उर्जासंकटको विकल्पः बैकल्पीक उर्जा

कृष्ण खनाल

बुटवल, २० पुस । 
८३ हजार मेघावाट विद्युत उत्पादन क्षमता भएको हाम्रो देश नेपालमा अहिले हप्तामा ८६ घण्टा विद्युत विपभोग गर्न पाउदैनन् नेपाली जनताले । विद्युतबाट उद्योग धन्दा सञ्चालन गरेर नाफा कामउने उदेश्उय बोकेका व्यापारीहरुको उद्योग धन्दा चौपट भएको छ भने सर्वसाधारणहरुको दैनिकीमा समेत विद्युत अभावको प्रभाव परेको छ । यस्तो शंकटको बेला बल्पीक उर्जा उत्तम विकल्पको रुपमा स्थापना गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।  
नेपालमा उर्जाको विकासको लागि प्रशस्त्र मात्रामा संभावना हुँदा हुदै पनि राजीनितिक अस्थिीरतको कारण उर्जाक्षेत्रमा लगानी मैत्री बातावरण सिर्जन हुन नसकेकी रहेको प्ररिबेक्ष्यमा उर्जाका बैकल्पीक  स्रोतहरुको उच्चतम प्रयोग गरी जिविको पार्जनमा सहयोगी भुमिका खेल्न सकिने रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली बताउछन् । उनी भन्छन्–‘उद्योग धन्दाको अवस्था अहिले चौपट छ, यस्तो अवस्थामा विद्युतका बैकल्पीक स्रोतको खोजीगरी प्रयोग गर्नुको कुनै विकल्प छैन ।’अहिले देखिएको ऊर्जा संकटलाई केहीहदसम्म समाधानका लागि सोलार विद्युत र  बायोग्यासलाई प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड रहेको छ । 
विगत लामो समय देखि बैकल्पीक उर्जामा लागिपरेका उर्जा क्षेत्रका जानकार अधिवक्त  राम बहादुर राउतले नेपालमा इन्धनको खपत घरेलु काममा बढी हुने गरेको भन्दै घरेलु काममा प्रयोग हुने इन्धनका लागि वैकल्पिक ऊर्जा प्रयोग गर्न सकिने प्रश्स्त संभावना रहेको बताउछन् । 
उनका अनुसार इन्धन संकट समाधानका लागि मितव्यायी रुपमा हाल उपलब्ध विद्युतीय साधनको उपभोग गर्नुको विकल्प छैन  । 

उनले दाउरा प्रयोग गर्ने परिवारले धुवा“रहित ‘मातृभूमि चुल्हो’ प्रयोग गर्दा दाउराको खपत घटाउन सकिने समेत बताउछन् । सुधारिएको चुलो भन्दा अहिले बजारमा आएको मातृभुमी चुल्होको प्रयोगबाट ३० प्रतिशत उर्जा बचत गर्न सकिने उनको तर्क रहेको छ । अव ढिला नगरी नीजी क्षेत्र र सहकारी मार्फत समुदायले विद्युत्मा लगानी गर्नुपर्ने उनको तर्क रहेको । सरकारले नीतिगत स्पष्टता गराएमा जलविद्युत्मा लगानी गर्न नागरिक तयार रहेको उनको तर्क रहेको छ । 
यता, विगतग लामो समयदेखि हाईड्रो पावरको क्षेत्रमा अनुभव बटुलेका  इञ्जिनियर टंक कंडेलले नेपालमा विद्युत्को माग हरेक वर्ष दश प्रतिशतका दरले बढ्दै गएको जानकारी गराउछन् ।  उनले विद्युत्को यो मागलाई पूरा गराउन ठूला विद्युत् आयोजना बनाउनुको विकल्प नभएको धारणा राख्छन् । उनी भन्छन्–‘वैकल्पिक ऊर्जाले मात्र विद्युत्को बढ्दो मागलाई थेग् सक्दैैन, घरासयी प्रयोजनको लागि बैकल्पीक उर्जा भएपनि औद्योगीक प्रयोजनको लागि जलविद्युतको विकल्प छैन ।’ सरकारले विद्युत विकासको सही नीति नल्याउदा मुलुकले उच्च ऊर्जा संकट भोगिरहेको भन्दै ईन्जीयिर कण्डेल  भने–‘स्थायी सरकार नहु“दासम्म विद्युत् विकासका काम अपेक्षित रुपमा अघि बढ्न सक्दैन ।’
रुपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष टंक पोखरेलले सरकारीमार्फत् जलविद्युत्मा लगानी गर्न सकिने भएपनि यसमा कानुनी अस्पष्टता रहेको बताउछन् । उनले हरेक क्षेत्रको विकासका लागि पहिलो आधार ऊर्जा रहेकाले अब सबैको प्राथमिकतामा जलविद्युत् पर्नुपर्ने उनको धारणा रहेको छ । 
यता, नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका प्रमुख प्रवन्धक कासेन्द्र प्रसाद यादवले औद्योगिक विकासका लागि जलविद्युत्को विकल्प नभएको बताउछन् । तत्कालको ऊर्जा संकट टार्न सोलार र बायोग्यासमा जोड दिनुपर्ने उनको भनाइ छ । सोही  कार्यालयका सुचना अधिकृत डिल्लीराज बेल्बासेले हाम्रो मुलुकको सन्दर्भमा जलविद्युत् नै ऊर्जाका लागि सस्तो पर्ने धारणा राख्छन् । उनी भन्छन्–‘उनले हाइब्रीड सोलार अहिलेको सन्दर्भमा उपयूक्र्त हुन सक्छ, बुटवलका सबै घर–घरमा सोलार जोडान गर्ने हो भने ४० मेगावाट विद्युत यहि उत्पादन हुन्छ ।’
पुर्व सांसद देबेन्द्र घिमिरेले अहिलेको विषम अवस्थामा घरेलु ऊर्जाको संकट तत्कालका लागि टार्न वैकल्पिक ऊर्जा प्रवद्र्धनका कामलाई सरकार, निजी क्षेत्र र समुदायले सघन रुपमा अघि बढाउनुपर्ने बताउछन् । 
पत्रकार दामोदर खनालले वैकल्पिक ऊर्जा प्रयोगमा नागरिकहरु उत्तिकै सक्रिय र सचेतहुनुपर्ने सहभागीहरुको भनाइ राख्छन् । उनले व्यवसायी, सरकार सबैले मिलेर उर्जाशंकट टार्नको लागि पञ्चबर्षिय योजना बनाएर उक्त बर्षको सबै बजेट जल विद्युतमा लगानी गर्नुपर्ने धारणा राख्छनन् । 
 बायोग्यास प्रवद्र्धक किशोर ज्ञवालीले बायोग्यास र सोलार प्लाण्टको निर्माण र क्षमता विस्तार, ब्रिकेटको उत्पादनमा वृद्धि, सुधारिएको चुलोको प्रयोग जस्ता वैकल्पिक ऊर्जा व्यवस्थापनका कामलाई अघि बढाउन सकेमा हाल देखिएको ऊर्जा संकटलाई कम गराउन सकिने बताउछन् । 
आमनेपालीले भोगिरहेको वर्तमान ऊर्जा संकट न्यूनीकरणका उपायहरु खोजी गर्ने तत्काल आवश्यक रहेको रुपन्देही व्यापार संघको आयोजना बुटवलमा जारी लुम्बिनी एक्पो तालिम तथा पर्यटन प्रर्बद्धन  उप–समिति संयोजक बालाराम भट्टराई बताउछन् । 
एक तथ्यांक अनुसार नेपालमा प्रत्येक बर्ष ६८ गिगाजुल उर्जा खपत हुन्छ भने प्रतिव्यक्ती १५ गिगाजुल मात्र उर्जा खपत हुने गर्दछ । अहिले नेपालले बार्षिक १ लाख ९९ हजार ७ सय ४६.६२२ किलोलिटर पेट्रोल अयात गर्दै आएको छ । त्यस्तै डिजेल ६ लाख ४८ हजार ५ सय १२.५९५ किलोलिटर आयात गर्दै आएको छ । तस्तै मट्टिीतेल  ४१ हजार ८ सय ७, हवाई ईन्धन १ लाख ९ हजार ८ सय ८.२५, र एल्पीजी ग्याँस १८ लाख १ हजार ४ सय ११ दशमलभ ४०१ किलोलिटर अयात गर्दै आएको छ ।  भने नेपालमा भण्डारण क्षमता मात्र ७१ हजार ७ सय ४२ . ३ किलोलिटर रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती