताले डाक्टरलाई सुनाउने अनि डाक्टरले पुन भनेको  सुझाव दोभासले स्थानियलाई सुनाउने गरेका थिए । 
उक्त शिविरमा विरामीहरुले  ईसीजी, ल्याब टेष्ट  लगायत औषधी समेत निःशुल्क पाप्त गरे । कोरियामा रहेर लामो समय देखि स्वाथ्य क्षेत्रमा काम गरिरहेको वीइ फ्रेण्ड(अर्थात हामी साथी) संस्थाको आयोजनामा भएको उक्त स्वाथ्य शिविरमा बैदेशिक रोजगारबाट  फर्किरका कामदाहरुको संस्था(एशिन हुमन राईट्स एण्ड कल्चर डेभलपमेन्ट फोरम) को संयोजन रहेको छ ।  स्थानिय लिलाधर घिमिरे जनता कलेजमा ३ गते देखि ६ गते सम्म जारी रहने स्वाथ्य शिविरमा २६ जनाको कोरियन विशेषज्ञ डाक्टर तथा अन्य स्वयमसेवकहरुको सहभागीता रहेको छ । एशियन फोरम की प्रवक्ता सरिता अर्यालका अनुसार कोरियन अस्पतालका प्रमुख डा. लि वाङ्ग जुनको नेतृत्वमा आएको टोलीले स्थानियको चार दिन सम्म निःशुल्क स्वाथ्य परिक्षण गर्नुको साथै स्त्री रोग, बलरोग,  पेट सम्बन्धी सम्पूर्ण रोग, मुटु रोग, हाइजोर्नी, फिजियो थेरापी , जनरल फिजिसियन सेवा,  सामान्य सल्यक्रिया , अल्टा«साउण्ड, युएसजी, ईसीजी, ल्याब सेवा, औषधी तथा परामर्स सेवा समेत प्रदान गरेको छ । 
कोरियाली संस्थाको सम्पूर्ण सहयोगमा जारी उक्त शिवरको सोमबार नेपाल सरकार पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका  निर्देशक डा. कालु शर्मा सुवेदीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । शिविरमा कोरिया अस्पतालका प्रमुख डा. लि वाङ्ग जुन, सहित डा. महेश खकुरेल, हेमन्त बाटाजु, डा. प्रविन जोशि लगायतका चिकित्सकहरुले विरामीको स्वाथ्य परिक्षण गरेका थिए । एशियन फोरम रुपन्देहीका जिल्ला संयोजक नारायण बन्जाडेका अनुसार उक्त शिविरमा करिव १ करोड रुपैयामा खर्च हुने र करिव ४ हजार स्थानियको स्वाथ्य परिक्षण हुने अनुमान गरिएको छ ।  शिविर प्रमुख कोरियाली डा. लि बोङ्ग जुनले नेपालमा आफु ११ पटक आएको र शिविरको लागि ७ पटक सम्म आएको भन्दै भविश्यमा एड्भान्स किसिमको अस्पताल स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराएका थिए । सञ्चारकर्मीहरु संगको कुराकानीमा उनले भने–‘नेपालको लागि मैले यस क्षेत्रमा एउटा एडभान्स लेवलको अस्पताल स्थापना गर्ने सोँच बनाएको छु,  सबैको साथ पाएमा अवश्य पनि  सार्थकता पाउने छ ।’ उनले  कोरियामा काम गर्ने डाक्टरहरुले खाजा खर्च बापतको रकम जम्मा गरेर अहिले सम्म करिव १० हजार नेपालीहरुलाई स्वाथ्य सेवा प्रदान गरिएको समेत जानकारी दिए । मधेसमा पहिलो पटक आयोजनाा गरिएको शिविरमा उल्लेखीय संख्यामा सर्वसाधारणहरुको सहभागीता रहेको भन्दै यस अघि तनहु, काठमाण्डौ लगायतका ६ वटा स्थानमा स्वाथ्य शिविर सम्पन्न गरिसकेको जनाइएको छ  । 
तस्वीरः शिविरमा आफ्नो स्वाथ्य परिक्षण गराउदै स्थानिय  सर्वसाधारण । तस्वीरःकृष्ण खनाल÷बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती