प्रविधि सुधार गरे ३० प्रतिशत विद्युत बचत


कृष्ण खनाल
बुटवल, १४ चैत । 
बुटवल उद्योग बाणिज्य संघ बुटवलमा उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले केही बर्ष पहिला आफ्नो उद्योगमा उत्पादन भएका बस्तु हिटमा राख्न ६ हजार वाटको हिटर प्रयोग गर्दथे । उद्योगबाट उत्पादन भएका वस्तुहरु ठिक अवस्थामा राख्नको लागि महङ्गो मुल्यमा खदिर गरेर हिटर सञ्चालन गरेका थिए । तर अहिले उक्त हिटर काम विहीन भएको छ । कारण उनले उद्योगको प्रविधिमा सुधार गरे  । 
उद्योगबाट निस्कने तापक्रमलाई विशेष प्रविधि मार्फत उक्त तातो कोठामा ल्याएर उनले उत्पादीत बस्तुहरु राख्ने गरेका छन् । जसको करण उनको उद्योगले ६ हजार वाटको हिटर प्रयोग गर्नु परेन भने  हिटरले खपत गर्ने विद्युत समेत बचत भयो । यो एउटा उदाहरण मात्र हो । 
यसरी नेपालमा सञ्चालनमा आएका उद्योगहरुले आफ्नो उद्योगको प्रविधिलाई सुधार गर्न नसक्दा र उत्पादन भएको प्रविधिलाई समेत उपयोग गर्न नसक्दा करिव १० देखि २५ प्रतिशत सम्म विद्युत खेरा गईरहेको विगत १८ बर्ष देखि उर्जा क्षेत्रमा कार्यरत उर्जाविज्ञ ईन्जिनियर भिष्मराज पण्डीतको भनाई रहेको छ ।
 नेपालका उद्योगहरुको प्रविधीमा सुधार गर्न सकेमा करिव २५ प्रतिशत विद्युत बचत हुने र जसको कारण नेपालमा अहिले भईहेको  लोडसेर्डिङ्ग सोही अनुपातमा घटानउन सकिने तर्क उनको रहेको छ । नेपालमा अहिले सञ्चालनमा आएका उद्योगहरुले करिव ३ सय मेगावाट विद्युत खपत गरिरहेको  छन् । उर्जा विज्ञ पण्डीतका अनुसार अहिले ईट्टा उद्योगहरुमा प्रयोग हुने कोईलाको प्रयोगमा सुधार गरेमा २० देखि ३० प्रतिशत, सिमेन्ट उद्योगहरुमा ७ सय ५० देखि ८ सय मेगावाट विद्युत बताउन सकिने र मिलमा प्रयोग गर्ने  धानको भुस(वायोमास)मा १० देखि १५ प्रतिशत उर्जा बचत गर्न सकिन्छ । 
उर्जा विज्ञ पण्डीत भन्छन्–‘सबैले उर्जा जोगाउने हो भने नेपालमा लोडसेर्डिङ्ग गर्नुनै पर्दैन ।’ उनी थप्छन्–‘८० प्रतिशत विद्युत व्यवस्थापन गर्न सकेमा जोगाउन सकिन्छ भने २० प्रतिशत मात्र प्राविधिक पाटोको कुरा हो ।’  औद्योगीक सुरक्षा  पहिलो प्राथमिकतामा  राख्नुपर्ने भन्दै उनले एउटा सामान्य उद्योगले बर्षिक रुपमा २० लाख रुपैया सम्म उर्जा बचत गरेर जोगाउन सकिने धारणा उनको रहेको छ । नेपालमा उर्जा बचतको लागि स्पष्ट निती नै निर्माण हुन नसकेको कारण नै उर्जा बचतमा थप समस्या भएको बुुटवल  उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजु बताउछन् । उनी भन्छन्–‘औद्योगीक स्पष्ट नीतिको अभावको कारण उर्जा संकट निम्तीएको छ , समस्या समाधानको लागि एकल प्रयास होईन, संस्थागत रुपमा पहल गर्नु आजको आवश्यकता हो । ’ उनले औद्योगीक क्षेत्रमा सरकारकै नीतिको कारण उद्योगीहरु सबैभन्दा बढि पिडीत भएको भन्दै यसको लागि सबै उद्योगीहरुको एकजुट भएर आवाज उठाउनु पर्ने बताउछन् ।  यता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले यस क्षेत्रमा रहेका उद्योगहरुले आ–आफ्नो  उद्योगहरुको अडिट गरेर त्यसमा रहेको प्रविधि सुधार गरी अविलम्ब उर्जा बचाउन तर्फ लाग्नुपर्ने बताउछन् । उनी भन्छन्–‘उद्योगी व्यवसायीहरुको ध्यानलाई मध्यनगर गर्दै बुटवल उद्योग बाणिज्य संघले उर्जा इनर्जी युनिट स्थापना गरेको भन्दै यसबाट प्रदान गरिने सेवा लिनको लागि आग्रह गरे ।’
केही दिन पहिला बुटवल उद्योग बणिज्य संघ र काठमाण्डौको विशेष टोलीले यस क्षेत्रका ६ वटा साना, मझौला र ठुलो उद्योगको औद्योगीक परिक्षण गरेको थियो । बुटवल फ्लोर मिल, नव नेपाल प्लाष्टिक ईन्डिष्ट्रज, सिता राईस मिल, एस आर स्टील, सिद्धिविनाय एग्रो ईन्डष्ट्रीज, जिगतढी राईस मिलमा परिक्षण गरेको थियो । उक्त परिक्षणबाट उक्त उद्योगहरुले  उर्जा बचतको लागि प्रविधिलाई परिर्वतन नर्गदा लाखौ रुपैया गुमाईरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोरङ्ग उद्योग बाणिज्य संघमा रहेको उर्जा दक्षता एकाईका  ईन्जीनियर वोसिन जावेदका अनुसार बुटवल फ्लो मिलले आफ्नो प्रविधिमा सुधार गर्न नसकेमा ३५ हजार, नव नेपाल प्लाष्ट्रिक ईन्डष्«टीजले ५ लाख, जिगतगढी राईस मिलले १ लाख र एसआर स्टीलले ७ लाख ५० हजार रुपैया थप रकम घाटा व्योहोरीरहेको छ । प्र्रविधिमा सुधार गर्न सकेमा उक्त रकम जोगाउन सक्दछ । यता, बुटवल उद्योग बाणिज्य संघ बुटवलले  पनि ‘उर्जा दक्षता एकाई ’स्थापना गरेर आफ्नो कार्य अगाडी बढाई रहेको छ । उक्त एकाईका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठका अनुसार कुनै पनि उद्योगीहरुले आफ्नो उद्योगमा कति उर्जा आवश्यक पर्दछ , अहिले कति मात्रामा उर्जा उपयोग गरिरहेको छ र उर्जालाई उद्योगले चाहिने आवश्यक मात्र कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा एकाईले सेवा प्रदान गर्दछ ।
 बुटवल उद्योग बाणिज्य संघमा स्थापना भएको उक्त एकाईले उद्योगमा भएको उर्जाको अवस्थाको बारेमा परिक्षण(अडिट) गरी रिर्पोट तयार गरेर उद्योगीहलाई दिन्छ । उद्योगीहरुले  रिर्पोटको आधारमा आफ्नो उद्योगलाई  प्रतिवेदन अनुसार परिर्वतन गर्न सक्दछन् ।  संयोजक श्रेष्ठ भन्छन्–‘साना उद्योगलाई १० हजार, मझौला उद्योगको २० हजार र ठुला उद्योगहरुको ३० हजारमा हामी डिटेल अडिटको सेवा प्रदान गर्दछौ ।’ बुटवल उद्योग बाणिज्य संघका सदस्यहरुलाई ५० प्रतिशत छुट र अन्य उद्योगीहरुलाई २५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । ईन्जीनियर र विज्ञहरुको संयुक्त टोलिले गर्ने उद्योगहरुको परिक्षण पश्चात दिने रिर्पोटका आधारमा विज्ञको सुझावको आधारमा प्रविधिको सुधार गर्नको लागि सल्लाह दिने गर्दछ । अनुगमन पश्चात पनि लामो समय सम्म सल्लाह सुझाव र वकालत समेत गर्ने बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । 
   

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती