मुआब्जा लिएपनि सडक अतिक्रमण नहटाएनपछी घरमा डोजर


कृष्ण खनाल
बुटवल, ३०  फागुन ।

रुपन्देहीको बसन्तपुर गाविस १ का प्रतापनारायण पाण्डेले एशियाली विकास बैंकको सहयोगमा रुपन्देहीको भैरहवा देखि नवलपरासीको परासी–भुमही सम्मको सडक विस्तारको क्रममा आफ्नो सडक क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जा लिईसकेका थिए ।  सरकारी निकायबाट मुआब्जा लिएको भएपनि उनले सडक अतिक्रम गरेर घर बनाए  । 
तर उनको घरमा शुक्रवार सडक डिभिजन कार्यालय बुटवलबाट गएको टोलीले डोजर चलायो । उनी संगै बसन्तपुर गाविस १ का एमकेमियाले पनि सडकले चर्चेको क्षेत्रबापत पहिला नै मुआब्जा लिएका थिए ।  पेट्रोल पम्प  सडक क्षेत्राधिकार बाहिर बनाए पनि घरको रेलिङ्गभने उनले सडकको जग्गा अतिक्रमण गरेर बनाएका थिए ।
 उनको रेलिङ्गमा समेत सडक डिभिजन कार्यालय बुटवलबाट गएको टोलिले डोजर चलायो । यि केही उदाहरणमात्र हुन । अहिले केही समय देखि रुपन्देहीको भैरहवा देखि नवलपरासीको  सरदमुकाम परासी  र भुमही सम्मको सडकमा भएको अतिक्रमण हटाउनको लागि डिभिजन सडक कार्यालय बुटवलबाट ईन्जिीनियर निरज शाक्यको टोलि खटिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा आर्थिक वर्ष २०६२÷०६३ मा सुरु भई आर्थिक वर्ष २०६७ मा सम्पन्न भएको २९ दशमलव ५ किलोमिटर सडकको दाया“ बाया“ बनेका संरचनाहरु हटाउन सुरु गरिएको हो ।
सडक निर्माण कार्य चार वर्ष अगाडि सम्पन्न भएर एशियाल विकास बैंकले नेपाल सरकारलाई हस्तानान्तरण गरिसकेको छ ।
। अहिले परासीको भुमई ह“ुदै धकधईसम्म सडक बिस्तार हु“दै आएको छ । सडक निमार्णका क्रममा मुआब्जा दिई जग्गा अधिग्रहण गरिएको जग्गामा बनेका घर टहरा तथा निर्माण सामग्रीहरु हटाउन डिभिजन सडक कार्यालयले पटक पटक सार्वजनिक सूचना जारी गरे पनि अटेर गर्दै आएपछि सडक डिभिजनले बाध्य भएर आफै हटाउन थालेको हो ।
शुक्रवार सम्म करिव ३० भन्दा बढि पक्की सडक संरचना, ३५ भन्दा बढि टहरा र सायौ संख्यामा  सडक क्षेत्रमा राखिएको निर्माण सामग्री हटाइएको ईन्जिनियर शाक्यले जानकारी दिए । उनले भने–‘पहिला नै मुआब्जा लिएर पनि अटेरी गरी सडक अधिकार भित्र भौतिक संरचना निर्माण गरिएकोले डोजर चलाएका हौ ।’   सडक डिभिजन कार्यालय बुटवलबाट खटिएको प्राविधिक सहितको  टोलिले सडकलाई नाप जाँच गरी रेखाङ्कन गरेर सडक अतिक्रमण हटाईरहहेको छ । जुन केही दिन सम्म जारी रहने छ ।
डिभिजन सडक कार्यालयले सडक निर्माण गर्ने क्रममा डण्डा पुलदेखि भुमईसम्म सडक दाया“बाया“ १५÷ १५ मिटर र देवकोटा चोकदेखि डण्डा पुलसम्म ११÷११ मिटर सडक दाया“ बाया“ रहेका अतिक्रमण हटाउदै छ ।
तस्वीरःरुपन्देहीको बसन्तपुर गाविसमा  मुआब्जा लिएपनि सडक अतिक्रमण गरी बनाएको भौतिक संरचना भत्काउदै । तस्वीरःकृष्ण खनाल÷बुटवल



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती