उद्योगी विद्युत विना महशुल तिर्न बाध्य


सहुलियत विजुली‘कागलाई बेल पाक्यो हर्स न विस्मात्’

कृष्ण खनाल

बुटवल, १७  चैत ।
सरकारी नितीतिगत समस्याको कारण उद्योगीहरुले  विद्युत नै प्रयोग नगरी विद्युतको महसुल तिर्न बाध्य भएका छन् । बुटवल औद्योगीक क्षेत्रका उद्योगहरु लगायत  यस क्षेत्रमा स्थापना भएका उद्योगहरुले डिमान्ड चार्ज मार्फत  नेपाल विद्युत प्राधिकरणलाई विद्युतको महसुल वुझाउन बाध्य भएका छन् । 
उद्योग स्थापना गर्दा नेपाल विद्युत  प्राधिकरण संग उद्योगलाई चाहिने आवश्यक विद्युत बापत (डिमान्ड चार्ज) मार्फत विद्युतको महसुल वुझाउने सम्झौता गरिएको हुन्छ । तर पछिल्लो समयमा १३÷१३ घण्टा सम्म  लोडसेर्डिङ्ग हुने गरेको छ । उद्योगीहरुले लोडसेर्डिङ्गको बेला विद्युत नै खपत नगरी नेपाल विद्युत प्राधिकरणलाई विद्युतको शुल्क तिर्न बाध्य रहेका छन् ।
 बुटवल उल्द्योग बाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले विद्युत नै खपत गरेपनि वा नगरेपनि अनिवार्य रुपमा डिमाण्ड चार्ज बापत उद्योगीहरुले प्राधिकरणलाई  महसुल बुझाउनु पर्ने बाध्यता रहेको बताए । उनले भने–‘उद्योग नचलेको समयमा त किन विद्युतको महसुल तिर्नुप¥यो, तर नीतिनै उद्योगीमारा भएको कारण समस्या रहेको छ ।’ 
बुटवल औद्योगीक क्षेत्रमा अहिले ६२ वटा साना–ठुला उद्योगहरु सञ्चालमा रहेका छन् । ति सबै उद्योगहरुल लोडसेर्डिङ्ग कारण दिउसो ५ बजे देखि विहान ६ बजे सम्म विद्युत प्रयोग गर्न पाउँदैनन् । तर ति सबै उद्योगहरुले दैनिक १३ घण्टा विद्युत उपभोग गर्न नपाएपनि डिमाण्ड चार्ज औद्योगीक क्षेत्र  व्यवस्थापन लिमिटेड मार्फत  नेपाल विद्युत प्राधिकरणलाई  तिर्न बाध्य छन् । 
औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्यालका अनुसार लोडसेर्डिङ्ग नभएको समयमा औद्योगीक क्षेत्रले मासिक ५० लाख रुपैया विद्युत उपभोग मार्फत नेपाल विद्युत प्राधिकरणलाई बुझाउने गरेको छ लोडसेर्डिङ्गको उक्त मसहुल रकम केही घटेपनि डिमाण्ड चार्ज बापतको रकम भने अनिवार्य बुझाउन पर्छ । उनी भन्छन्–‘विद्युत प्रयो गरेको  उद्योगीहरुले बुझाउने गरेका छन् तर विद्युत नै उपभोग नगरेको समेत डिमाण्ड चार्जको रुपमा बुझाउन बाध्य छौं ।’
बुटवल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख प्रकाश खड्का अनुसार बुटवल औद्योगीक क्षेत्रमा ४ हजार किलोवाट विद्युत आवश्यक छ । तर नेपाल विद्युत प्राधिकरणले जम्मा २३ सय किलोवाट मात्र विद्युत उपलब्ध गराएको छ ।  औद्योगी क्षेत्र व्यवस्थापन लिमिटेड प्रमुख खड्का भन्छन्–‘नेपाल विद्युत प्राधिकरणको केन्द्रीय नियम अनुसार नै माग गरे जती  विद्युत उपलब्ध हुन सकेको छैन, जसको कारण उद्योगीहरु समस्यामा हुनुहुन्छ ।’
उद्यौगीक क्षेत्रमाले माग गरेको (डिमाण्ड) विद्युत ४ हजार केभी विद्युत हो ।  नेपाल विद्युत प्राधिकारणलाई उद्योगीहरुले डिमाण्ड चार्ज मार्फत ३ हजार केभी विद्युत उपभोग गरे पनि नगरेपनि प्रतियुनिट २ सय ३० रुपैयाका दरले बुझाउने गरेका छन्  । ३ हजार केभिएबराबर उद्योगीहरुले मासिक ६ लाख ९० हजार रुपैया विद्युत नै उपभोग नगरी नेपाल विद्युत प्राधिकरणलाई बुझाउदै आएका छन् ।  
नेपाल विद्युत प्राधिकरणले औद्योगीक प्रयोजनको लागि तिन वटा सिफ्ट निर्धारण गरेको छ । विहान ५ बजे देखि साझ ५ बजे सम्म, साँझ ५ बजे देखि राती ११ बजे सम्म र राती ११ बजे देखि विहान ४ बजे सम्म गरी तिन सिफ्ट निर्धारण गरेको छ । सोही अनुसार विहान ५ बजे देखि साझँ ५ बजे सम्म उद्योगीहरुले प्रति युनिक ७ रुपैया, साझँ ५ बजे देखि राती ११ बजे सम्म प्रति युनिट ८ रुपैया ५० रुपैया र  राती ११ बजे देखि विहान ५ बजे सम्म ४ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । 
सहुलियत उपभोग गर्न नै पाउदैन्न उद्योगहरु 
नेपाल सरकारले पिक आवर समय भन्दा पछिको समय उद्योगी व्यवसायीहरुलाई राहात होसभन्दै सस्तो दरमा विद्युत उपलब्ध गराएको छ । रातको समय ११ बजे देखि विहान ५ बजे सम्म उद्योगीहरुले ४ रुपैया २० पैसामा विद्युत सहुलियत पाउँछन् । तर नेपाल विद्युत प्राधिकरणले उक्त समयमा लोडसेर्डिङ्ग गर्ने गरेको कारण उक्त सहुलिय उद्योगीहरुलाई ‘हात्ती आयो हात्ती आयो  फुस्सा’ जस्तै भएको छ ।  बुटवल औद्योगी क्षेत्रमा साँझ ५ बजे देखि नै लोड सेर्डिङ्ग हुने गरेको कारण उक्त सहुलियको कुनै काम नभएको औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष बस्यालको भनाई रहेको छ । 
विद्युत नहुदाँ चोरी बढ्यो
लोडसेर्डिङ्गको मौकाछोपी चोरहरुले औद्योगीक क्षेत्रमा सञ्चालमा आएका उद्योगबाट उत्पादीत बस्तु तथा कच्चा पदार्थ चोर्ने गरेको पाईएको छ । केही समय पहिला लुम्बिनी केवल ईडिष्ट्रीजबाट  हजारौ रुपैयाका केवल तार   चोरी भएको जनाएको छ । रातको समयमा लाईटको लागि मात्र भएपनि विद्युत उपलब्ध हुनुपर्ने उद्योगीहरुको  माग लामो समय देखि भएपनि सरकारले त्यसको कुनै सुनुवाई गरेको छैन । उद्योगी भन्छन्–‘आश्वासन मात्र पाएका छौ, अरु केही पाएका छैनौं ।’
मेसिन नतात्दा झनै समस्या
यस क्षेत्रमा स्थापना भएका उद्येगहरु  जसको मिसित विद्यूतबाट तात्नको लागि घण्टौ समया लाग्दछ । ति उद्योग हरु १३÷१३ घण्टा हुने दैनिक लोड सेर्डिङ्गको मारमा परेका छन् । मेसिन पुर्णरुपमा तात्नको लागि करिव २ देखि ३ घण्टा सम्म लाग्दछ । खासगरी  फलमाका सामान उत्पादन गर्ने उद्योगहरु र प्लाष्टिक जन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा यस्थो समस्या हुने गरेको छ । जसको कारण उत्पादनमा आधा भन्दा बढि कटौती भएको औद्योगीक क्षेत्र उद्योग संघले जनाएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती