पुस्तक नीति ल्याउन पहल गर्छुः शिक्षा सचिव

पुस्तक तथा स्टेशनरी व्यसायीको चौथो महाधिवेसन सुरु 
कृष्ण खनाल 
बुटवल, ९ माघ । 
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेसन शनिवारबाट बुटवलमा सुरु भएको छ । ‘व्यवसायिक संरक्षण र सागठनिक सशक्तिकरण हाम्रो अभियान’भन्ने मुल नारासहित  सुरु भएको महाधिवेसनको समुद्घाटन कार्यक्रममा बोल्दै नेपाल सरकारका शिक्षा सचिव विश्वप्रकाश पण्डितले विगत लामो समय देखि  पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले उठाउदै आएको ‘पुस्तक नीति’ ल्याउनको लागि आफुले पहल गर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका शिक्षा सचिव पण्डितले भने–‘मैले अहिले नै नीति ल्याउछु भन्न सक्दिीन तर यथासक्य पुस्तक नीति ल्याउनको लागि सक्दो पहल गर्ने छु ।’
उनले अव बन्ने पुस्तक नितिमा कस्तो पुस्तक प्रकाशन गर्न पाईने, कस्तो पब्लिकेशनलाई पुस्तक प्रकाशनको लागि जिम्मा दिने तथा कस्तो व्याक्तिले पुस्तक लेख्ने जस्ता कुराहरुलाई समेटिने जनाए । जनक शिक्षा केन्द्र आवश्यक भएको भएपनि राजनीतिक भर्ती केन्द्र हुदा केन्द्रले काम गर्न नसकेको शिक्षा सचिव पण्डितले बताए । 
पछिल्लो समयमा शिक्षा क्षेत्रमा  विकृती आउनुको पहिलो कारण शिक्षा क्षेत्रमा राजनीति प्रवेश गर्नु रहेको भन्दै उनले शिक्षकले राजनीति गर्न नहुने र राजनीतिक दललले शिक्षकहरुलाई पार्टीको सदस्यता दिलाउन नहुने बताएका छन् ।  उनले भने–‘शिक्षकले राजनीति गर्नुहुदैन, शिक्षक भनेको शिक्षक मात्र हो राजनीति गर्ने भनेको राजनीतिक दलले हो ।’

उनले पछिल्लो समयमा शिक्षामा पहुच विस्तारै बढ्दै गएको भन्दै शिक्षामा अझै सन्तुष्ट हुने अवस्था भने नभएको बताए । उनले नेपालको अर्थतन्त्रिक व्यवस्था अनुसार पुस्तक खरिद गर्दा सरकारले भन्सार शुल्क नलगाउने तर पुस्तक छाप्नको लागि खरिद गरिने कागजमा भन्सार सुल्क लाग्ने जस्ता कुरा केही अमिल्दो भएको भन्दै यस्ता खालका प्रावधानमा विचार गर्नुपर्ने बताए । उनले यस विषयमा  उद्यागी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंले यसको नेतृत्व गरी कार्य अगाडी बढाउनुपर्ने बताए । 
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो अवस्थाको कारण उद्योगी व्यवसायीहरु प्रताडित बनेको भन्दै संविधान बनेपछि उद्योगी व्यवसायीले आशा गरेको जस्तो वातावरण सृजना हुन सक्नु दुखको कुरा भएको बताएका थिए । उनले भने–‘राजनीतिक दलले आफ्नो अधिकार  खोज्दा अरुको पनि अधिकार हनन् भएको छ भन्ने कुराको ख्याल गरिदिन सके राम्रो हुन्थो ।’ उनले काम गरेर खान पाउने वातावरण उद्योगी व्यवसायीहरुले नपाएको भन्दै अविलम्ब गतिरोध अन्त्य गरी आफ्नो काम गरेर खान पाउने वातावरण सृजना गर्न सरकार संघ आग्रह गरे । 
कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले व्यवसायीक एकताको लागि स्टेशनरी व्यवसायीहरु एक भएजस्तै देश विकासको लागि सबैले आ आफ्नो क्षेत्रबाट योगदान दिने बेला आएको बताएका थिए । उनले  नेपालमा उत्पादीत बस्तु विक्रि वितरण गरी स्वदेशी उद्योग धन्दा विकासको लागि व्यवसायीहरुले ठुलो योगदान दिन सक्ने भन्दै यसको लागि सोच्नुपर्ने बेला आएको बताएका थिए । 
कार्यक्रममा रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुरा थापाले कुनै पनि व्यवसायीहरुले आफ्नो व्यवसायीक हित संगै अन्य शिक्षा क्षेत्रको हितको लागि पनि सोच्नुपर्ने बताएका थिए । 
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार समिति सभापती कृष्ण प्रसाद पाण्डेले शिक्षाबाट नै समाज रुपान्तरण गर्न सकिने भन्दै पुस्तक विना शिक्षा क्षेत्रको विकासको कल्पना गर्न नसकिने बताएका थिए । 
कार्यक्रमका महासंघका अध्यक्ष रघुनाथ महर्जनले पुस्तक ब्यबसायीहरुका समस्या समाधनका लागि सबैको प्रयास आवश्यक रहेको चर्चा गर्दै नेपालीहरुमा पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा समयानुकुल शिक्षा निति नहुनु ठुलो समस्या रहेको बताएका छन् । साथै मर्हजनले नेपालमा बर्षेनी दर्जनौँ बिभिन्न दिवसहरु मनाइरहँदा पुस्तक दिवस पनि मनाउनु पर्ने आवश्यक रहेको बताएका थिए । 
महासंघका वरिष्ठ उपाध्यक्ष हरि अर्यालले सरकार र निजिक्षेत्र बिच समन्वय र सहकार्य आवश्यक रहेको चर्चा गर्दै ब्यबसायीहरुका समस्या समाधान गर्न शिक्षा ऐनले मात्र नपुग्ने भएकाले पुस्तक ऐनको आवश्यक्ता औंल्याएका थिए । 
कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले बोल्दै निजी क्षेत्रले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको  सहि मुल्यांकन हुन नसकेको बताएका थिए । त्यस्तै सोही कार्यक्रममा बुटवलउद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, नेकपा एमालेका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ, नेकपा एमाओवादीका  जिल्ला ईन्चार्ज माधव शर्मा, अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, महासंघका सल्लाहकार राजेन्द्र ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिशी, मुद्रणसंघका माधव केशी लगायतले मन्तव्य राखेका थिए । 
देशभरका ६८ जिल्लाबाट ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवक्षेकहरुको सहभागिता रहेको सो महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ४३ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । २०६२ सालमा राष्ट्रिय भेला बुटवलमा सम्पन्न गरेको र ११ वर्षपछि चौंथो महाधिवेशन पुनः बुटवलमा आयेजना गरिएको प्रचारप्रसार संयोजक त्रिलोचन ज्ञवालीलेको भनाई छ । महासंघमा आबद्ध १० हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको रहेका छन् । 

अध्यक्षमा अर्याल पक्का पक्की
बुटवल, ९ माघ ।  
नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघको चौथो राष्ट्यि महाधिवेशनले हरिप्रसाद अर्यालयलाई छनौट गर्ने संभावना देखिएको छ । महासंघका अधिकांश पदाधिकारी र सदस्यहरु पनि अर्यालको पक्षमा देखिएका कारण महासंघमा उनि अध्यक्ष हुने पक्का पक्की भएको हो । व्यवशायिक क्षेत्रमा स्वच्छ छबि भएको व्यक्तिको रुपमा अर्याललाई लिइन्छ । सबैसँग घुलमिल हुन, सांगठनिक योजना बनाउन र संस्थाको नीतिगत बहस गर्न समेत परिचित भएको हुदा पनि उनि अध्यक्ष पदका लागि बलियो ताबेदारको रुपमा देखिएका छन् । शनिबार अबेरसम्म पनि उनि बाहेक अरु कसैले अध्यक्ष पदका लागि खुलेर प्रस्ताव राखिरहेका छैनन् । महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका अर्याल महासंघ स्थापनाका अभियन्ता समेत हुन् । महासंघको संस्थापक सदस्य, सचिव, महासचिव हुदै बरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरेको लामो अनुभव छ । उनि बुटवल उद्योग वाणिज्य संघका महासचिव समेत हुन् । अर्यालय बुटवलमा रहेर पुस्तक व्यवशाय संचालन गर्दे आएका छन् ।
महासंघको अन्य पदका लागि भने धेरै आकांक्षी देखिएका छन् । महाधिवेशन शुरु भएसँगै आकांक्षी उम्मेदवारहरुले आफ्ना नजिकका सदस्यहरुसँग  मोबाइल र गोप्य भेटघाट गरि सल्लाह र सुझव माग्दै गुटबन्दीलाई तीब्र पारेका छन् । उम्मेदवारी बलियो पार्नका लागि उनिहरु रातभर व्यस्त रहेको स्रोतले जनाएको छ । महासंघको बरिष्ठ उपाध्यक्षमा नबनिधी पन्त, संजय चौधरी र प्रभात सुवेदी तीन जनाको चर्चा छ । पन्त वर्तमान महासचिव हुन् चौधरी सल्लाहकार समिति सदस्य हुन भने सुवेदी क्षेत्रिय उपाध्यक्ष हुन् । तर पन्तले भने मुख खोलिसकेको अवस्था छैन् । महासचिवमा मनहरि बस्याल, नवराज ढकाल र ऋषिराम शर्मा भण्डारीले सदस्य सामु उम्मेदवारीको मुख खोलिसकेको चर्चा छ । उपाध्यक्षमा बालकृष्ण बस्याल, कृष्ण काफ्ले, अजय शर्मा, मातृका सिवाकोटीको नाम आएको छ । कोषाध्यक्षमा रामशरण सिलवाल, सह कोषाध्यक्षमा किशोर सापकोटाको नाम आएको छ । त्यसैगरी उपमहासचिवमा दिवाकर घिमीरेको चर्चा छ । 
महासंघको पदाधिकारी र सदस्यहरुको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आज दिनको ११ बजेदेखि हुनसक्ने बताइएको छ । अधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम, द्धितीय, तृतीय उपाध्यक्ष, महासचिव, उपमहासचिव सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, क्षेत्रिय उपाध्यक्ष, सदस्य, लेखासमिति समेत गरी करिब ४७ जना चयन गर्ने बताइएको छ । 





Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती