कृषिले धानेको रुपन्देहीको हाटबजार

कृष्ण खनाल
बुटवल, २८ फागुन ।

रुपन्देहीमा  करिव ४० बर्ष पहिला हाटको सुरुवात भएको ईतिहासमा पाईन्छ । रुपन्देहीको सुर्यपुरा बजारमा त्यहाका स्थानियहरुले आफ्नो घरमा उत्पादन भएको तरकारी, दुध लगायतका कृषि जन्य बस्तु  विक्रि गर्नको लागि एक  स्थानमा जम्मा हुन्थे  । सोही क्रम बढ्दै जाद यस क्षेत्रको हाटबजारको रुपमा विकास भएको यसको ईतिहासमा पाईन्छ ।
हाटबजारको ईतिहास कृषि जन्य बस्तुको विक्रिबाट  सुरुभएको किम्बदन्ती अनुसार अहिले पनि यस क्षेत्रमा लाग्ने अधिकांस हाटबजारमा ६० प्रतिशत भन्दा बढि कृर्षीजन्य बस्तुको  विक्रि वितरण हुने गरेको हाटबजार व्यवसायी संघको तथ्यांकमा पाईन्छ ।
बुटवल र यस आसपासको  आज भन्दा करिव १० बर्ष पहिला पाल्पा जिल्लाका कृÈकले तरकारीलगायत अन्य कृÈिजन्य उपजहरु  विक्री गर्ने राम्रो  बजार बुटवललाई बनाएका थिए । खासगरी पाल्पाली कृषकहरुबाट  यस क्षेत्रमा साप्ताहिक रुपमा लाग्ने हाटबजार सुरु भएको पाईन्छ ।  रुपन्देहीमा लाग्ने यस्ता साप्ताहिक हाटबजारमा पाल्पाबाट आउने कृÈकको उत्पादनले झन्डै २५ प्रतिशत बजार स्थान  ओगट्ने  गरेको छ ।  पहाडी Ôेत्रबाट आउने तरकारी तथा फलफूल लगायतको दैनिक उपभोग्य वस्तुमा उपभोक्तहरुको भीड बढी हुने गरेको पाइन्छ ।
 हाटबजार व्यवसायी समिति रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार पहाडी वस्तुहरु ताजा तथा विÈादीको मात्र कम हुने विश्वासले उपभोक्ताको भीड बढी हुने गरेको गर्दछ  ।  हप्ताको दुई दिन शनिबार र बुधबार लाग्ने बुटवलको हाटबजारलगायत रुपन्देहीका मुख्य बजार बुटवल, भैरहवा लगायत ग्रामिण Ôेत्रमा लाग्ने हाटमा पाल्पा जिल्लाका मदनपोखरा, केराबारी डुम्रे झुम्सा, दोभान, बन्दीपोखरा र पश्चिम भेगका कृÈक आफूले उत्पादन गरेका तरकारी, फलफूल र अन्न उत्पादन बिक्रि गर्ने र यहा“बाट चामल, दाल, कपडा, तेल आदि खरिद गरेर जाने गर्दछन् ।
अध्यक्ष ज्ञवालीले भने –‘यातायातको सुविधाले गर्दा कृÈक बिहान हि“डेर सा“झ र्फकन सक्ने संभावना रहेकोले यस क्षेत्रमा पाल्पाली कृषकहरुको पकट राम्रो  रहेको छ । ’
अहिले यहा“का हाटबजारमा पहाड र तर्राईमा उत्पादित वस्तुका अलवा दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा, चामललगायत सबै प्रकारको वस्तु सुलभ र सस्तो मुल्यमा पाइन्छ । यसले गर्दा व्यापारीलाई आफ्नो उपज बिक्रि गर्ने स्थल तथा यहा“का गृहिणीलाई पहाडको सामान खरिद गर्ने सुविधा प्राप्त भइरहेको छ ।  हाटबजारमा सिन्की, पहाडको तामा वा निउरो, सुकेका माछा, कपडा वा फापरको पीठो, अदुवाको सुठो वा टिमुर पनि पाइन्छ  ।
रुपन्देहीका विभिन्न Ôेत्रमा सञ्चालन हुने हाटबजारमा ७० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको छ ।  ३० प्रतिशत मात्र भारत लगायत अन्य देशबाट भित्रिने गरेको व्यवसायीहरु बताउछन् । ६० प्रतिशत कृर्षी जन्य बस्तुले धानेको  यस क्षेत्रको हाटबजारमा ६० प्रतिशत भन्दा बढि  महिला कामदारहरु रहेका छन् । रुपन्देही जिल्लामा  करिव २ सय भन्दा बढि स्थानमा हाटबजार लाग्ने  गर्दछन् ।
(((((((((((((
तस्वीरः बुटवल–७ हाटबजारान तरकारी बेच्दै कृषक । तस्वीरःबुटवल टुडे ।




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती