लुम्बिनी अञ्चल अस्पताल : शैक्षिक संस्थानको रुपमा सञ्चालन हँुदै

कृष्ण खनाल
बुटवल, ८  चैत । 
यस क्षेत्रकै गहनाको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने चर्चा गरिरहदा  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) र लुम्बिनी अञ्चल अस्पतालको बीचमा लुम्बिनी अञ्चल अस्पताललाई पनि चिकित्सा
शास्त्रको शैक्षिक संस्थानको रुपमा पनि प्रयोग गर्ने गरी सम्झौता भएको छ ।
चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल)बाट डिग्री स्तरको अध्यानको लागि काठमाण्डौ उपत्यताका भित्र मात्रै  अध्यायपन हुने गरेकोमा काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक लुम्बिनी अञ्चल अस्पतालमा यस्तो प्रकारको शैक्षिक कार्यक्रम सरु  हुन लागेको हो । आईतबार मात्रै  समझदारी पत्रमा संयुक्त हस्ताक्षर सम्पन्न भएको छ  भने  अगामी आर्थिक बर्षबाट यसको कार्यान्वयन हुने अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डा. प्राश्चित  श्रेष्ठले जानकारी दिए  । 
उनका अनुसार  २०७१ चैत्र ८ गतेदेखि ४ वर्षको लागि कायम रहने छ ।  समझदारीमा पत्रमा  चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) का तर्फबाट डिन प्राध्यापक डा.यहुनचन्द्र शिवाकोटी र लुम्बिनी अञ्चल अस्पतालको तर्फबाट अध्यक्ष डा.प्रायश्चित श्रेष्ठ र मेडिकल सुपरिण्टेण्डेण्ट डा.तारानाथ पौडेलले हस्ताक्षर गरेका छन् । 
यस अनुसार चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार पाउने सहुलियत र सहयोग उक्त प्रतिष्ठानबाट लुम्बिनी अञ्चल अस्पतालले पाउने छ । 
लुम्बिनी अञ्चल अस्पतालले एम्डी–मास्टर्स ईन मेडिसीन, एम्.एस– मास्टर्स ईन सर्जरी र एम्.ड्.िएस्.–मास्टर्स ईन  डेण्टल सर्जरी आदिमा अद्ययनरत चिकित्सक तथा नर्सिङ्ग स्टाफहरुलाई अस्पताल भित्र प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास गराई आवास सुविधा उपलव्ध गराउने लुम्बिनी अञ्चल अस्पताल बुटवलका सुचना अधिकृत लक्ष्मीराज रेक्ष्मीले जानकारी दिए ।  उनका अनुसार यस सम्बन्धि बिस्तृत  अध्यायन निकट भविष्यमा हुने दुवै पक्षको अध्यन गरी चाडै नै सम्झौता हुनेछ । 
अध्यक्ष श्रेष्ठका अनुसार अहिले त्रिविले यस्तो प्रकारको  स्वीकृत काठमाण्डौ उपत्यककामा मात्र सिमित राखेको थियो । काठमाण्डौका कान्ती बाल अस्पताल लागायतका अन्य अस्पतालजहरुमा मात्र लागु थियो । पहिलो पटक लुम्बिनी अञ्चल अस्पताल संगै केही समयमा पोखरा, विराटनगर,  विरगञ्ज, नेपालगञ्ज लगायतका क्षेत्रहरुमा समेत यस्तो कार्यक्रम लागु हुने छ । यो कार्यक्रम लागु  भएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल)बाट डिग्री स्तरको अध्यान तथा प्रयोगात्म अभ्यासको लागि  प्रोफेसहरु  अस्पतालमा आउनेछन् । अञ्चल अस्पता विकास समिति अध्यक्ष श्रेष्ठ भन्छन्–‘यस अस्पतालमा कमी रहेको जनशक्ति पुरा गर्नको  लागि समेत यस्तो कार्यक्रममले सहयोग पु¥याउनेछ । ’ निकट भविश्यमा मेडिकल कलेजको रुपमा विकास गर्ने कुरा आईरहदा यसले प्रोफेसरहरु निर्माणको लागि समेत थप मद्वत पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास रहेको छ ।   विभिन्न विषय र विधा अनुसार यसको समय समेत निर्धारण हुने जनाइएको छ । न्युनतम् ३ महिना देखि ३ बर्ष सम्मको कार्यक्रम  हुन सक्ने छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती