मजदुर अभावको कारण ईट्टा उद्योगमा घोडाको प्रयोग


कृष्ण खनाल
बुटवल, २३  फागुन ।

ईट्टा उद्योगमा गर्ने काम जोखिमपुर्ण मानिन्छ । जसको करणले अधिकांस नेपालीहरुले ईट्टा उद्योगमा काम गर्न मान्दैनन् । रुपन्देहीमा अहिले सञ्चालन भईरहेका ईंटा उद्योगहरुले  अधिकांस मजदुर भारतबाट ल्याउने गरेका छन् ।  ईट्टा निर्माण गर्ने काम सहज भएपनि ईट्टा भट्टामा ईट्टा पोल्ने काम जोखिमपुर्ण मानिन्छ ।  ईट्टा निर्माण गर्ने काम सहज रुपमा भएपनि  नेपाली मजदुरहरुले  लाजको पनि काम गर्न मान्दैनन् ।  ईंटाभट्टा भन्दा बहिर ईंटा बनाउने काम गर्ने समान्य मजदुरहरुले दैनिक १ हजार दे खि १२ सय रुपैया सम्म आम्दानी गर्न  सक्छन् ।
तर पनि नेपालीमजदुरहरुले काम गर्न मान्दैनन्  जसको कारण ईट्टा कारखाना सञ्चालकहरुले भारतबाट मजदुर “हायर गरेर’ निश्चित समयको लागि ल्याउने गरेका छन् । मजदुर अभाव संगै यस क्षेत्रका ईट्टा व्यवसायीहरुले ईट्टा कारखानमा काचोँ, भट्टाबाट बाहिर निकालिएको ईट्टा बोक्नको लागि नया प्रयोग गर्न थालेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका–१० मा रहेको मनकामना  ईट उद्योगका सञ्चालक जगत कार्कीले मजुदुरको सट्टा घोडाबाट चल्ने टाँगाको प्रयोग गरेको बताए । उनको उद्योगमा अहिले एक दर्जन भन्दा बढि घोडा र घोडी रहेका छन् ।  ईट्टा निर्माण भएको स्थान देखि ईट्टा भट्टामा पु¥याउने र ईट्टा भट्टामा तयारी अवस्थमा रहेका  ईट्टा पु¥याउने कार्यको लागि टाँगा प्रयोग गर्न थालिएको जानकारी दिए । उनले भने–‘भनेको बेला मजदुर पनि पाईदैन, टाँगाबाट ईटटा ओसार पसार गर्दा सहज हुने भएको कारण यस्को प्रयोग गरिएको हो । ’
त्यस्तै रुपन्देहीको सिक्टहन गाविसमा रहेको एभरेष्ट ईट्टा उद्योगका सञ्चालक मीन बहादुर पुनले पनि करिव एक दर्जन बढि घाडा पालेका छन् । मजदुरको अभावको कारणले उनले पनि घोडामार्फत ईट्टा लोड र अनलोडको काम गराउने गरेको जानकारी दिए ।  उनले भने –‘एक सिजनमा एक उद्योगमा करिव ३ सय बढि कामदार आवश्यक पर्छ, भारतमा गएर हारय गरेर ल्याउदा केही समय पनि लाग्छ, त्यही भएर हामीले अग्रीम पैसा दिएर  मजदुर ल्याउने गरेका  छौं ।’
एउटा ईट्टा उद्योगमा काम गर्ने एक मजदुरले यसरी दैनिक १ हजार भन्दा बढि कमाउदा महिनामा करिव ३० हजार भन्दा बढि नै कामाउछन् । तर ति ईंटा  कारखानमा काम गर्ने नेपालीहरु विरलै मात्रा पाईन्छ । रुपन्देही जिल्लामा ४५ वटा ईंटा कारखानाहरु रहेका छन् । ति सबै उद्योगहरुमा काम गर्ने ९० प्रतिशत भारतीय कामदारहरु रहेको कारखाना सञ्चालनहरु बताउछन् ।
नेपाली मजदुरहरुले लाजको कारण ईंटा कारखानामा भन्दा पनि विदेश जान बढि मन पराउने गरेको कारण भारतबाट नै मजदुर ल्याएर काम लगाउनु परेको ईंटा व्यवसायी संघ रुपन्देहीका सचिव तथा कामना ईंटा उद्योगका सञ्चालक बताउछन् ।
आम्दानी राम्रो हुने भएपनि नेपालीहरुमा  ईंटा उद्योगहरुमा काम गर्ने परिपाटी नै नभएको कारण भारतबाट  पहिला नै पेस्की दिएर मजदुर मगाउनु पर्ने बाध्यता  ईट्टा  उद्योगमा रहेको छ ।  यस क्षेत्रका  ईंटा कारखानमा ड्राईभरको रुपमा र केही  मजदुर दाङ्गका  थारु समुदायका मजदुरहरु  कार्यरत रहेका छन् ।  भारतबाट आउने अधिकांस मजदुरहरु , सिक्कीम, युपी, गोखरपुर, राँचीका आउनछन् । उद्योगमा ईंट्टा  पाक्ने  स्थानमामा काम गर्ने मजदुरहरु भारतको अहेध्याबाट आउछन् भने बाहिर फिल्डमा काम गर्ने मजदुरहरु भारतको अन्य स्थानबाट नै आउने गरेको पाईन्छ ।
भारतीय मजदुर जुन ईंटा भट्टामै काम गर्दछन् उनीहरुले आसर ÷साउन महिनामा कामको पेस्की लिएर भारत जाने र पुन सिजन सुरु भएपछि हिउँदमा नेपाल आउने गर्दछन् ।  जिल्लामा तयारी ईंटा  १३ रुपैयामा विक्रि गर्नुपर्ने ईंटा व्यवसायीको मुल्यसुची रहेको भएपनि उद्योगहरुले  १२ रुपैया ३० देखि ७० पैसामा सम्ममा विक्रि गर्दै आएका छन् ।
तस्वीरःरुपन्देहीको देवदह नगरपालिकामा रहेको मनकामना ईट्टा उद्योगमा टाँगामार्फत काम गर्दै मजदुर । तस्वीरःकृष्ण खनाल÷बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती