अमरपथको सडकपेट व्यपारीको कब्जामा !!


कृष्ण खनाल
बुटवल, ७ माघ । 
सडक पेटी कस्का लागि बनाईन्छ ? यसको सहज उत्तर हुन्छ ःसडकमा पैदल यात्रा गर्ने यात्रुहरुलाई जस्लाई सवारी सधानले ठक्कर नदेओस भन्ने हेतुले सडक पैदल यात्रुहरुको लागि । तर रुपन्देहीको अति व्यस्त  स्थानको रुपमा पहिचान बनाएको बुटवल–७ अमरपथ र दुर्गामन्दिर लाईन, गल्लामण्डी लगाएतका सडकमा निर्माण भएको सडक पेटी व्यापारीहरुले‘ कब्जान नै गरेका छन्’ भन्दा अतियुक्ति हुदैन । 
उक्त क्षेत्रका अधिकांस व्यपारीहरुले पैदलयात्रीको लागि व्यवस्थापन गरिएको सडक पेटीमा  सामानहरु राखेर अवरोध गर्ने गरेका छन् भने कतीपय व्यापारीहरुले फेन्सी पसल नै सडक पेटीमा टहरा हालेर सञ्चालन गरेका छन् । यती मात्र होईन कुनै फेन्सी पसले व्यापारीहरुले विक्रीको लागि राखिएको कपडाका डमीहरु नै सडक पेटीमा राखेर अवरोध गर्ने गरेका छन् । 
विहिवार अमरपथको जनता बैंक नजिकै एक पसलका व्यापारीले सडक पेटीनै अवरोध हुने गरी सडक पेटीमा असरल्त सामानहरु राखेका थिए । जसको कारण सडक पेटी प्रयोग गर्ने  व्याक्तिहरुले सडकको नै बाटो प्रयोग गर्न बाध्य थिए । अमरपथमा अधिकांस फेन्सीपल, गल्ला र भाडा पसलहरु रहेका छन् । ति पसलका सबैजसो व्यापारीहरुले आफ्नो पसलसको सटर वाहिर नै सामानहरु सडक पेटीमा राख्ने गरेका  छन् । जसको कारण सडक पेटी प्रयोग गर्ने पैदलयात्रुहरु जोखिम मोलेर सडकको नै  बाटो प्रयोग गर्न बाध्य छन् । 
विहिवार जनता बैंक नजिकैको एक पसलले सडक पेटीनै अवरोध हुने गरी सामान राखेको कारण मुल सडक नै प्रयोग गर्नुपरेको प्रति आक्रोशित हुदै सडक  पेटी प्रयोगकर्ता सरिता पन्थीले भनिन्–‘के यो सडक पेटी मान्छेलाई  हिड्न बनाएको हो की, व्यापारीहरुले व्यापार गर्न  ?’ उनले सडक पैदल यात्रुको लागि भनेर बनाइएको सडक पेटी  निर्वाध रुपमा प्रयोग गर्न पाउनुपर्ने र यसमा अवरोध गरे प्रहरी प्रशासनले समेत निगरानी बढाउनुपर्ने उनको भनाई रहेको छ । 

सार्वजनिक सडक निर्माण, संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०३१ अनुसार  सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने माल वस्तु हटाउने सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने माल वस्तु हटाउने अधिकार  अन्र्तगत कसैले सार्वजनिक सडकमा कुनै माल वस्तु छोडेको, राखेको वा फालेको कारणबाट त्यस्तो सडकको आवागमनलाई कुनै किसिमले बाधा पु¥याएको भए त्यस्तो माल वस्तु हटाउनको निमित्त मुनासिव माफिकको अवधि तोकी सरोकारवाला व्यक्तिको नाउँमा सडक विभागले आदेश जारी गर्न सक्नेछ ।  भनेर उल्लेख गरिएको छ । सोही ऐनको उपदफा (१) बमोजिम जारी भएको आदेशको अवधिभित्र नहटाएको वा धनी पत्ता नलागेको माल वस्तुलाई सडक विभागले सडकको छेउ लगाई राख्न वा आफना कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्नेछ । भनेर उल्लेख गरिएको छ । 
यस्तै नेपाल  सार्वजनिक सडक (पहिलो संशोधन) ऐन, २०३५ को दफा ३ को उपदफा (१) मा सार्वजनिक सडकमा छाडिएको, राखिएको वा फालिएको कुनै माल वस्तुले त्यस्तो सडकको सम्पूर्ण आवागमनलाई अवरोध पु¥याएमा त्यस्तो माल वस्तुलाई तुरुन्त सडकबाट हटाउने अधिकार सडक विभागलाई हुनेछ । 
सोही ऐनाको ४ मा सार्वजनिक सडकको दायाँ बायाँ रहेको कुनै घर वा परखालमा सडकपट्टि निस्कने गरी राखिएको, जडिएको वा बनाइएको कुनै चीज वस्तु वा ढोका वा रुखको हाँगा वा लहरा वा तारले त्यस्तो सडकमा हुने आवागमनमा अवरोध हुन गएकोछ भन्ने ठहराएमा त्यस्तो अवरोधलाई हटाउन वा अवरोध नहुने गरी मिलाई राख्न सरोकारवाला व्यक्तिको नाउँमा मुनासिब माफिकको म्याद तोकी सडक विभागले आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशमा सम्बन्धित चीज वस्तु वा ढोकालाई राख्ने, बनाउने वा जडने ढाँचा र रुख वा लहरालाई काँट छाँट गरी कायम गर्नु पर्ने उचाई समेत तोक्न सक्नेछ । 
दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक व स्वीकृति नलिई सार्वजनिक सडक व स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको का  सडक सीमामा कुनै किसिमको काम गर्न नहुने  महलमा उल्लेख गरिएको छ –‘सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन गेका कारवाही हुने छ  ।’
उक्त ऐनमा उल्लेख भए अनुसार कुनै पनि व्यापारीहरुले सडक पेटी वा सडक अवरोध गर्ने समान राखेमा तुरुन्त त्यो समान कब्जामा लिई आवश्यक कारवाही अगाडी बढाउन सक्नेछ भनेर उल्लेख गरेको छ  । 
तर यस क्षेत्रको कानुन पालन गराउने निकाय प्रहरी प्रसासन भने यसमा त्यती चासो देखाएको छैन । कहिले काही सानो कारणले पनि मानिसको ज्यान जान सक्छ । तर यस विषयमा सम्बन्धीत निकाय संवेदशिल भएको पाईदैन । सडक पेटी प्रयोग कर्ता व्यक्तिहरु पेटीमा अवरोध भएको कारण मुल सडकबाट नै हिड्दा सवारी साधनले ठक्कर दिएर मृत्युसमेत हुने सक्ने तर्फ सचेत हुनु आवश्यक रहेको छ । 
बुटवलको खासगरी अमपथ क्षेत्रमा सडक पेटी पछिल्लो समयमा निर्माण गरिएको हो । तर सडक पेटी  निर्माण गरिएको भएपनि यसको उच्चतम प्रयोग सडक पेटी प्रयोगकर्ताहरुले गर्न पाएका छैनन । शनिवार र बुधवार दिन लाग्ने हाटबजारको समयमा त व्यापारीहरुको व्यापार गर्ने थलोको रुपमा नै सडक पेटी बन्ने गरेको छ । हाटबजार क्षेत्र सानो भएको र उचित व्यवस्थापन नभएको भन्दै व्यापारीहरुले सडक पेटीलाई नै व्यापार गर्ने थलोको रुपमा विकास गरेका छन् । 
तस्वीरः अमरपथमा  सडक पेटीमा नै  सामान राखिएको अवरोध गरिएको दृश्य ।  तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती