प्रवेशिका सुरु लुम्बिनीमा ८ सय बढि अनुपस्तित


कृष्ण खनाल 
बुटवल, ५ चैत । 
बुधवारबाट सुरु भएको  यस बर्षका
प्रवेशिका परिक्षाको पहिलो दिन लुम्बिनी अञ्चलमा शान्तीपूर्ण  रुपमा सम्पन्न भएको छ । पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंंग्रेजी विषयको परिक्षा दिएका छन् ।
जिल्ला शिक्षा कायालय रुपन्देहीका प्रमुख  जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रुपन्देहीमा पहिलो दिनको पक्षिा सामान्य र शान्तीपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । रुपन्देही लगायत पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु र नवलपरासीमा पनि  परिक्षा सामान्य रुपमा सम्पन्न भएको छ ।  
सम्बन्धित जिल्ला शिक्षा कार्यालयले  दिएको जानकारी अनुसार लुम्बिनी अञ्चलबाट पहिलो दिनको एसएलसी परीक्षामा  ८ सय भन्दा बढि विद्यार्थी अनुउपस्थित भएको बताएका छन् । नियमित तर्फ  १ सय ८६ र एग्जाम्टेड तर्फ ६ सय ३२ जना गरी कुल ८ सय १८ जना विद्यार्थी अनुउपस्थित भएका हुन ।
पहिलो दिनको अंगथ्रेजी परीक्षामा नवलपरासी जिल्लामा  सवैभन्दा बढि विद्यार्थी अनुस्थित  भएको बताइएको छ । जिल्लामा नियमित तर्फ ६८ विद्यार्थी र आंशिक तर्फ १ सय ५६ गरी २ सय २४ जना विद्यार्थी अनुपस्थित रहेको  जनाइएको छ । रुपन्देहीमा नियमित तर्फ ४२ र आंशिक तर्फ १ सय गरी कुल १ सय ४२ जना विद्यार्थी परीक्षामा अनुउपस्थित भएको कार्यालयले जानकारी दिएको छ ।यस बर्ष सुस्त श्रवण शक्ति भएका ८ जना भैरहवा स्थित रुपन्देही लिलाराम न्यौपाने उच्च मावि र ३ जना दृष्टि बिहिन बिहिन बिद्यार्थीहरुलाई गिर्वाण उच्च माविमा परिक्षा दिने ब्यावस्था मिलाईएको थापाले बताए । संस्कृत अध्ययन गर्ने संस्कृत बेदाश्रामका ५ जना बिद्यार्थीलाई रुपन्देही लिलाराम न्यौपाने उच्च मावि र ११ जनालाई जनज्योती मावि डिङ्गर नगरमा परिक्षा दिई रहेको जिल्ला शिक्षा अधिकारी थापाले जानकारी गराए । यसै गरि भैरहवा कारागारमा रहेको १ जनालाई भैरहवा उच्च मावि केन्द्र बनाई परिक्षा दिई रहेको उनले जनाए ।   कपिलबस्तुमा नियमति तर्फ ३६ र आंशिक तर्फ ७० विद्यार्थी गरी कुल १ सय ६ विद्यार्थी उनुपस्थित भएका छन् । 
यस्तै गुल्मीमा पनि १ सय ८ विद्यार्थी परीक्षामा अनुउपस्थित भएका छन् ।  जस मध्ये १५ जना नियमित र ९३ जना एग्जाम्टेड  तर्फका  विद्यार्थीहरु रहेका छन् । पाल्पा जिल्लामा १०३ वटा सामुदायिक विधालय बाट नियमित तर्फ ४ हजार १ सय ६४ जना, एक्जाम्टेड तर्फ १ हजार १ सय ६६ जना गरी ५ हजार ३ सय ३० जना, र १३ वटा निजी तथा संस्थापक विधालय बाट नियमित तर्फ ४ सय ४४ जना र एक्जाम्टेड तर्फ १६ जना गरी ४ सय ६० जना विधार्थीहरुल सहभागी भएकोमा पहिलो दिनको परिक्षामा नियमित तर्फ २० जना र एक्जाम्टेड तर्फ ९६ जना गरी १ सय १६ जना अनुपस्थित भएको शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले बताए । 
२३ वटा केन्द्रमध्ये सवैभन्दा बढी दमकडा उच्च मावि मदनपोखरा बाट ४ सय १९ जना परिक्षार्थी र सवै भन्दा कम किसान उच्च मावि झडेवा १ सय ५७ जना विधार्थी परिक्षामा सहभागी भएका छन् । पाल्पाको दमकडा परिक्षा केन्द्रबाट ४ जना दिष्टिविहिनहरु परिक्षा सहभागी भएका छन । 
अर्घाखाँची जिल्लामा नियमित तर्फ ६ र आंशिक तर्फ १ सय १७ गरी कुल १ सय २३ जना विद्यार्थी अनुउपस्थित भएको बताइएको छ । स्याङ्जा जिल्लामा १ सय ४४ जना विद्यार्थीको अनुपस्थित रहेको छ । ३ नगरपालिका र ५७ गाविस रहेको स्याङ्जा जिल्लामा एस.एल.सी परीक्षाको लागि ३३ ओटा परीक्षा केन्द्र छुट्याइएको जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । ५ गते देखि सुरु भई १६ गते सम्म सञ्चालन हुने परीक्षामा आज पहिलो दिन अँग्रेजी विषयको परीक्षा शान्तीपूर्ण सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले बताएकी छन् । स्याङ्जाबाट ८ हजार ५ सय ८२ जना परीक्षार्थीको सहभागिता मध्ये जसमा नियमीत तर्फ ६ हजार १ सय ११ र आंशिक तर्फ २ हजार ४ सय ७१ जना परीक्षार्थी रहने भनिएको भएता पनि नियमिततर्फ छ हजार एक सय ७ र एक्जाम्टेड तर्फ दुई हजार ४ सय ७१ बिद्यार्र्थी परिक्षामा सहभागि रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  
यस बर्ष लुम्बिनी अञ्चलबाट यस बर्ष ५० हजार ४ सय ९२ जना विद्यार्थीले एसएलसी परीक्षा दिन लागेको हुन । जस मध्ये नियमित तर्फ ४० हजार ७ सय ५० रहेका छन् भने आम्सिक तर्फ ९ हजार ७ सय ४२ जना रहेका छन् । यस बर्ष लुम्बिनी अञ्चल मध्ये सवैभन्दा बढि रुपन्देही जिल्लाबाट परीक्षामा सहभागि बन्दै छन् । रुपन्देहीमा नियमित तर्फ १३ हजार १ सय ७८ तथा एग्जाम्टेड तर्फ १७ सय १२ जना गरी कुल १४ हजार ८ सय ९० विद्यार्थीहरु रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती